नेत्रकोना जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेत्रकोना

নেত্রকোনা
बाङ्लादेशको नक्शामा नेत्रकोना जिल्लाको अवस्थिति
बाङ्लादेशको नक्शामा नेत्रकोना जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५३′N ९०°४४′E / २४.८८°N ९०.७३°E / 24.88; 90.73निर्देशाङ्कहरू: २४°५३′N ९०°४४′E / २४.८८°N ९०.७३°E / 24.88; 90.73
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागमयमनसिङ्ह विभाग
क्षेत्रफल
 • जम्मा२,७९४.२८ किमी (१,०७८.८८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा२,२२९,६४२
 • घनत्व८००/किमी (२,१००/वर्ग माइल)
वासिन्दा(हरू)नेत्रकोनी
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
वेबसाइटhttp://www.netrokona.gov.bd/

नेत्रकोना (बाङ्ला: নেত্রকোনা জেলা) बङ्गलादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

नेत्रकोना जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २४°३४' देखि २५°१२' उत्तर अक्षांश र ९०°००' देखि ९१°०७' पूर्वी देशान्तरणमा अवस्थित छ। नेत्रकाना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७४७.९१ वर्ग किलोमिटर अोगटेको छ जसमध्ये ९.१७ वर्ग किलोमिटरमा जङ्गल रहेको छ। यस जिल्लालाई भारतको मेघालय राज्यले उत्तर, किशोरगञ्ज जिल्लाले दक्षिण, सुनामगञ्ज जिल्लाले पूर्व र मयमनसिङ्ह जिल्लाले पश्चिमबाट घेरेको छ। यस जिल्लामा ५ प्रमुख नदिहरू छन्: काङ्शा, सोमेश्वरी, ढाला, मगरा, तोरखाली। यी नदिहरू सुरमा-मेधना नदि प्रणाली अन्तर्गत पर्छन्।[३]

इतिहास[सम्पादन गर्ने]

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो भने युद्धको सुरुवाती चरणमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी सेना अाउने बाटो अवरोध गर्नका लागि ठाकुराकोना रेल मार्गमा बमबारुद हान्दै उक्त मार्गलाई ध्वस्त पारेका थिए। २९ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले नेत्रकाना सदरका ४ मानिसहरूलाई कब्जामा लिई गोलि हानि हत्या गरेका थिए। २६ जुलाईका दिन नाजिरपुर सङ्घिय परिषद् अन्तर्गतको तीन सडकको मेल हुने एक ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच भएको प्रत्यक्ष गोलि हानाहानमा ७ लडाकुको मृत्युु भएको थियो। १९ अगस्ट १९७१ का दिन पाकिस्तानी सेनाले आतपाडा प्रहरी चौकीमा आक्रमण गरि त्यहाँ कार्यरत मानिसहरूको हत्या गर्दै त्यहाँ रहेका सबै हातहतियारहरू कब्जा गरेका थिए। अगष्ट महिनामा दुर्गापुर उपजिल्लाको एक गाउँ गोवाकान्धाका स्थानीय मानिसहरूले दुई पाकिस्तानी सेनाको हत्या गरेका थिए जसको फलस्वरूप पाकिस्तानी सेनाले उक्त गाउँका १०० भन्दा बढी सर्वसाधारणको बीभत्स हत्या गरेका थिए। ७ अक्टोबरका दिन आटपाडा उपजिल्लाका पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको प्रत्यक्ष गोलि हानाहानमा ३ पाकिस्तानी सेना मारिएका थिए। अगष्ट १९७१ मा बङ्गलादेशी लडाकुले केण्डुवा प्रहरी चौकीमा छापा मारि हातहतियारहरू कब्जामा लिएका थिए। १३ नोभेम्बरका दिन बङ्गलदेशी लडाकुले १२ बन्दुक कब्जामा लिएका थिए भने ८ आतङ्कबादीलाई हिरासतमा लिएका थिए। २० नोभेम्बरका दिन बङ्गाली लडाकुले पाकिस्तानी सेनाको एक सैनिक किल्लामा आक्रमण गरेका थिए भने त्यहाँ लडाकुले केही सेनालाई मारिदिएका थिए भने उक्त घटनामा एक लडाकुको पनि मृत्यु भएको थियो। ८ डिसेम्बरका दिन मोहनगञ्ज उपजिल्लामा बङ्गलादेशी लडाकुले १९ आतङ्कबादीको हत्या गरेका थिए। ९ डिसेम्बरका दिन नेत्रकाना उपजिल्लमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको प्रत्यक्ष गोली हानाहानमा ३ लडाकुको ज्यान गएको थियो। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको कृषि केन्द्रमा भएको युद्धमा पाकिस्तानी सेना पराजित भएका थिए भने घटनामा २ बङ्गलादेशी लडाकुको पनि मृत्यु भएको थियो।[४]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १९८८१८८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०१६९९१ छ भने महिलाको जनसङ्ख्या ९७११९७ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७५२५३४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २०४३२९ छ।[५] त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८९०५, इसाई धर्मको १७४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २२५६ रहेको छ। यस जिल्लामा ३१४६ मस्जिद, ९५८ हिन्दु मन्दिर, ८३ गृजाघर र ८ बौद्ध स्तुपाहरू रहेका छन्। यस जिल्लामा कोल, होडी, गरो आदि जनजातिहरू बसोबास गर्छन्।[६]

अर्थतन्त्र[सम्पादन गर्ने]

नेत्रकोना जिल्ला दुर्गापुर उपजिल्लामा एक विषेश खालको माटो पाइन्छ जसलाई माटाका भाँडाहरू बनाउन प्रयोग गरिँदै आएको छ। यस जिल्लाको एक प्रमुख पेशा भनेको मछा पालन पनि हो। बारा बाजार यस क्षेत्रको एक प्रमुख वाणिज्य केन्द्र हो।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८२.४३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.४०% मजदुरी, व्यापार र उद्योगमा ०.५३%, वाणिज्यमा १०%, सञ्चार र यातायातमा २.११%, रेमिटेन्समा ०.२३%, निर्माण क्षेत्रमा ०.९१%, अन्य क्षेत्रमा ३.९२%, धार्मिक सेवा ०.२६% र अन्य ६.२१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय नेत्रकोना उप विभागको स्थापना सन् १८८२ मा भएको थियो भने पछि सन् १९८४ मा यसलाई जिल्लामा परिणत गरिएको थियो।[७] यस जिल्लामा हाल १० उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला कलमाकान्दा (३७७.४१ वर्ग किलोमिटर) हो जसले नेत्रकाना जिल्लाको कुल क्षेत्रफल मध्ये १३.४३% अोगटेको छ भने सबैभन्दा सानो उपजिल्ला आटपाडा (१९५ वर्ग किलोमिटर) हो। यस जिल्लाका दश उपजिल्ला यस प्रकार छन्:[८]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३४.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३७.९% छ भने महिलाको साक्षरता दर ३१.९% रहेको छ। यस जिल्लामा २८ कलेज, २३६ माध्यमिक विद्यालय, १०८३ प्राथमिक विद्यालय, १६० मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; केन्दुवा जयहरी पाइलट सरकारी उच्च विद्यालय (सन् १८३२), नेत्रकाना दत्त उच्च विद्यालय (सन् १८८९), बिरिसिरि उच्च विद्यालय (सन् १८९२), नेत्रकाना चन्द्रनाथ उच्च विद्यालय (सन् १९०९), बारवारी उच्च विद्यालय (सन् १९११), सन्दिकोना उच्च विद्यालय (सन् १९१२), अञ्जुमान नमुना सरकारी उच्च विद्यालय (सन् १९१४), बारहाट्टी सिकेपी पाइलट उच्च विद्यालय (सन् १९१४), असुजिया जिएनसी उच्च विद्यालय (सन् १९१६), पूर्वधला पाइलट उच्च विद्यालय (सन् १९१६), नाअोपाडा उच्च विद्यालय (सन् १९१८), एसकेपिएस उच्च विद्यालय (सन् १९१९), मोहनगञ्ज सरकारी पाइलट उच्च विद्यालय (सन् १९३१), बानियाँजन सहर उच्च विद्यालय (सन् १९४०), कलामकान्दा पाइलट उच्च विद्यालय (सन् १९४२), दुर्गापुर उच्च विद्यालय (सन् १८७९), कुटुबपुर उच्च विद्यालय (सन् १९६७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৩০ জুন ২০১৬), "এক নজরে নেত্রকোণা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. "বাংলাদেশ জনসংখ্যা ও আবাসন আদমশুমারি ২০১১: জেলা রিপোর্ট - নেত্রভকোনা", নেত্রকোনা জেলা শারীরিক বৈশিষ্ট্য, বাংলাদেশ পরিসংখ্যান ব্যুরো (বিবিএস), পরিকল্পনা মন্ত্রক, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, अन्तिम पहुँच १४ डिसेम्बर २०१८ 
  3. "सुरमा-मेघना नदी प्रणाली", बाङ्लापिडिया, अन्तिम पहुँच १४ डिसेम्बर २०१८ 
  4. "নেত্রকোণা জেলা", http (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०७-१९ 
  5. "Bangladesh Population and Housing Census 2011: Zila Report – Netrakona", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १४ डिसेम्बर २०१८ 
  6. "নেত্রকোনা জেলা", Banglapedia, अन्तिम पहुँच १४ डिसेम्बर २०१८ 
  7. সঞ্জয় সরোয়ার (सन् २०१२). "নেত্রকোনা জেলা". In সিরাজুল ইসলাম ও আহমেদ এ জামাল. বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Netrokona_District. 
  8. सञ्जय सरकार (सन् २०१२). "नेत्रकाना उपजिल्ला". बङ्गलापिडिया: बङ्गलादेशको राष्ट्रिय ज्ञानकोष (दोस्रो संस्करण). बङ्गलादेश. http://en.banglapedia.org/index.php?title=Netrokona_District. 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]