सामग्रीमा जानुहोस्

किशोरगन्ज जिल्ला

निर्देशाङ्कहरू: २४°२६′००″N ९०°४७′००″E / 24.4333°N 90.7833°E / 24.4333; 90.7833
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किशोरगञ्ज जिल्लाबाट अनुप्रेषित)
किशोरगन्ज
কিশোরগঞ্জ
बङ्गलादेशको नक्शामा किशोरगन्ज जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा किशोरगन्ज जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°२६′००″N ९०°४७′००″E / 24.4333°N 90.7833°E / 24.4333; 90.7833
देशढाँचा:झण्डम
विभागढाका विचाग
क्षेत्रफल
 • जम्मा२,७३१.२१ किमी (१०५४.५३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार र)
 • जम्मा२,९११,९०७
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
वासिन्दाकिशोरगन्जी
साक्षरता दर
 • जम्मा४०.३% (2011 census)[]
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
२३००

किशोरगन्ज (बङ्गाली: কিশোরগঞ্জ জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यस जिल्लाको नाम पहिला महाकुमा रहेको थियो।

किशोरगन्ज जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २४°०२' देखि २५°३९' उत्तर अक्षांश र ९०°३५' देखि ९१°१५' पूर्वी देशान्तरणमा अवस्थित छ। किशोरगन्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७३१.२१ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई नेत्रकोनामयमनसिङ्ह जिल्लाले उत्तर, नरसिङ्दिब्रहम्मनबाडिया जिल्लाले दक्षिण, सनामगन्जहबिगन्ज जिल्लाले पूर्व, गाजिपुरमयमनसिङ्ह जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, जमुना, ब्रहम्मपुत्र यस जिल्लाको प्रमुख नदिहरू हुन्। यी नदिहरू सुरमा-मेधना नदि प्रणाली अन्तर्गत पर्छन्।

बङ्गलदेशी मुक्ति अभियानको शुरूवात चरणमा पाकिस्तानी सेनाले सन् १९७१ जुलाई महिनामा ५० जना मानिसहरूको निकाली उपजिल्लामा बीभत्स हत्या गरेका थिए। १४ अगष्टका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच कुलियारचर उपजिल्लामा युद्ध भएको थियो जहाँ ४ पाकिस्तानी सेनाको मृत्यु भएको थियो भने २८ आतङ्कबादी र पाकिस्तानी सेनाले लडाकु समक्ष सम्पूर्ण हातहतियारसहित आत्मसमर्पण गरेका थिए। ३ सेप्टेम्बरका दिन पाकिस्तानी सेना र आतङ्कबादीको एक समूहले अष्टाग्राम उपजिल्लामा रहेको एक गाउँमा आक्रमण गरी ३५ जना सर्वसाधारणहरूको बीभत्स हत्या गरेका थिए भने पाकिस्तानी सेनाले उक्त उपजिल्लाको शिभायानगर भन्ने ठाउँमा २५ जनाको पनि हत्या गरेका थिए। पाकिस्तानी सेनाले पछि नकाली उपजिल्लाका २५ मानिसहरूको सामूहिक हत्यम गरेका थिए। १९ सेप्टेम्बरका दिन नकाली उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको प्रत्यक्ष गोली हानाहानमा कयौँ लडाकुको ज्यान गएको थियो भने २० अक्टोबरका दिन स्वतन्त्र भएको थियो। २६ अक्टोबरका दिन बादितपुर स्वतन्त्र भएको थियो। १ नोभेम्बरका दिन पाकिस्तानी सेनाले मटामहिन उपजिल्ला अन्तर्गत पर्ने एक गाउँमा आक्रमण गरेका थिए जहाँ ३ मानिसहरूको ज्यान गएको थियो। १८ नोभेम्बरका दिन पाकिस्तानी सेनाले होसेनपुर प्रहरी थाना नजिकै रहेको एक पुल बम बारुद द्वरा ध्वस्त पारेको थियो। बङ्गलादेश मुक्ति अभियानमा पाकिस्तानी सेनाले किशोरगन्ज सदर उपजिल्ला अन्तर्गत पर्ने जशोदला भन्ने स्थानमा ३६० सर्वसाधारणको बीभत्स हत्या गरेका थिए भने सेनाले भैरव उपजिल्लाबो हलग्राम भन्ने ठाउँमा ३०० मानिसको सामूहिक हत्यम गरेका थिए। पाकिस्तानी सेनाले १३ डिसेम्बरका दिन भैरव पुललाई ध्वस्त पारेका थिए। बङ्गलादेशी लडाकुले होसेनपुर प्रहरी चौकीमा आक्रमण गरी ३९ पाकिस्तानी सेनाको हत्या गर्दै थुप्रै हातहतियारहरू कब्जा गर्न सफल भएका थिए। बङ्गलादेश मुक्ति अभियानका समयमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच अलिया, सखुवा, कारिमगन्ज उपजिल्ला, बालियाबाडि आदि स्थानहरूमा युद्ध भएको थियो।

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २५९४९५४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३२०११७ छ भने महिलाको जनसङ्ख्या १२७४८३७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २४३२६६४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६०४९२ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २५६, इसाई धर्मको ११ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १५३१ रहेको छ। यस जिल्लामा ३९८० मस्जिद, ५३० मन्दिर र ७ गृजाघरहरू रहेका छन्। यस जिल्लामा गरो, होडी, बङ्शी, होदी आदि जनजातिहरू बसोबास गर्छन्।

यस जिल्लाको मुख्य आय स्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.१८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.२७% मजदुरी, व्यापार र उद्योगमा ०.८७%, वाणिज्यमा १५.२५%, सञ्चार र यातायातमा ३.१२%, रेमिटेन्समा ०.८८%, निर्माण क्षेत्रमा १.१९%, अन्य क्षेत्रमा ५.२९%, धार्मिक सेवा ०.२३% र अन्य ८.७३% रहेका छन्।

प्रशासकीय किरोशगन्ज उप विभागको स्थापना सन् १८६० मा मयमनसिङ्ह जिल्लाको अधिनमा भएको थियो भने सन् १९८४ मा यसलाई जिल्लामा परिणत गरिएको थियो। किशोरगन्ज नगरपालिका सन् १८६९ मा स्थापना गरिएको थियो।

यस जिल्लाको कुल साक्षरता दर ३८.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४१.३% छ भने महिलाको साक्षरता दर ३५.१% रहेको छ। यस जिल्लामा २ विश्वविद्यालय कलेज, १८ कलेज, ३ प्राविधिक कलेज, १ आयुर्वेदिक कलेज, १४४ माध्यमिक विद्यालय, ६९२ प्राथमिक विद्यालय, १३ सामुदायिक विद्यालय, १४४ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; किशोरगन्ज गुरुदियोल कलेज (सन् १९४३), सरकारी मोहिला कलेज (सन् १९६९), किशोरगन्ज वाली नवाज खान कलेज (सन् १९८२), अलहाज अब्दुल कड्डुस् आयुर्वेदिक मेडिकल कलेज तथा अस्पताल (सन् २००२), जाञ्जलबाडि उच्च विद्यालय (सन् १८६२), किशोरगन्ज सरकारी उच्च विद्यालय (सन् १८८१), बाजितपुर हाफिज अब्दुर पाइलट उच्च विद्यालय (सन् १८९०), जवार उच्च विद्यालय (सन् १९०३), अगरपुर जिसी उच्च विद्यालय (सन् १९०७), कडलिया सहरूल्लाह स्लामि उच्च विद्यालय (सन् १९१०), अक्मिता जर्ज् शिक्षण संस्था (सन् १९१२), बनाग्राम आजन्द किशोर उच्च विद्यालय (सन् १९१२), आजिम उडिन उच्च विद्यालय (सन् १९१६), गोविन्दपुर उच्च विद्यालय (सन् १९१८), होसेनपुर पाइलट उच्च विद्यालय (सन् १९२०), मङ्गलबाडिया कामिल मदरसा (सन् १८०२), ताराकान्दी फजिल मदरसा (सन् १९०३) आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]