मयमनसिङ्ह जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मयमनसिङ्ह

ময়মনসিংহ
ময়মনসিংহের জেলা প্রশাসকের কার্যালয়
ময়মনসিংহের জেলা প্রশাসকের কার্যালয়
उपनाम(हरू): 
মমিসিং
बङ्गलादेशको नक्शामा मयमनसिङ्ह जिल्लाको अवस्थिति
बङ्गलादेशको नक्शामा मयमनसिङ्ह जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°३८′३″उ॰ ९०°१६′४″पू॰ / २४.६३४१७°N ९०.२६७७८°E / 24.63417; 90.26778निर्देशाङ्कहरू: २४°३८′३″उ॰ ९०°१६′४″पू॰ / २४.६३४१७°N ९०.२६७७८°E / 24.63417; 90.26778
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागमयमनसिङ्ह विभाग
सरकार
 • जिल्ला प्रशासकমোঃ শাহ আলম বক্সী (বাংলাদেশ আওয়ামীলীগ)
क्षेत्रफल
 • जम्मा४,३६३.४८ किमी (१,६८४.७५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा५,२१०,२७२
 • घनत्व१,२००/किमी (३,१००/वर्ग माइल)
वासिन्दा(हरू)मुमिनसिङ्ह
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
२२००
वेबसाइटhttp://www.mymensingh.gov.bd/

मयमनसिङ्ह (बाङ्ला: ময়মনসিংহ জেলা) बङ्गलादेशको पूर्वी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

मयमनसिङ्ह जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २४°१५' देखि २५°१२' उत्तर अक्षांश र ९०°०४' देखि ९०°४९' पूर्वी देशान्तरणमा अवस्थित छ। मयमनसिङ्ह जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३६३.४८ वर्ग किलोमिटर अोगटेको। यस जिल्लालाई गरो पहाड र भारतको मेघालय राज्यले उत्तर, गाजीपुर जिल्लाले दक्षिण, नेत्रकोनाकिशोरगञ्ज जिल्लाले पूर्व र शेरपुर, जामालपुरटाङ्गाइल जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, मेघना, धलेश्वरी यस जिल्लाको प्रमुख नदिहरू हुन्।[३]

मौसम[सम्पादन गर्ने]

ময়মনসিংহको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत २४٫०
(७५)
२७٫७
(८२)
३१٫८
(८९)
३३٫४
(९२)
३२٫१
(९०)
३१٫०
(८८)
३१٫२
(८८)
३१٫२
(८८)
३१٫१
(८८)
३०٫८
(८७)
२८٫७
(८४)
२५٫८
(७८)
२९٫९
(८५٫८)
दैनिक औसत °से (°फे) १७٫५
(६४)
२०٫७
(६९)
२५٫१
(७७)
२७٫८
(८२)
२७٫९
(८२)
२८٫०
(८२)
२८٫५
(८३)
२८٫५
(८३)
२८٫४
(८३)
२७٫२
(८१)
२३٫४
(७४)
१९٫६
(६७)
२५٫२२
(७७٫३)
न्यूनतम °से (°फे) औसत ११٫०
(५२)
१३٫८
(५७)
१८٫४
(६५)
२२٫३
(७२)
२३٫७
(७५)
२५٫०
(७७)
२५٫८
(७८)
२५٫८
(७८)
२५٫५
(७८)
२३٫६
(७४)
१८٫२
(६५)
१३٫५
(५६)
२०٫५५
(६८٫९)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १२
(०٫४७)
१७
(०٫६७)
४६
(१٫८१)
११०
(४٫३३)
२८६
(११٫२६)
४६९
(१८٫४६)
४०१
(१५٫७९)
३९८
(१५٫६७)
३११
(१२٫२४)
१७९
(७٫०५)
१८
(०٫७१)

(०٫०८)
२,२४९
(८८٫५४)
औसत आर्द्रता (%) ४२ ३६ ३२ ४६ ६१ ७५ ७४ ७५ ७२ ६८ ५५ ४६ ५६٫८
स्रोत: জাতীয় সংবাদপত্র

इतिहास[सम्पादन गर्ने]

मयमनसिङ्ह क्षेत्रमा ब्रिटिस शासन काल देखिनै विभिन्न उतारचढाव तथा युद्धहरू भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मार्च २५ मा शुरू भएको थियो भने यस युद्ध भरि बङ्गलादेशका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच थुप्रै प्रत्यक्ष तथा अप्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थिए। २५ मार्च १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लड्न थुप्रै मानिसलाई फुलबारी उपजिल्ला अन्तर्गत पर्ने भवानीपुर सङ्घमा तालिम दिइएको थियो। २७ मार्चका दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच मयमनसिङ्ह सदर उपजिल्लामा झडप भएको थियो। १७ अप्रिलका दिन पाकिस्तानी सेनाले दुई सैनिक हवाइजहाजबाट अन्धाधुन्ध गोली प्रहार गरेका थिए जसका कारण १७ सर्वसाधारणको मृत्युु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए। २१ अप्रिलका दिन पाकिस्तानी सेनाले नाडाइल उपजिल्ला अन्तर्गत राजगाती गाउँमा १८ मानिसहरूको सामूहिक हत्या गरेका थिए भने थुप्रै घरटहराहरूमा आगजनी समेत गरेका थिए। पाकिस्तानी सेनाले २३ अप्रिका दिन मयमनसिङ्ह सहरमा कब्जा जमाएका थिए भने सोही दिन बङ्गलादेशी लडाकुले पाकिस्तानी सेनालाई मुक्तिगच्छि भन्ने ठाउँमा प्रतिरोध गरेका थिए। बङ्गलादेश मुक्ति अभियानका बेलाउ राफाजुदिनको निर्देशनमा रहेको बङ्गलादेशी लडाकुहरूको एक समूहले मुक्तिगच्छा प्रहरी चौकी र बत टेलीमा पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए। ७ जुनका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेकाका लडाकु बीच त्रिशाल उपजिल्लाको कातखाली बजारमा युद्ध भएको थियो जहाँ ५० जना पाकिस्तानी सेना मारिएका थिए। १९ जुलाई १९७१ का दिन धोबउरा उपजिल्ला अन्तर्गत एक गाउँमा बङ्गलादेशी लडाकुको पाकिस्तानी सेना बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ११ सर्वसाधारण सहित २ लडाकुको ज्यान गएको थियो। ६ अगष्ट १९७१ का दिन हलुवाघाट उपजिल्ला अन्तर्गत एक गाउँमा बङ्गलादेशी लडाकुको पाकिस्तानी सेना बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ अब्दुल अजिज र पिरिमलको ज्यान गएको थियो। सन् १९७१को अगष्ट महिनामा त्रीशाल उपजिल्ला अन्तर्गत माथबाडी सङ्घमा बङ्गलादेशी लडाकुको पाकिस्तानी सेना बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ २ लडाकुहरू मारिएका थिए। पाकिस्तानी सेनासँगको एक प्रत्यक्ष गोली हानाहानमा अब्दुल रहमनको मृत्यु भएको थियो। ३ अक्टोबर १९७१ को मध्ये रातमा पाकिस्तानी सेनाले अचानक आक्रमण गर्दा ४ लडाकुहरूको ज्यान गएको थियो। त्यसको अघिल्लो दिन पाकिस्तानी सेनाले तराईकाण्डी फेरि घाटमा १२० मानिसको हत्या गरेका थिए। १६ अक्टोबरका दिन ६ स्वतन्त्राका लागि लडिरहेका लडाकुहरू ईश्वरगञ्ज उपजिल्लामा मृत्यु भएको थियो। ३ नोभेम्बरका दिन बङ्गलादेशी लडाकुले एक शक्तिशाली पाकिस्तानी सेनाको समूहलाई लगातार आक्रमण गरेक‍ थियो जसका कारण १२१ पाकिस्तानी सेना र २६ बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो। १७ नोभेम्बरका दिन नाडाइल उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच युद्ध भएको थियो जसका कारण केही बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो भने त्यहि दिनदेखि उक्त दिनलाई नाडाइल सहिद दिवसको रुपमा मनाइँदै आइएको छ। क्षेत्र नम्बर ११ का उप प्रबन्धक अस्फर उडिन अहमदले एक स्थानमा सैनिक शिक्षण केन्द्रमा केही युवाहरूलाई तालिम दिएका थिए जसले पछि पाकिस्तानी सेनालाई चुनौती दिएका थिए। फुलबारी उपजिल्ला अन्तर्गत पर्ने लक्ष्मीपुरमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच युद्ध भएको थियो जहाँ दुवै पक्षका ७० लडाकुहरूको मृत्यु भएको थियो। धपदारकन्दाका मानिसहरूले एक मध्य रातमा पाकिस्तानी सेनाले आक्रमण गर्नै लाग्दा केही धारिलो हतियार द्वरा प्रतिरोध गरेका थिए भने उक्त रात पाकिस्तानी सेनाको एक प्रमुखको मृत्यु भएको थियो। उक्त रातको घटनाको फलस्वरूप पाकिस्तानी सेनाले उक्त गाउँमा अन्धाधुन्ध गोली प्रहारी गरि थुप्रै मानिसहरूलाई मारिदिएका थिए। पाकिस्तानी पछि ९ जना मानिसहरूको अपहरण गरेका थिए जसमा शत्यन्द्रनाथ दत्त, पएर उच्च माध्यमिक विद्यालयका प्रवक्ता र अन्य मानिसहरूको सामूहिक हत्या गरेका थिए भने शत्यन्द्रनाथ भने पानीमा फाल हानी बाच्न सफल भएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको मयमनसिङ्ह उपजिल्लामा एक युद्धमा ३३ लडाकुहरू मारिएका थिए। त्रिशाल उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको युद्धमा ११ बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो भने पाकिस्तानी सेनाले यस जिल्लाको विभिन्न स्थानहरूमा सैनिक किल्ला खडा गर्ने, सामूहिक हत्या गर्ने, घरटहराहरूमा आगजनी गर्नेे र बलात्कार जस्ता क्रियाकलापहरू गरेका थिए।[४] [५]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ४४८९७२६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २२९७३०२ छ भने महिलाको जनसङ्ख्या २१९२४२४ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४२८९७८९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६८१३५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २७९९९, इसाई धर्मको ३३० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३४७३ रहेको छ। यस जिल्लामा ३९८० मस्जिद, ५३० मन्दिर र ७ गृजाघरहरू रहेका छन्। यस जिल्लामा गरो, होडी, बङ्शी, होदी आदि जनजातिहरू बसोबास गर्छन्।[६]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६४.१४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.६५% मजदुरी, व्यापार र उद्योगमा ०.८२%, वाणिज्यमा ११.४०%, सञ्चार र यातायातमा ३.५३%, रेमिटेन्समा ०.४६%, निर्माण क्षेत्रमा १.३३%, सुविधा ६.२१%, धार्मिक सेवा ०.२१% र अन्य ८.२५% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय मयमनसिङ्ह जिल्ला सन् १७८७ मा स्थापना गरिएको थियो। मयमनसिङ्ह सहरको नाम पहिला नसिराबादको रुपमा परिचित थियो। [७]

यस जिल्लामा हाल ४ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला शिवचार (३२१.८८ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला रोजियोर (२२९.२८ वर्ग किलोमिटर) हो।[८]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३९.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४१.७% छ भने महिलाको साक्षरता दर ३६.३% रहेको छ। यस जिल्लामा २ विश्वविद्यालय, ३ मेडिकल कलेज, ६३ कलेज, १ सैनिक शिक्षण संस्था, २ व्यवसायीक शिक्षण संस्था, ४ शिक्षक शिक्षण संस्था, १ व्यवसायीक शिक्षण संस्था, कलेज, १ आयुर्वेदिक संस्था, ५९ नर्सिङ शिक्षण संस्था, ५०६ माध्यमिक विद्यालय, २०४३ प्राथमिक विद्यालय, ६ सामुदायिक विद्यालय, १०६५ गैरसरकारी विद्यालय, ३ सङ्गीत विद्यालय, १२१२ मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; बङ्गलादेश कृषि विश्वविद्यालय (सन् १९६०), आनन्द मोहन सरकारी कलेज (सन् १९०८), मयमनसिङ्ह मेडिकल कलेज (सन् १९६८), मयमनसिङ्ह कन्या सैनिक क्याम्पस (सन् १९६४), मुनिनेसया सरकारी कन्या कलेज (सन् १९५९), मुकुल निकेतन उच्च विद्यालय (सन् १९५९), विद्यामोही निकेतन उच्च विद्यालय (सन् १८७३), फूलपुर पाइलट उच्च विद्यालय (सन् १८८२), रामगोपालपुर पिजेके उच्च विद्यालय (सन् १८९०), मुक्तच्छा राम किशोर उच्च विद्यालय (सन् १८९४), कान्दिपारा अस्कर उच्च विद्यालय (सन् १८९४), महाकाली कन्या विद्यमलय तथा कलेज (सन् २९०७), बिरही तालतारा कन्या उच्च विद्यालय (सन् १९०२), एडवर्ड शिक्षण संस्था (सन् १९०३), राधा सुन्दरी कन्या उच्च विद्यालय (सन् १९२७), बङ्गलादेश रेलवे सरकारी उच्च विद्यालय (सन् १९२५), सेन्ट मेरीज् कन्या उच्च विद्यालय (सन् १९२९), मयमनसिङ्ह जिला विद्यालय (सन् १८५३), सिटी सैनिक विद्यालय (सन् १८८३), मृतेञ्जोय विद्यालय (सन् १९०२), नसिराबाद सैनिक विद्यालय (सन् १९२१), नुजरल एकेडेमी (सन् १९१३), कल्तासेन केण्ड्रिया कमिल मदरसा (सन् १८९०), चारगोडाङ्गा सिनियर फजिल मदरसा (सन् १९१५), पाँचबाध इस्लामी फजिल मदरसा (सन् १९२१), शेरपुर इस्लामी फजिल मदरसा (सन् १९२७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ জুলাই ২০১৫), "এক নজরে ময়মনসিংহ সদর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সমর পাল (सन् २०१२), "ময়মনসিংহ জেলা", in সিরাজুল ইসলাম, আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৯৯-৪০০, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  4. এক নজরে ময়মনসিংহ জেলা "ময়মনসিংহ জেলা", ৬ জুলাই ২০১৪। ,দৈনিক ময়মনসিংহ বার্তা।
  5. বাংলাদেশ জেলা গেজেটিয়ার্স ময়মনসিংহ
  6. "বাংলাদেশ জনসংখ্যা ও আবাসন আদমশুমারি ২০১১: জেলা রিপোর্ট - ময়মনসিংহ", লিঙ্গ এবং বাসভবনের দ্বারা গৃহস্থালী এবং জনসংখ্যা, সারণী: ধর্ম, জনগোষ্ঠী এবং আবাসনের দ্বারা জনসংখ্যা, সারণী: জনসংখ্যার সাক্ষরতা বছর এবং তার বেশি ধর্ম, লিঙ্গ এবং বাসস্থান দ্বারা, বাংলাদেশ পরিসংখ্যান ব্যুরো, अन्तिम पहुँच १४ डिसेम्बर २०१८ 
  7. ইন্ডিয়া কোম্পানির কেন্দ্রীয় প্রশাসন
  8. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्र[सम्पादन गर्ने]