शेरपुर जिल्ला
शेरपुर
শেরপুর | |
---|---|
निर्देशाङ्क: २५°००′N ९०°००′E / २५.००°N ९०.००°Eनिर्देशाङ्कहरू: २५°००′N ९०°००′E / २५.००°N ९०.००°E | |
देश | बङ्गलादेश |
विभाग | मयमनसिङ्ह विभाग |
क्षेत्रफल | |
• जम्मा | १,३६३.७६ किमी२ (५२६.५५ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार) | |
• जम्मा | १,५४२,६१० |
• घनत्व | ११००/किमी२ (२९००/वर्ग माइल) |
वासिन्दा | शेरपुरी |
समय क्षेत्र | युटिसी+०६:०० (बङ्गलादेशी मानक समय) |
हुलाक कोड | २१०० |
शेरपुर (बङ्गाली: শেরপুর জেলা) बङ्गलादेशको मध्य भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिंह विभागको एक भाग हो। यस जिल्लालाई सन् १९८४ फेब्रुअरी २२ का दिन उपजिल्लाबाट जिल्लामा परिणात गरिएको थियो। यस जिल्लाको सदरमुकाम शेरपुर सहर राजधानी ढाकाबाट १९८ किलोमिटर उत्तरमा अवस्थित छ। [१][२][३]
शब्दको उत्पत्ति
[सम्पादन गर्नुहोस्]शेरपुर जिल्लाको वास्तवि नाम कहाँबाट आएको हो भन्ने कुरा इतिहासमा उल्लेख छैन। राजा अकबरको शासनकालमा यश क्षेत्रको नाम "दश कोनिया बाजु" थियो। ब्रह्मपुत्र नदिको प्राचीन नाम लौहितो सागर थियो जुन यस ठाउँको दक्षिणी भूभागमा शेरपुर नगरपालिका र जामलपुर घाटको सिमानमा अवस्थित थियो। यस क्षेत्रका मानिसले त्यहाँका साहुहरूलाई नदि घुमेको बापत दश कहन दिनु पर्ने नियम थियो जसका कारण यस क्षेत्रको नाम दस कहनिया भएको हो।
नवाबी शासनकालमा उक्त शासककालका अन्तिम शासक र जग्गा धनी शेर अलि गजीले यस क्षेत्रमा स्वतन्त्र रूपमा शासन गरेका थिए र यस क्षेत्रको नाम सोही शासकको नाममा दश कोहनियाबाट शेरपुरमा बदलिएको थियो।[४]
इतिहास
[सम्पादन गर्नुहोस्]प्राचीन कालमा शेरपुर जिल्ला कामारुपा राज्यको अधिनमा रहेको थियो। इस्ट इण्डिया कम्पनी विरुद्ध यस क्षेत्रमा फकिर-सन्यासी आन्दोलन शुरू भएको थियो। फकिर आन्दोलनको नेता टीपू शाहले क्षेत्रमा सार्वभौमिकता घोषणा गरे र गजिरपामा आफ्नो राजधानी स्थापना गरेका थिए। सन् १९०६, १९१४ र १९१७ मा यस क्षेत्रमा एक किसान सम्मेलन आयोजना गरिएको थियो जसको नेतृत्व शेरपुरका एक अधिकारी खोस मोहम्मद चौधरीले लिएका थिए। शेरपुर मा सन् १८३८-४८ मा कम्युनिष्टहरूलहरू नाङ्कर, टोङ्क, भावली, महाजानी, इजलादरी को प्रणाली विरूद्ध विद्रोह गरका थिए। सन् १७६२ मा आएको भुकम्पमा परि जमुना नदिको बहावले केही दिशा परिवर्तन गरेको थियो जसका कारण बरल नदिको स्थापना भएको थियो। बरल नदिको पश्चिमी किनारमा केही जमिनको पनि उत्पत्ति भएको थियो जसलाई तात्कालिक समयका जमिन्दार सिराज अलि चौधरीले आफ्नो बनाएका थिए भने तात्कालिक समयमा विभिन्न पुरातात्त्विक सम्पदाको क्षति भएको थियो।
बङ्गलादेश स्वतन्त्र युद्धका बेला कमाण्ड नाजमुल आहसन सहित बङ्गलादेशको युद्धका लागि लडिरहेका थुप्रै लडाकुहरू नैलाबारी उपजिल्लामा पाकिस्तानी सेनाँगको युद्धमा मारिएका थिए। २७ जुलाईका दिन पाकिस्तानी सेनाले यस उपजिल्लामा रहेको गाउँ सोहागपुरमा १८५ बङ्गलादेशी लडाकुहरूको हत्या गरेका थिए। २४ नोभेम्बरमा पाकिस्तानी सेनाले शेरपुर सदर उपजिल्ला अन्तर्गत एक गाँउ ५२ जना मानिसको सामूहिक हत्या गरेका थिए र यसबाहेक नकला उपजिल्लाको नारायणखोला, गुरदार, बरोकरार आदि स्थानहरूमा पाकिस्तानी सेनासँगको विद्रोहमा २० जना बङ्गलादेशी लडाकुहरूको मारिएका थिए।[४]
भूगोल
[सम्पादन गर्नुहोस्]शेरपुर जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २४°१८' देखि २५°१८' उत्तर अक्षांश र ८९°५३' देखि ९०°९१' पुर्वी देशान्तरणमा अवस्थित छ। शेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३५९.८७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको मेघालय राज्यले उत्तर, मयमनसिंह र जमालपुर जिल्लाले दक्षिण, मयमनसिंह जिल्लाले पूर्व र जमालपुर जिल्लाले पश्चिमबाट घेरेको छ। ब्रहम्मपुत्र, कोङ्शो, शोमेश्वर, महारोशी आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्। सिमेन्ट बनाउन प्रयोग हुने विषेश प्रकारको माटो यस जिल्लाको प्रमुख प्राकृतिक स्रोत हो। यस जिल्लाको अौसत अधिकतम तापक्रम ३३.३ डिग्री हुन्छ भने अौसत न्युनतम तापक्रम १२ डिग्री हुन्छ। यस जिल्लामा वार्षिक २१७४ मिलिमिटर पानी पर्ने गर्छ।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १२७९५४२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६५९५१२ छ भने महिलाको जनसङ्ख्या ६२००३० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२३४८३४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३४११२ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ९३१४, इसाई धर्मको ३९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १२४३ रहेको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]शेरपुर जिल्ला कृषि प्रधान जिल्ला हो र यस जिल्लाका अधिकांश मानिसहरूको कृषि पेशामा संलग्न छन् भने अन्य पेशामा पनि मानिसहरू संलग्न रहेका छन्। यस जिल्लामा मुख्यतः धान, जुट, तोरी, आलु, बोडी, खैनी र अन्य मौसम अनुसारका बालीहरू उत्पादन हुने गर्दछ। यस जिल्लामा केरा, आँप, नरिवल, बेल, रुख कटर, भुइँकटर, मेवा आदि फलफूलहरू उत्पादन गरिन्छ। यस जिल्लामा विभिन्न किसिमका माछाहरू पाइन्छन् जसलाई जिल्लामा रहेका नदि,नाला र ढलहरूबाट समातेर बङ्गलादेशका विभिन्न बजार तथा सहरहरूमा बेचिन्छन् । पशुपालन, खेती किसानी बाहेक यस जिल्लाको एक मुख्य पेशा माछा पालन पनि हो जसले जिल्लाको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६५.७१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.३०% मजदुरी, व्यापार र उद्योगमा ०.९५%, वाणिज्यमा १०.९९%, सञ्चार र यातायातमा ३.१६%, रेमिटेन्समा .०१५%, निर्माण क्षेत्रमा ०.९३%, धार्मिक सेवा ०.१५% र अन्य ९.४७% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय शेरपुर नगरपालिकाको स्थापना सन् १८६९ मा भएको थियो। शेरपुर उप विभागलाई सन् १९८४ मा जिल्लामा परिणत गरिएको थियो। [५]यस जिल्लामा हाल ५ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला शेरपुर सदर (३५६.१२ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला नकला (१७४.८० वर्ग किलोमिटर) हो। [६]
यस जिल्लामा ५ उपजिल्ला, ५२ सङ्घ परिषद्, ४५८ मौजा, ६९५ गाउँ, ४ सभा, ३६ वडा र ९९ महल्लाहरू रहेका छन्। यस जिल्लामा रहेका उपजिल्लाहरू यस प्रकार छन्;[७]
उपजिल्ला | सङ्घ सङ्ख्या | क्षेत्रफल | जनसङ्ख्या |
---|---|---|---|
झिनाइगाती उपजिल्ला | ७ | २३१.०० | १५५०६७ |
नकला उपजिल्ला | ९ | १७४.८० | १७९४२२ |
नालिताबाडी उपजिल्ला | १२ | ३२७.६१ | २५२९३५ |
शेरपुर सदर उपजिल्ला | १४ | ३५६.१२ | ४४९७९८ |
श्रीबारदी उपजिल्ला | १० | २७०.३४ | २४२३२० |
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ३१.९८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर २९.५१% छ भने महिलाको साक्षरता दर ५१% रहेको छ। यस जिल्लामा १ कृषि तालिम केन्द्र, १४ कलेज, १ कानून क्याम्पस, १ शिक्षक शिक्षण केन्द्र, १ नर्सिङ शिक्षण संस्था, १२२ माध्यमिक विद्यालय, ६३३ प्राथमिक विद्यालय, ७ मन्टेस्वरी, १९४ मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; शेरपुर सरकारी कलेज (सन् १९६४), श्रीबारदी सरकारी कलेज (सन् १९६९), ओमरपुर सरकारी मोहीला कलेज (सन् १९७२), शेरपुर पोलिटेक्निक शिक्षण संस्था (सन् २००४), गोविन्दपुर पिस मेमोरियल इन्सिच्युट (सन् १९१८), कृषि शिक्षण संस्था (सन् १९५७), सापमारी उच्च विद्यालय (सन् १९०७), जोगिनीमुरी बहुभाषी उच्च विद्यालय (सन् १९१२), चन्द्रकान्त राज्यलक्ष्मी उच्च विद्यालय (सन् १९१९), हिरनमाय उच्च विद्यालय (सन् १९१९), शेरपुर जिके पाइलट उच्च विद्यालय (सन् १९१९), शेरपुर उच्च माध्यमिक विद्यालय (सन् १९२०), तारागञ्ज पाइलट उच्च माध्यमिक विद्यालय (सन् १९२७), शेरपुर सरकारी कन्या उच्च माध्यमिक विद्यालय (सन् १९५२), श्रीबारडी मधुरानाथ विनोदिनी सरकारी पाइलट कन्या उच्च विद्यालय (सन् १९६४), शेरपुर सरकारी एकेडेमी (सन् १८८७), चन्द्रकान्त सरकारी प्राथमिक विद्यालय (सन् १९४४), ताराबाजार मदरसा (सन् १९७८) आदि हुन्।
स्वास्थ्य
[सम्पादन गर्नुहोस्]यस जिल्लाको थुप्रै स्वास्थ्य केन्द्रहरू रहेका छन् जो यस प्रकार छन्; १ जिल्ला सदर अस्पताल, उपजिल्ला स्वास्थ्य केन्द्र ५, ५२ परिवार नियोजन केन्द्र, १ मधुमेह उपचार केन्द्र, १ शिशु तथा बाल अस्पताल, १ क्षेय रोग निवारण संस्था, २ गैर सरकारी स्वास्थ्य केन्द्र आदि रहेका छन्।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ শেরপুর জেলা পরিসংখ্যান
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন
- ↑ বাংলাদেশী লোকোজো সন্সক্রিটি গ্রন্থমালা: শেরপুর, বাংলা একাডেমি
- ↑ ४.० ४.१ "জেলার পটভূমি", বাংলাদেশ জাতীয় পোর্টাল। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-१० मिति
- ↑ "বাংলাদেশ জাতীয় তথ্য বাতায়ন"। वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०५ मिति
- ↑ http://pmis.mopa.gov.bd/pmis/Forms/dclist.php वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०८ मिति
- ↑ একেএম রিয়াজুল হাসান (सन् २०१२), "শেরপুর জেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।