जामालपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जामालपुर
জামালপুর
बङ्गलादेशको नक्शामा जामालपुर जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा जामालपुर जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५५′N ८९°५८′E / २४.९२°N ८९.९६°E / 24.92; 89.96निर्देशाङ्कहरू: २४°५५′N ८९°५८′E / २४.९२°N ८९.९६°E / 24.92; 89.96
देश बङ्गलादेश
विभागमयमनसिङ्ह विभाग
क्षेत्रफल
 • जम्मा२,०३१.९८ किमी (७८४.५५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा२,२९२,६७४
 • घनत्व११००/किमी (२९००/वर्ग माइल)
वासिन्दाजामालपुरी
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
२०००

जामालपुर (बङ्गाली: জামালপুর জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्छ। यस जिल्लालाई सन् १९७८ मा स्थापना गरिएको थियो।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

जामालपुर जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २४°३४' देखि २५°२६' उत्तर अक्षांश र ८९°४०' देखि ९०°१२' पूर्वी देशान्तरणमा अवस्थित छ। जामालपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २०३१.९८ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई कुडिग्राम, शेरपुर जिल्ला र भारतको मेघालय राज्यले उत्तर, टाङ्गाइल जिल्लाले दक्षिण, मयमनसिङ्हशेरपुर जिल्लाले पूर्व र बोगडा, सिराजगञ्ज, गाईबान्धा जिल्ला र जमुना नदिले पश्चिमबाट घेरेको छ। ढाका विभाग अन्तर्गतको १७ जिल्ला मध्ये यस जिल्ला क्षेत्रफलको आधारमा छैटौँ स्थानमा पर्छ भने बङ्गलादेशको ६४ जिल्ला मध्ये ३३अौँ स्थानमा पर्छ। पद्मा, जमुना, ब्रहम्मपुत्र यस जिल्लाको प्रमुख नदिहरू हुन्। यी नदिहरू सुरमा-मेधना नदि प्रणाली अन्तर्गत पर्छन्। यस जिल्लाको सदरमुकाम ब्रहम्मपुत्र नदिको किनारमा अवस्थित छ जुन देशमो राजधानी ढाकाबाट १४० किलोमिटरको दुरीमा रहेको छ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९७१ मा बङ्गलादेशको मुक्ति अभियान पाकिस्तानी सेना विरुद्ध शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले आतङ्कबादीसँग साझेदारी गर्दै जामालपुरमा आक्रमण गरेका थिए। २१ जुन १९७१ मा जामालपुर सदर उपजिल्ला अन्तर्गत ब्रहम्मपुत्र नदिको किनारमा पाकिस्तानी सेनाले ९ स्थानीय मानिसहरूको हत्या गरेका थिए। ३१ जुलाईका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच बक्शीगञ्ज जिल्लामा युद्ध भएको थियो जहाँ ३५ स्वतन्त्र लडाकुको सहित सहुलादिन मोम्ताज अहजुदामन, अब्दुल कलाम अजिको मृत्यु भएको थियो। १३ नोभेम्बरका दिन बक्शीगञ्ज उपजिल्ला अन्तर्गत पर्ने कमलपुरमा बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच युद्ध भएको थियो भने उक्त लडाइँमा बङ्गाली लडाकुका प्रमुख सेना गम्भीर घाइते भएका थिए। २१ दिन सम्मको सङ्घर्ष पश्चात् पूर्ण रूपमा सुरक्षित कमलपुरमा रहेको पाकिस्तानी सेनाको किल्ला अन्ततः बङ्गलादेशी लडाकुले ४ डिसेम्बरका दिन बम बारुद र तोप द्वरा ध्वस्त पारिदिएका थिए। उक्त युद्धमा पाकिस्तानी सेनाका प्रमुख असान मलिक सहित २२० पाकिस्तानी सेनाले सामूहिक रूपमा बङ्गलादेशी लडाकु प्रति आत्मसमर्पण गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २१०७२०९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०७५६९४ छ भने महिलाको जनसङ्ख्या १०३१५१५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०६७६८५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३७४४९ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ८४८, इसाई धर्मको ६६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११७१ रहेको छ। यस जिल्लाको जनघनत्व २१९१ प्रति किलोमिटर रहेको छ। यस जिल्लामा गरो, होडी, बङ्शी, होदी आदि जनजातिहरू बसोबास गर्छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

जामालपुर जिल्ला उखु, जुट, खैनी र तोरीको लागि प्रख्यात छ। यस जिल्लाले बदाम, अण्डा, छाला, गेडागुडी, तेल आदि निर्यात गर्ने गर्छ। यस जिल्लामा अन्य मौसमी बाली र फलफूल पनि उत्पादन हुने गर्छ।[३]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६५.५०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३०% मजदुरी, व्यापार र उद्योगमा ०.८१%, वाणिज्यमा ११.८८%, सञ्चार र यातायातमा २.९४%, रेमिटेन्समा ०.३०%, निर्माण क्षेत्रमा १.२२%, अन्य क्षेत्रमा १०.६७%, धार्मिक सेवा ०.१९% र अन्य ८.१% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय जामालपुर जिल्लाको स्थापना सन् १९७८ मा भएको थियो। यस जिल्लामा हाल ७ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला जामालपुर सदर (४८९.५६ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला बाक्सीगञ्ज (१४०.१२ वर्ग किलोमिटर) हो। यस जिल्लाका ७ उपजिल्ला यस प्रकार छन्:[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३१.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३५.४% छ भने महिलाको साक्षरता दर २८.०% रहेको छ। यस जिल्लामा ५ विश्वविद्यालय, ३९ कलेज, १ आयुर्वेदिक कलेज, १८५ माध्यमिक विद्यालय, ८२० प्राथमिक विद्यालय, १९ सामुदायिक विद्यालय, ३०८ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सरकारी आशिक महमद कलेज (सन् १९४६), सरकारी जहेदा सफिर महिला कलेज (सन् १९६७), मादारगञ्ज एएचजी सरकारी कलेज (सन् १९६८), स्लामपुर कलेज (सन् १९७०), जामालपुर जिला विद्यालय (सन् १८८१), जामालपुर सरकारी कन्या उच्च विद्यालय (सन् १८८२), पेङ्ना उच्च विद्यालय (सन् १८९६), सिङ्जाजमनी कन्या उच्च विद्यालय (सन् १९०१), जार्कता बहुभाषिक उच्च विद्यालय (सन् १९०७), सिङ्जाजानी बहुभाषिक उच्च विद्यालय (सन् १९१८), दिवानगञ्ज सरकारी उच्च विद्यालय (सन् १९१९), शरिशाबाडि रानी नदमनी नमुना उच्च विद्यालय (सन् १९२०), हज्राबाडि उच्च विद्यालय (सन् १९२६), कुमारी पाइलट उच्च विद्यालय (सन् १९३५), बलरिडिया प्राथमिक विद्यालय (सन् १८६९) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৬ জুন ২০১৪), "এক নজরে জেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२९ मिति
  2. २.० २.१ সমর পাল (सन् २०१२), "জামালপুর জেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জামালপুর সম্পর্কে", www.jamalpuronline.in, अन्तिम पहुँच २०१८-०२-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१५ मिति
  4. "জামালপুর জেলার উপজেলা সমূহঃ" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]