दुर्गापुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दुर्गापुर

দুর্গাপুর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
क्षेत्रफल
 • जम्मा१९५.०३ किमी (७५.३० वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१३७,६४०
 • घनत्व७१०/किमी (१,८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटदुर्गापुर

दुर्गापुर (बङ्गाली: দুর্গাপুর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

दुर्गापुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२३' देखि २४°३२' उत्तर अक्षांश र ८८°४०' देखि ८८°५२' पूर्वी देशान्तरमा अवस्थित छ। दुर्गापुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९५.०३ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई बाघमारा उपजिल्लाले उत्तर, मोहनपुर उपजिल्ला दक्षिण, पुठिया उपजिल्लाले पूर्व, दक्षिण र पबा उपजिल्लाले पश्चिमबाट घेरेको छ। अङरार बिल, कायमजामपुर बिल, अनुलिया बिल, दहार बिल, कालियार, पद्मा बिल, खलियार बिल आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु बीच पबा र दुर्गापुरको सिमानामा प्रत्यक्ष गोली हानाहान र युद्धमा पाकिस्तानी सेनाका एक प्रमुख अधिकारीको मृत्युु भएको थियो जसको फलस्वरूप पाकिस्तानी सेनाले गगनबाडीया र पल्सा गाउँका ४४ स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए भने सेनाले त्यस क्षेत्रमा अन्य आपराधिक क्रियाकलाप पनि गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १६७५९६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८६३६३ छ भने महिलाको जनसङ्ख्या ८१२३३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६२८५६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४०६४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५२९, इसाई धर्मवलम्बीको जनसङ्ख्या १० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४७ रहेको छ। यस उपजिल्लामा सन्थल र उराँव जनजातिहरू बसोबास गर्छन्।[३] यस उपजिल्लामा ३३८ मस्जिद, १४ हिन्दु मन्दिर, १ गिर्जाघर र १ चिहान रहेका छन्। किस्मत मस्जिद, रोयपाडा जामे मस्जिद, पाँचुबारी जामे मस्जिद, कालीदहमा रहेको काली हिन्दु मन्दिर आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९७.०८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०९% ले पोखरी, ०.२४% ले टुटी र २.६०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ७ स्वास्थ्य जाँच केन्द्र, ७ परिवार नियोजन केन्द्र र २ स्वास्थ्य केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २६.९३% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, तोरी, हरियो खुर्सानी, पान, किम्बु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, रुख कटहर, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, खैनी कारखाना, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया पानको पात, केरा, मेवा, गहुँको पिठो तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, तिल, सखरखण्ड, तोरीको बीउ पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ५० माछापालन केन्द्र, २० दुग्ध सङ्कलन केन्द्र तथा, २५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७९.८५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.१४% मजदुरीमा, उद्योगमा ०.२४%, वाणिज्यमा ७.९२%, सञ्चार र यातायातमा २.८१%, निर्माण क्षेत्रमा ०.४५%, सुविधामा ३%, धार्मिक सेवामा ०.०९%, वैदेशिक रोजगारी तथा भाडामा ०.०९% र अन्यमा ३.४१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय दुर्गापुर थानाको स्थापना सन् १९९० मा भएको थियो भने सन् १९८४ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा ७ सङ्घ परिषद्/वडा, ११४ मौजा/महल्ला र १२२ गाउँहरू रहेका छन्। यस उपजिल्लाको हुलाक सङ्ख्या ६२४० हो।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४६.८% छ भने महिलाको साक्षरता दर ४३.८% रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ४३ माध्यमिक विद्यालय, ७७ प्राथमिक विद्यालय, ३ प्राबिधिक शिक्षण संस्था, ५ बालबालिका खेल्ने र पढ्ने ठाउँ र १९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; दुर्गापुर पाइलट उच्च विद्यालय (सन् १९४६), दौदकान्दी उच्च विद्यालय (सन् १९४६), श्रीधर सरकारी प्राथमिक विद्यालय (सन् २८५७), सिङ्गा सरकारी प्राथमिक विद्यालय (सन् २९२३) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ ডিসেম্বর ২০১৪), "এক নজরে দূর্গাপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "दुर्गापुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]