मोहनपुर उपजिल्ला
मोहनपुर
মোহনপুর | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २४°३३.८′उ॰ ८८°३९′पू॰ / २४.५६३३°N ८८.६५०°Eनिर्देशाङ्कहरू: २४°३३.८′उ॰ ८८°३९′पू॰ / २४.५६३३°N ८८.६५०°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | राजशाही जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १६२.६५ किमी२ (६२.८० वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | १७०,०२१ |
• घनत्व | १०००/किमी२ (२७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | आधिकारिक नक्सा |
मोहनपुर (बङ्गाली: মোহনপুর) बङ्गलादेशको राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]मोहनपुर सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२९' देखि २४°३८' उत्तर अक्षांश र ८८°३४' देखि ८९°४३' पूर्वी देशान्तरणमा अवस्थित छ। मोहनगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६२.६६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई मान्दा र तानोर उपजिल्लाले उत्तर, पबा र दुर्गापुर उपजिल्लाले दक्षिण, बाघमारा उपजिल्लाले पूर्व र तानोर उपजिल्लाले पश्चिमबाट घेरेको छ। शिव र बडनाई नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा यस उपजिल्लाको सङ्कोवा भन्ने ठाउँमा रहेको एक माद्रासामा स्थानीय राजाकारहरूले सैनिक किल्ला खडा गरेका थिए भने राजाकारहरूले त्यस किल्ला छेउछाउमा रहेका स्थानीय मानिसहरूक सामूहिक हत्या तथा बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुका परिवारलाई दुर्ववहार गर्ने र घरटहराहरूमा आगजनी समेत गर्दै आतङ्क मच्चाएका थिए। राजाकारहरूको एक समूहले बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु अब्दुल आजिजलाई उनकै निवासमा गई हत्या गरेका थिए भने उनको घरमा समेत आगजनी गरेका थिए। नोभेम्बर १९७१ मा बङ्गलादेशी लडाकुले राजाकारको सैनिक किल्लामा आक्रमण गरी ६ राजाकारलाई मारेका थिए।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १५२८९६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७७७७७ छ भने महिलाको जनसङ्ख्या ७६११९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४८६६६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३८६३, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३५१ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ४६१ मस्जिद, २६ हिन्दु मन्दिर र २ चिहानहरू रहेका छन्। साइपाडा जामे मस्जिद, किशोरीहमट जामे मस्जिद, खरिजा मस्जिद, भोला देवानको चिहान, मोहनपुर जामे मस्जिद आदि यस उपजिल्लाको प्रख्यात इस्लामी धार्मिक स्थल हो। यस उपजिल्लाका ९७.३४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.५८% ले पोखरी, ०.२३% ले टुटी र १.८५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका २३.३२% धाराका पानीहरूमा आर्सनिकको मात्रा कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये २७.५४% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। मोहनपुर उपजिल्लामा १ उपजिल्ला स्वास्थ केन्द्र, ६ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, १ ग्रामीण स्वास्थ केन्द्र, १२ शिशु हेरचाह केन्द्र तथा बाल अस्पताल, १९ स्वास्थ जाँच केन्द्रहरू रहेका छन्।[२]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, प्याज, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, पानको पात, आँप, लिची लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, अलहर, सखरखण्ड, कोद, उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ३१ माछापालन केन्द्र, ४४ दुग्ध सङ्कलन केन्द्र तथा, ६० कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.२९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.५२% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.८९% वाणिज्यमा ११.८४%, सञ्चार तथा यातायातमा २.९१%, निर्माण क्षेत्रमा ०.२९%, सुविधामा ३.५२%, धार्मिक सेवामा ०.११%, वैदेशिक रोजगारी तथा भाडामा ०.११% र अन्यमा ४.५५% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]मोहनपुर थानको स्थापना सन् १९१७ मा भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्/वडा, १६६ मौजा/महल्ला र १५४ गाउँ र ४३९८४ घरहरू रहेका छन्। यस उपजिल्लामा दुई सरकारी उच्च विद्यालयहरू रहेका छन्।[३]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ४५.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.२% छ भने महिलाको साक्षरता दर ३९.४% रहेको छ। यस उपजिल्लामा १७ क्याम्पस, २ प्राबिधिक शिक्षण संस्था, ४७ माध्यमिक विद्यालय, ७८ प्राथमिक विद्यालय, ५ बाल उद्धान केन्द्र र २० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मौगाछी क्याम्पस, श्यामपुर क्याम्पस, मोहनपुर पाइलट उच्च विद्यालय (सन् १०४८), मोहनपुर सरकारी उच्च विद्यालय, बागशाली कामिल मदरसा आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ सिराजुल इस्लाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "মোহনপুর উপজেলা", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ "सन् ३०१११ को राष्ट्रिय जनगणना", बङ्गलादेशको तथ्याङ्क विभाग, बिबिएस, अन्तिम पहुँच ३१ अगस्ट २०१७। वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१७ मिति
- ↑ প্রখ্যাত ব্যক্তিত্ব (জুন ২০১৪), "বাংলাদেশ জাতীয় তথ্য বাতায়ন", मूलबाट ২৩ ফেব্রুয়ারি ২০১৬-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-२३ मिति