तानोर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तानोर

তানোর
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २४°३६′१०″N ८८°३४′५०″E / २४.६०२८°N ८८.५८०६°E / 24.6028; 88.5806निर्देशाङ्कहरू: २४°३६′१०″N ८८°३४′५०″E / २४.६०२८°N ८८.५८०६°E / 24.6028; 88.5806
देशबङ्गलादेश बाङ्लादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
क्षेत्रफल
 • जम्मा२९५.४० किमी (११४.०५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१९१,३३०
 • घनत्व६४८/किमी (१,६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटतानोरको आधिकारिक नक्सा

तानोर (बङ्गाली: তানোর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

तानोर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२९' देखि २४°४३' उत्तर अक्षांश र ८८°२४' देखि ८८°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। तानोर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९५.३९ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई नाचोलनियमतपुर उपजिल्लाले उत्तर, पबागोदागाडी उपजिल्लाले दक्षिण, मान्दामोहनपुर उपजिल्लाले पूर्व, नाचोल, नवावगञ्जगोदागाडी उपजिल्लाले पश्चिमबाट घेरेको छ। [२]

इतिहास[सम्पादन गर्ने]

तानोर उपजिल्ला सन् १९७१ नोभेम्बर ३० का दिन पाकिस्तानबाट स्वतन्त्र भएको थियो।[३] स्वतन्त्र अघिको अन्तिम युद्ध पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच २९ नोभेम्बर १९७१ को राति भएको थियो। राजशाही विश्वविद्यालयको अन्तिम वर्षका विद्यार्थी सफिकुल रहमान राजाले बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुको नेतृत्व गरेका थिए। २९ नोभेम्बरका दिन पाकिस्तानी सेना र स्थानीय राजाकारको समूहले बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका ६ लडाकुलाई अपहरण गरेका थिए। पाकिस्तानी सेनाले तानोर प्रहरी थानालाई पनि नियन्त्रणमा लिएका थिए। बङ्गलादेशी लडाकुलाई तानोर प्रहरी चौकीमा पाकिस्तानी सेनाले थुनामा राखेका कारण बङ्गलादेशी लडाकुले उक्त प्रहरी चौकीमा आक्रमण गरि उनीहरू साथीहरूलाई छुटाउने निर्णय गरेका थिए। सुलिकुर रहमान राजाको नेतृत्वमा रहेका ३५ बङ्गलादेशी लडाकुहरूले सन् १९७१ नोभेम्बर २९ को रात चार भागमा विभाजित हुँदै चौकीलाई चारै तिरबाट घेरी अचानक आक्रमण गरेका थिए। बङ्गलादेशी लडाकुसँग पाकिस्तानी सेना भन्दा कम हातहतियार भएता पनि लडाकुको हिम्मत, निडर, एकता र रणनीतिले गर्दा पाकिस्तानी सेना भागेका थिए र त्यस पछि लडाकुले थुनामा रहेका साथीहरूलाई पनि मुक्ति गराएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु बीचको युद्धमा ३ लडाकुहरू सहिद भएका थिए भने हानिफ मिरदाह उपनाम रहेका सिराजुल इसलाम गम्भीर घाइते भएतापनि बाँच्न सफल भएका थिए। यस युद्धमा राजशाही प्राविधिक शिक्षण संस्थाका विद्यार्थी मनोयम मञ्जुर, काटाखालीमा रहेको मस्कातागद्धी विद्यालयमा दश कक्षाका विद्यार्थी महम्मद इस्लाम र एक युवा सहिद भएका थिए। १७ डिसेम्बर १९७१ का दिन स्वतन्त्र बङ्गलादेशको झण्डा माथी उठाइएको थियो।[४]

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १७३४९५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८७८४८ छ भने महिलाको जनसङ्ख्या ८५६४७ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४६३०७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४७०५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ७३१४, इसाई धर्मको १७६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४९९३ रहेको छ। यस जिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ४७८ मस्जिद, २५ हिन्दु मन्दिर, २० चिहानहरू रहेका छन्। गोलापाडा जामे मस्जिद, कामारगाउँ जामे मस्जिदर धलिया र भाङ्गा जामे मस्जिद, शिधार गाउँमा रहेको पिर चिहान, मादारिपुरमा रहेको पागल शाहको चिहान, कामारगाउँ शिव मन्दिर, शिवतलामा रहेको शिव मन्दिर, महालीपाडामा रहेको मुण्डुमाला मन्दिर र गिर्जाघर आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.०२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३९% ले पोखरी, १.४०% ले टुटी र २.१८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र र ७ परिवार नियोजन केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ५७.६९% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।[५]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी, प्याज, हरियो खुर्सानी, पानको पात, मुसुरो तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, आलु, गहुँ तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, जुट र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२४ माछापालन केन्द्र, ४० दुग्ध सङ्कलन केन्द्र तथा, ३५ कुखुरापालन केन्द्रहरू रहेका छन्।


यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७८.३५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.५३% मजदुरीमा, वाणिज्यमा ७.६६%, सञ्चार र यातायातमा १.५८%, निर्माण क्षेत्रमा ०.३७%, सुविधामा ३.२२%, धार्मिक सेवामा ०.१४%, वैदेशिक रोजगारी तथा भाडामा ०.११% र अन्यमा ६.०४% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय तानोर थानाको स्थापना सन् १८६९ मा भएको थियो भने यसलाई १९८३ मा उपजिल्लामा परिणत गरिएको थियो। तानोर उपजिल्ला दुई नगरपालिका सहित ७ सङ्घ परिषद्मा विभाजन गरिएको छ जुन यस प्रकार छन्; कालमा सङ्घ परिषद्, बिधाइर सङ्घ परिषद्, पाचनदार सङ्घ परिषद्, सिरनजाई सङ्घ परिषद्, तालन्द सङ्घ परिषद्, कामारगाउँ सङ्घ परिषद्, चाँदुरिया सङ्घ परिषद्। हाल तानोर उपजिल्लामा २११ मौजा र १६९ गाउँहरू र ४७,४२५ घरहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४५.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.१% छ भने महिलाको साक्षरता दर ४०.६% रहेको छ। यस उपजिल्लामा १८ क्याम्पस, ६२ माध्यमिक विद्यालय, १२२ प्राथमिक विद्यालय, ५७ गैरसरकारी शिक्षण संस्था र १३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मुण्डुमाला क्याम्पस (सन् १९७१), तालन्द ललिता मोहन डिग्री क्याम्पस (सन् १९७१), तालन्द आनन्द मोहन उच्च विद्यालय (सन् १८८२), कामारगाउँ उच्च विद्यालय (सन् १९२०), हतिशाल उच्च विद्यालय (सन् १९५७), मुण्डुमाला उच्च विद्यालय (सन् १९५९), तालन्द उच्च विद्यालय (सन् १९८२), मुण्डुमाला कामिल मदरसा (सन् १९५३) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "তানোর উপজেলা", বাংলাপিডিয়া, २२ জুলাই २०१६। 
  2. असादुल्ला ममुन हासान (सन् २०१२), "तानोर उपजिल्ला", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  3. "তিন সহযোদ্ধার রক্তে মুক্ত তানোর থানা", दैनिक समकाल, अन्तिम पहुँच २३ डिसेम्बर २०१६ 
  4. "তানোর থানা দখল নিতে আমাদের তিন মুক্তিযোদ্ধা শহীদ হন", दैनिक जनकण्ठ, अन्तिम पहुँच २३ डिसेम्बर २०१६ 
  5. "এক নজরে তানোর উপজেলা", Tanore Upazila (बाङ्लामा), अन्तिम पहुँच १५ डिसेम्बर २०१४ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]