मान्दा उपजिल्ला
मान्दा
মান্দা | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २४°४६.५′उ॰ ८८°४०.२′पू॰ / २४.७७५०°N ८८.६७००°Eनिर्देशाङ्कहरू: २४°४६.५′उ॰ ८८°४०.२′पू॰ / २४.७७५०°N ८८.६७००°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | नउगाँ जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ३७५.९४ किमी२ (१४५.१५ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ३६३,८५८ |
• घनत्व | ९७०/किमी२ (२५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | manda |
मान्दा (बङ्गाली: মান্দা উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।
भूगोल
[सम्पादन गर्नुहोस्]मान्दा उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३७' देखि २४°५३' उत्तर अक्षांश र ८८°३५' देखि ८८°५१' पूर्वी देशान्तरणमा अवस्थित छ। मान्दा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३७५.९४ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई महादेवपुर उपजिल्लाले उत्तर, बाघमारा र मोहनपुर उपजिल्लाले दक्षिण, नउगाँ सदर, रानीनगर र आत्राई उपजिल्लाले पूर्व र नियामतपुरर तानोर उपजिल्लाले पश्चिमबाट घेरेको छ। शिव, आत्राई र मान्दा यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने अगष्ट १९७१ मा पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गतका भरसो सङ्घकध पुकारिया भन्ने ठाउँमा आक्रमण गरी १२८ सर्वसाधारणहरूको सामूहिक हत्या गरी सबै लासहरूलाई एक ठूलो चिहानमा गाडिदिएका थियो। बङ्गलादेश मुक्ति अभियानका समयमा पाकिस्तानी सेनाले यहाँका विभिन्न स्थान तथा गाउँहरूमा आक्रमण गरी थुप्रै मानिसहरूको सामूहिक हत्या गरेका थिए भने कयौं घरहरूलाई आगजनी गरी नष्ट पारिदिएका थिए।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३५२५६० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १७८८५३ छ भने महिलाको जनसङ्ख्या १७३७०७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३१७८०७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३२३०२ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २८७, इसाई धर्मवलम्बीको जनसङ्ख्या १८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २१४६ रहेको छ।यस उपजिल्लामा सन्थल जनजातिका मानिसहरू बसोबास गर्छन्। यस उपजिल्लामा ९२२ मस्जिद, २१ हिन्दु मन्दिर र २ गिर्जाघरहरू रहेका छन्।[२][३]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, तोरी, उखु आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, अम्बा, लिची, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, चामल, केरा, मेवा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तील र कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ७ माछापालन केन्द्र, ७९ दुग्ध सङ्कलन केन्द्र तथा ९५ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७८.७५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.२८% मजदुरी, व्यापार र उद्योगमा ०.६८%, वाणिज्यमा ८.९९%, सञ्चार र यातायातमा १.८६%, निर्माण क्षेत्रमा ०.४९%, सुविधा २.६९%, धार्मिक सेवा ०.०९%, रेमिटेन्स ०.०८ र अन्य ४.०९% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय मान्दा थानाको स्थापना सन् १९४३ भएको थियो भने सन् १९८७ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लामा हाल १४ सङ्घ परिषद्, २९९ मौजा र २८६ गाउँहरू रहेका छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ४०.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८% छ भने महिलाको साक्षरता दर ३३.३% रहेको छ। यस उपजिल्लामा १३ क्याम्पस, ७५ माध्यमिक विद्यालय, २०७ प्राथमिक विद्यालय, २ बाल उद्दान केन्द्र र १३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मान्दा महिला सहाना डिग्री क्याम्पस (सन् १९७०), मैनानी बहुभाषिक उच्च विद्यालय (सन् १९८५), मान्दा पाइलट उच्च विद्यालय (सन् १९१४), पजोर भाङ्गा प्राथमिक विद्यालय (सन् १९०१), माजिदपुर फजिल मदरसा (सन् १९७०), अलालपुर हजी शिख अलम उच्च विद्यालय, बैदियापुर उच्च विद्यालय, बलुबाजार दखिल मदरसा, दुष्टी दखिल मदरसा, बङ्गाल पाडा सरकारी प्राथमिक विद्यालय, बलुबाजार एसएम उच्च विद्यालय आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "मान्दा उपजिल्ला", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज, सन् २०१२।
- ↑ "राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "बङ्गलादेशको राष्ट्रिय जनगणना सन् २०११: जिल्ला प्रतिवेदन – नउगाँ", बङ्गलादेश केन्द्रिय तथ्याङ्क विभाग, योजना मन्त्रालय, जनवादी गणतन्त्र बङ्गलादेश, अन्तिम पहुँच ९ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०२२ मिति