आत्राई उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आत्राई
আত্রাই
उपजिल्ला
आत्राई is located in बङ्गलादेश
आत्राई
आत्राई
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°३६.८′उ॰ ८८°५८.२′पू॰ / २४.६१३३°N ८८.९७००°E / 24.6133; 88.9700निर्देशाङ्कहरू: २४°३६.८′उ॰ ८८°५८.२′पू॰ / २४.६१३३°N ८८.९७००°E / 24.6133; 88.9700
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा२८४.४१ किमी (१०९.८१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१९३२५६
 • घनत्व६८०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (जिल्ला)
वेबसाइटआधिकारिक वेबसाइट

आत्राई (बङ्गाली: আত্রাই) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। [१]

भूगोल[सम्पादन गर्नुहोस्]

आत्राई उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३२' देखि २५°४२' उत्तर अक्षांश र ८९°४८' देखि ८९°०६' पूर्वी देशान्तरणमा अवस्थित छ। आत्राई उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८४.८१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई मान्दारानीनगर उपजिल्लाले उत्तर, नाटोर सदर उपजिल्लाले दक्षिण, सिङ्डा उपजिल्लाले पूर्व र बाधमारा उपजिल्लाले पश्चिमबाट घेरेको छ। आत्राई, चन्द्र बिल, नगर, आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १९ सेप्टेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच बन्दैखारी गाउँमा युद्ध भएको थियो। पाकिस्तानी सेनाले पछि यस उपजिल्लाका थुप्रै घरहरूमा आगजनी, लुटपाट तथा सर्वसाधारणहरूको सामूहिक हत्या गर्ने गरेका थिए। पाकिस्तानी सेनालाई पछि बङ्गलादेशको मुक्तिको लागि लडिरहेका एक संस्था मुक्तिबाहिनीले यस उपजिल्लाको तारानगर भन्ने ठाउँमा खुलेआम चुनौती दिएको थियो भने ९ पानीजहाजमा सवार सबै पाकिस्तानी सेनाहरूलाई बङ्गलादेशी लडाकुले अचानक आक्रमण गरी ध्वस्त पारिदिएका थिए। बङ्गलादेश मुक्ति अभियानमा पाकिस्तानी सेनाले यस उपजिल्लाका कयौं मानिसहरूको हत्या साथै थुप्रै घरटहराहरूमा पूर्णतया आगजन समेत गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १७९७९९ रहेको  छ जसमध्ये पुरुषको जनसङ्ख्या ९१६३७ छ भने महिलाको जनसङ्ख्या ८८१६२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६१८९४  छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १७५१५ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३७५ रहेको छ। यस उपजिल्लाको कुल जनधनत्व ६८० प्रति वर्ग किलोमिटर रहेको छ भने यस उपजिल्लामा कुल ३०५७० घरहरू रहेका छन्।[२]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया  आँप, केरा, कटहर, अम्बा, लिची, आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, स मिल, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, सिमेन्ट कारखाना तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, तोरी, गहुँ, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, सखरखण्ड, तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.२०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.३३% मजदुरी, व्यापार र उद्योगमा ०.६१%, वाणिज्यमा ११.१३%, सञ्चार र यातायातमा १.९६%, निर्माण क्षेत्रमा ०.७९%, सुविधा ३.४२%, धार्मिक सेवा ०.१५% र अन्य ६.५३% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय आत्राई थानाको स्थापना सन् १९१६ भएको थियो भने सन् १९८३ अगष्ट १ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। सोनातला उपजिल्ला सोनातला नगरपालिका सहित ७ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; असानगञ्ज सङ्घ परिषद्, भोनापाडा सङ्घ परिषद्, विशा सङ्घ परिषद्, हटकालुपाडा सङ्घ परिषद्, कालिकापुर सङ्घ परिषद्, मनियारी सङ्घ परिषद्, पञ्चुपुर सङ्घ परिषद् र शाहगोला सङ्घ परिषद्।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४१.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.७% छ भने महिलाको साक्षरता दर ३४.८% रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; मोला अजाद स्मारक क्याम्पस (सन् १९६८), भाविनीपुर उच्च विद्यालय (सन् १९१०), कालीग्राम रविन्द्रनाथ शिक्षण संस्था (सन् १९४१), बन्दैखरा विद्यालय (सन् १८७४) आदि। [३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "आत्राई उपजिल्ला", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज, सन् २०१२। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना २०११: जिल्ला प्रतिवेदन – नउगाँ", आत्राई उपजिल्लाको जनशाङ्खिकि, बङ्गलादेश केन्द्रिय तथ्याघ्क विभाग, योजना मन्त्रालय, जनवादी गणतन्त्र बङ्गलादेश, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०२२ मिति
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন, ২০১৪), "ভৌগোলিক পরিচিত", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट जनवरी २०२८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]