सिङ्डा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिङ्डा
সিংড়া
—  उपजिल्ला  —
सिङ्डाको स्थान-बङ्गलादेशको नक्सामा
सिङ्डा
सिङ्डा
बाङ्लादेशको नक्शामा सिङ्डा जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग राजशाही विभाग
जिल्ला नाटोर जिल्ला
क्षेत्रफल
 - जम्मा ५२८.४६ किमी (२०४ वर्ग मी)
जनसङ्ख्या (सन् १९९१[१])
 - जम्मा २८९,९५२
 जनघनत्व
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट सिङ्डा उपजिल्लाको आधिकारिक नक्शा

सिङ्डा (बाङ्ला: সিংড়া) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

सिङ्डा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२४' देखि २४°४१' उत्तर अक्षांश र ८९°०३' देखि ८९°२०' पूर्वी देशान्तरणमा अवस्थित छ। सिङ्डा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५२८.४६ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई नादियाग्राम उपजिल्लाले उत्तर, गुरुदासपुर उपजिल्लाले दक्षिण, शेरपुरतरशा उपजिल्लाले पूर्व, नाटोर, अतराईरानीनगर उपजिल्लाले पश्चिमबाट घेरेको छ। गुमिन र अतराई नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[३]

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३२०८१८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६५६७३ छ भने महिलाको जनसङ्ख्या १५५१४५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २८९१८७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३०८७७ रहेको छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २७५, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४७८ रहेको छ। यस उपजिल्लामा सन्थल जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा ४२३ मस्जिद, ७६ हिन्दु मन्दिर २ गिर्जाघर र ४ चिहानहरू रहेका छन्। सिङ्डा जामे मस्जिद, घासिपिरको चिहान, श्री श्री रराधरमान मन्दिर, देव विगाडा, श्री श्री नारायण विगाडा आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।[४][५]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको ६०.४८% भूभाग खेती योग्य रहेका छन्। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, मकै, तोरी, लसुन आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ।यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, चामल, माछा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १४ माछापालन केन्द्र, ४१ दुग्ध सङ्कलन केन्द्र तथा १०६ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७९.७९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३% मजदुरी, व्यापार र उद्योगमा ०.५३%, वाणिज्यमा ७.९९%, सञ्चार र यातायातमा १.२८%, निर्माण क्षेत्रमा ०.४३%, सुविधा २.९७%, धार्मिक सेवा ०.१८%, वैदेशिक रोजगारी ०.१२% र अन्य ३.७१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय सिङ्डा थानाको स्थापना सन् १८७९ भएको थियो भने सन् २००३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल सिङ्डा उपजिल्लामा १२ सङ्घ परिषद्, ४४८ मौजा/महल्ला र ४३९ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३६.७३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.८४% छ भने महिलाको साक्षरता दर ३१.३०% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, १७ प्राबिधिक विद्यालय १७, ५३ माध्यमिक विद्यालय, २०० प्राथमिक विद्यालय र १२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कालाम डिग्री क्याम्पस, बिलहिल्टी त्री मोहिनी डिग्री क्याम्पस (दाङ्गापाडा), रामत इक्बल डिग्री क्याम्पस, चौग्राम उच्च विद्यालय तथा क्याम्पस(सन् १९१३), सिङ्डा दामडाना विद्यालय तथा क्याम्पस (सन् १९०१), लाहोर उच्च विद्यालय (सन् १९०१), कालाम उच्च विद्याय (सन् १९२४), भुलबाडीया अलहाज स्लामीया दखिल मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৫ জুলাই ২০১৪), "এক নজরে সিংড়া উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "সিংড়া", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ভাষা ও সংস্কৃতি
  4. পটভূমি
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 


बाह्य सूत्रहरू[सम्पादन गर्ने]