नउगाँ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नउगाँ जिल्ला
নওগাঁ জেলা
माथिबाट घडीको दिशातर्फ: बिलिहाल राज दरबार, जोगोडोल बिहार, दुवालहाटी राज दरबार, गाजा समाज कार्यालय, स्मारक मुर्ति
माथिबाट घडीको दिशातर्फ: बिलिहाल राज दरबार, जोगोडोल बिहार, दुवालहाटी राज दरबार, गाजा समाज कार्यालय, स्मारक मुर्ति
बङ्गलादेशको नक्सामा नउगाँ जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा नउगाँ जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५४′N ८८°४५′E / २४.९०°N ८८.७५°E / 24.90; 88.75निर्देशाङ्कहरू: २४°५४′N ८८°४५′E / २४.९०°N ८८.७५°E / 24.90; 88.75
देश बङ्गलादेश
विभागराजशाही
सरकार
 • संसदनउगाँ-१, नउगाँ-२, नउगाँ-३, नउगाँ-४, नउगाँ-५, नउगाँ-६
क्षेत्रफल
 • जम्मा३,४३५.६५ किमी (१३२६.५१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११[१])
 • जम्मा२,६००,१५७
 • घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
६५००
वेबसाइटwww.dcnaogaon.gov.bd

नउगाँ (बङ्गाली: নওগাঁ জেলা) बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा पर्दछ। नउगाँ सहर यस जिल्लाको प्रमुख सहर हो। [२] यो जिल्ला २४°३२' देखि २५°२३' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पूर्व देशान्तरमा अवस्थित छ। नउगाँ जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफलमध्य ३४३५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा राजशाहीनाटोर जिल्ला रहेका छन्। त्यसै गरी यस जिल्लाको पूर्वमा जयपुरहाट, बगुडानाटोर जिल्ला रहेका छन् भने पश्चिममा चाँपाइ नबाबगञ्ज जिल्ला रहेको छ। यस जिल्लाभित्र आत्राई, पुनर्भाह, जमुनाजस्ता नदीहरू रहेका छन्।[३][४][५]


এর উত্তরে ভারতের দক্ষিণ দিনাজপুর, দক্ষিণে বাংলাদেশের নাটোর ও রাজশাহী জেলা, পূর্বে জয়পুরহাট ও বগুড়া জেলা এবং পশ্চিমে ভারতের মালদহ ও বাংলাদেশের চাঁপাইনবাবগঞ্জ জেলা।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्तियुद्ध स्मारक

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४बाट देशव्यापी रूपमा सुरु भएको थियो भने पाकिस्तानी सेनाको एक समूहको सैनिक किल्ला यसै जिल्लामा अवस्थित थियो। सन् १९७१ को अप्रिल महिनामा पाकिस्तानी सेनाले उक्त सैनिक किल्ला वरपरका स्थानहरूमा जस्तैः नियमतपुर र भाविचामा अचानक आक्रमण गरी सर्वसाधारणहरूक‍ो सामूहिक हत्या गरेका थिए भने सेनाले उक्त गाउँका थुप्रै घरहरूमा आगजनी तथा लुटपाट समेत गरेका थिए। साह अजिजुर रहमान र एएनएम सलिक चौधरी सहित बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका ११ लडाकुहरू नियमतपुरको एक प्रहरी चौकीमा घेरा लगाएका थिए जसका कारण त्यहाँ उपस्थित ६ राजाकारले (यसै क्षेत्रमा बसोबास गर्ने उर्दु मातृभाषा भएका बङ्गलादेश विरोधी तथा पाकिस्तानी सेनाका समर्थकहरू) हातहतियारसहित आत्मसमर्पण गरेका थिए। २४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले रानीनगर उपजिल्ला अन्तर्गतको एक गाउँमा आक्रमण गरी ७८ जना सर्वसाधारणहरूको सामूहिक हत्या गरेको थियो। १९७१ अगस्ट महिनामा पाकिस्तानी सेनाले मान्दा उपजिल्ला अन्तर्गत पर्ने पुकारिया गाउँमा अचानक आक्रमण गरी १२८ सर्वसाधारणहरूको हत्या गरी एक ठूलो चिहानमा गाडिदिएका थिए। १४ अगस्ट १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुको सापाहार उपजिल्ला अन्तर्गत हापनिया सडकमा पाकिस्तानी सेना सवार सवारीसाधनमा बम प्रहार गरेका थिए जहाँ ५ सेना मारिएका थिए। उक्त घटनाको फलस्वरूप पाकिस्तानी सेनाले उक्त घटना भएको ठाउँको वरपर रहेका वस्ती तथा गाउँहरूका थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या गरेको थियो। १९ सेप्टेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुबीच प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ केही लडाकुहरू सहिद भएका थिए। १५ अक्टोबरका दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच बदलगाछी उपजिल्ला अन्तर्गत कोला बन्दर भन्ने ठाउँमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ दर्जनौँ पाकिस्तानी सेना सहित दुई लडाकुहरूको मृत्यु भएको थियो। उक्त घटनाको केही दिन पश्चात् पाकिस्तानी सेनाले गदलगाछी उपजिल्लाको मोहनपुर गाउँका ११ सर्वसाधारणहरूको विभत्स हत्या गरेको थियो। पाकिस्तानी सेनाले पछि यस जिल्लाको नितपुर बालियाचन्द पुल र पोरशा उपजिल्लाको गङ्गुडिया क्याम्पसका वरपरको क्षेत्रहरूमा सामूहिक हत्या र आतङ्क मच्चाएका थिए। पाकिस्तानी सेनाले कोला, बन्दरपुर, मिठापुर, भालुबारा जस्ता गाउँहरूमा थुप्रै मानिसको हत्या गरी घरटहरामा पूर्णतया आगजनी समेत गरेका थिए। नउगाँ सदर उपजिल्ला अन्तर्गतको पाहारपुर गाउँमा पनि पाकिस्तानी सेनाले सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। पाकिस्तानी सेनाले १४ सर्वसाधारणहरूलाई धामोइरहाट उपजिल्लामा आगो लगाई हत्या गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुबीच धामोइरहाट उपजिल्लामा युद्ध भएको थियो जहाँ २५ सेना सहित २ बङ्गलादेशी लडाकुको ज्यान गएको थियो। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुबीच रङ्गमाटी, गाङ्रा, कुलफटपुरजस्ता स्थानहरूमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ दुवै पक्षका थुप्रै लडाकुहरूको मृत्यु भएको थियो।[६][७][८]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २३,९१३,५५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२,२८२,५३ छ भने महिलाको जनसङ्ख्या ११,६३१,०२ रहेको छ। यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या २०,६२६,१६ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या २,५६५,९६ छ। यसै गरी बौद्ध धर्मको जनसङ्ख्या १४,३१३, इसाई धर्मको ३३६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५७,४९४ रहेको छ। यस जिल्लामा सन्थल, मुण्डा, अराँव आदि जनजातिहरू बसोबास गर्छन्।[९]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल क्षेत्रफल २५ लाख वर्ग किलोमिटर रहेको छ र यस जिल्लाका लगभग सबै मानिसहरू कृषक छन्। यस जिल्लामा मुख्यतया कोदो, जुट, मकै, उखु, तोरी, गहुँ, आलु, प्याज, भान्टाजस्ता तरकारीहरू उत्पादन हुन्छन्। सन् २००९-१० सम्म यस जिल्लामा १३,५८४,३२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस जिल्लाले हाल धान उत्पादन गर्ने जिल्लाहरूको सूचीमा उच्च स्थानमा पर्दछ र यहाँ धेरै मात्रमा धान कुट्ने मिलहरू रहेका छन्।[१०]

यस जिल्लाको मुख्य आयश्रोतको बाटो भनेको कृषिखेती हो जसमा जिल्लाकै ७४.२९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य पेशा जस्तै २.४५% मजदुरी, व्यापारउद्योगमा १.०३%, वाणिज्यमा ९.८९%, सञ्चारयातायातमा २.७४%, विप्रेषणमा ०.२१%, सरकारी कार्यलयहरूमा ४.४५%, धर्म सेवामा ०.१२% र अन्यमा ४.५२% रहेका छन्।[११]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४४.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४९.४% छ भने महिलाको साक्षरता दर ३९.१% रहेको छ। यस जिल्लामा १ कानुन विषयको क्याम्पस, ४५ क्याम्पस, ५८४ माध्यमिक विद्यालय, १० प्राविधिक विद्यालय, १३४२ प्राथमिक विद्यालय, २२ सामुदायिक विद्यालय, २३ बाल उद्धान केन्द्र र २४४ मदरसाहरू रहेका छन्; यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्;धामोइरहाट एमएम डिग्री क्याम्पस (सन् १९७०), मान्दा मोमिन शाहाना डिग्री क्याम्पस (सन् १९७०), नियमतपुर डिग्री क्याम्पसमा (सन् १९८०), नउगाँ सरकारी क्याम्पस (सन् १९६२), महादेवपुर सरकारी क्याम्पस (सन् १९६७), मोला आजाद स्मारक क्याम्पस (सन् १९६८), नउगाँ सरकारी बिएमसी महिला क्याम्पस (सन् १९७२), शेर-इ-बाङ्ला क्याम्पस (सन् १९७२), बदलगाछी सरकारी क्याम्पसमा (सन् १०७२), सापाहमर सरकारी क्याम्पस (सन् १९७३), दुबालहाटी राजा हरानाथ उच्च विद्यालय (सन् १८६४), नगर कुसुम्बा बहुभाषिक उच्च विद्यालय (सन् १८८२), नउगाँ केडी सरकारी उच्च विद्यालय (सन् १८८४), मियानाम बहुभाषिक उच्च विद्यालय (सन् १८९५), भीमपुर बहुभाषिक उच्च विद्यालय (सन् १९०१), धामोइरहाट सोफिया पाइलट उच्च विद्यालय (सन् १९०४), नउगाँ पिएम उच्च विद्यालय (सन् १९०९), मान्दा एससी पाइलट उच्च विद्यालय (सन् १९१०), कामता एसएन उच्च विद्यालय (सन् १९१३), हामिदपुर जितालाल उच्च विद्यालय (सन् १९२३), चकला बहुभाषिक उच्च विद्यालय (सन् १९१४), नउगाँ जेला विद्यालय (सन् १९१७), कृतिपुर बहुभाषिक उच्च विद्यालय (सन् १९२१), नउगाँ केन्द्रीय कन्या उच्च विद्यालय (सन् १९२६), धामइरहाट सदिक्की फजिल मदरसा (सन् १९७४) आदि।[१२]

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय नउगाँ उपविभाग राजशाही जिल्लाको स्वामित्वमा सन् १८७७ मा स्थापना गरिएको थियो । यस उप-विभागलाई सन् १९८४ मा जिल्ला रूपमा स्थापित गरिएको थियो । यस जिल्लामा हाल ११ वटा उप-जिल्लाहरू रहेका छन् जसमध्ये नियामतपुर सबैभन्दा ठूलो (४४९.१० वर्ग किलोमिटर) उपजिल्ला रूपमा रहेको छ जसले जिल्लाको कुल क्षेत्रफल मध्य १३.०७% ‌ओगटेको छ भने बदलगाछी सबैभन्दा सानो (२१३.९८ वर्ग किलोमिटर) उपजिल्ला हो। नउगाँ जिल्लाका उपजिल्लाहरू यस प्रकार छन् :

  • आत्राइ उपजिल्ला
  • बदलगाछी उपजिल्ला
  • धामोइरहाट उपजिल्ला
  • मान्दा उपजिल्ला
  • महादेवपुर उपजिल्ला
  • नउगाँ सदर उपजिल्ला
  • नियामतपुर उपजिल्ला
  • पत्नीतला उपजिल्ला
  • पारशा उपजिल्ला
  • रानीनगर उपजिल्ला
  • सापाहार उपजिल्ला[१३]

केही प्रसिद्ध स्थलहरू[सम्पादन गर्नुहोस्]

पाहाडपुर[सम्पादन गर्नुहोस्]

पाहाडपुर नउगाँ जिल्लाको जामालगञ्जबाट ५ किलोमिटर पश्चिममा पर्ने एउटा सानो गाउँ हो जहाँ सोमापुरा महाविहार मठका अवशेषहरू उत्खनन गरिएको थियो। सातौँ शताब्दीको यस पुरातात्विक खोजले लगभग २ एकड (११०,००० वर्ग किलोमिटर) जग्गा क्षेत्र ओगटेको छ। यस ठाउँ वरपर पनइएका अवशेषहरूले चतुर्भुज आकार ओगटेको छ भने यसको सम्पूर्ण स्थानहरू ९०० फिट (२७० मिटर) भन्दा बढी मापन गरिएको छ भने यसको उचाई १२ देखि १५ फिट (३.७ देखि ४.६ मिटर) रहेको छ। उत्तरमा विस्तृत प्रवेश द्वार साथ त्यहाँ उत्तरमा ४५ कक्षहरू छन् र अन्य तीन पक्षमा प्रत्येक ४४ ४४, कुल १७७ कोठाहरू रहेका छन्। पिरामिडल मन्दिरको वास्तुकला दक्षिण-पूर्वी एसिया, विशेष गरी म्यानमार र जावाबाट प्रभावित छ। यस ठाउँ विशेषगरी अग्लो भएका कारण यस ठाउँको नाम अग्लो पहाडबाट राखिएको हो। [१४]

यस पुरातात्त्विक सम्पदालाई हालै सङ्गहालय बनाइएको छ। यस क्षेत्रबाट उत्खनन तथा पत्ता लागेका सामग्रीहरूले यस सङ्ग्रहालयको शोभा बढाएको छ। उत्खनन गरिएका सामग्रीहरू राजशाही स्थित विरेन्द्र अनुसन्धान सङ्ग्रहालयमा पनि सुरक्षित राखिएको छ।सङ्ग्रहालयको पुरातन वस्तुमा टेराकोटा पट्टिका, विभिन्न देवीदेवताहरूको चित्र, माटोको वस्तु, सिक्का शिलालेख, सजावटी इट्टा, र अन्य माटोका वस्तुहरू सामेल छन्।

सोमापुरा महाविहारको ९ माइल पश्चिम-दक्षिण पश्चिममा हल्द विहारको पुरातात्विक क्षेत्र हो जुन अस्थायी रूपमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ।[१५]

कुसुम्बा मस्जिद[सम्पादन गर्नुहोस्]

कुमुम्बा शाही मस्जिदको एक तस्वीर

कुसुम्बा शाही मस्जिद (बङ्गाली: কুসুম্বা শাহী মসজিদ) बङ्गलादेशको नउगाँ जिल्ला अन्तर्गतको उपजिल्ला मान्दामा अवस्थित छ। यो मस्जिद आत्राइ नदिको पश्चिम किनारमा रहेको छ। यस मस्जिदको स्थापना सन् १५५८-५९ मा भएको थियो।

कुसुम्बा मस्जिदको नाम कुसुम्बा गाउँबाट साभार गरिएको हो। यस मस्जिदलाई बङ्गलादेशमा अफगान शासनको समयमा सुलेमान नामको उच्च पदका अधिकारीले निर्माण गरेका थिए। यो अन्तिम सूरी शासकहरू मध्ये एकको अन्तर्गत गरिएको थियो। यस मस्जिद बनाउने नाम घियसुद्दीन बहादुर शाह थिए। यद्यपि यो मस्जिद सुरी शासन अन्तर्गत निर्माण गरिएको थियो। यस मस्जिदमा प्रयोग भएका वास्तुगत ढाँचा उत्तर भारतको पहिलेको सुरी वास्तुकलाबाट प्रभावित नभई छुट्टै प्रकारको थियो। यस मस्जिदलाई बाङ्ला शैलीमा निर्माण गरिएको थियो। पूर्वी केन्द्रीय प्रवेशद्वारमा रहेको शिलालेखले मस्जिदको निर्माणको सन् १५५८-५९ मा भएको भनि उल्लेख गरेको छ।[१६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सन् २०११ राष्ट्रिय जनगणना", बिबिएस डट जिओभी डट बिडी, २१ जुन २०१४। [dead link]
  2. "नउगाँ जिल्लाको जानकारी", बाङ्लापिडिया। 
  3. "नउगाँ जिल्लामा रहेका नदीहरू", माई नउगाँ। 
  4. "नउगाँ जिल्लाको नक्सा", म्याप्स। 
  5. "नउगाँ जिल्लादेखि ढाका सम्म", शोहोज। 
  6. "नउगाँ जिल्लामा रहेका बङ्गलादेश मुक्ति युद्ध पनि बनाइएका सहिद स्मारक तथा ऐतिहासिक भवनहरू", टुरिष्ट प्लेसेस।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२८ मिति
  7. "नउगाँ जिल्लाको पूर्ण जानकारी", आसाम इन्फो। 
  8. "नउगाँ जिल्लाको इतिहास", नउगाँ डिस्ट्रिक इन्फर्मेसन। 
  9. "नउगाँ जिल्लाको आधिकारिक वेबसाइट", नउगाँ डट जिओभी डट बिडी। 
  10. "नउगाँ जिल्लाको जानकारी", विकि भिजुवल। 
  11. "नउगाँ जिल्लामा कृषि", नउगाँ डटनेट।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२८ मिति
  12. "नउगाँ जिल्लामा रहेका शिक्षण संस्थाहरू", गोभरिजल्ट डटबिडी।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२७ मिति
  13. "नउगाँ जिल्लामा रहेका उपजिल्ला तथा गाउँहरू", काबिरहाट। 
  14. "नउगाँ जिल्ला सम्बन्धित श्रव्य दृश्यहरू", युट्युब। 
  15. "नउगाँ मा रहेका केही पर्यटकीय स्थलहरू", द बङ्गलादेश।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२७ मिति
  16. "नउगाँ जिल्ला", नउगाँ। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]