नाटोर जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नाटोर
নাটোর
—  जिल्ला  —
Natore Uttara GanoBhaban1 (Prime Minister's Residence).JPG


बङ्गलादेशको नक्शामा नाटोरको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग राजशाही
सरकार
 - सङ्घीय पिरिसद नाटोर-१, नाटोर-२, नाटोर-३, नाटोर-४
क्षेत्रफल
 - जम्मा १,९००.१९ किमी (७३३.७ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा १,७०६,६७३
 जनघनत्व ८९८.२/किमी (२,३२६.२/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी समय (युटिसी+६)
हुलाक कोड ६४००

नाटोर (बङ्गाली: নাটোর) बङ्गलादेशको राजशाही विभागमा रहेको एक जिल्ला हो । [१]

भूगोल[सम्पादन गर्ने]

नाटोर बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो र यो जिल्ला २४°२५' देखि २४°५८' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पुर्व देशान्तरणमा अवस्थित छ । नाटोर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८९६.०५ वर्ग किलोमिटर अोगटेको छ । यस जिल्लालाई बोगडा र नउगँ जिल्लाले उत्तरबाट घेरेको छ भने यस जिल्ला दक्षिणमा पाबना र कुष्टिया जिल्ला रहेका छन् । त्यस्तै गरि यस जिल्लाको पुर्वमा पाबना र शिराजगञ्ज जिल्ला रहेका छन् भने पश्चिममा राजशाही जिल्ला रहेको छ । यस जिल्ला पद्मा, बरल, नगर अादि नदिहरू रहेका छन् ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या ६,९८४,४७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ३,५३२,०१ छ भने महिलाको जनसङ्ख्या ३,४५२,४६ रहेको छ । यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ । धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या ५,४९७,०२ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या १,४८३,३९ छ । त्यस्तै गरि बुद्ध धर्मको जनसङ्ख्या १८६, इसाई धर्मको २१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १९९ रहेको छ । यस जिल्लामा हाल १९६१ वटा मस्जिद, २१८ वटा मन्दिर, १२ चर्च र ६ चिहानहरू रहेका छन् । यस जिल्लामा सन्तल, मुन्डा,अोरान, मुसहर अादि जनजातिहरू रहेका छन् ।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ७०.५९% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.०१% मजदुरी, व्यापार र उद्योगमा ५.०२%, वाणिज्यमा १०%, सञ्चार र यातायातमा २.७४%, रेमिटेन्समा ०.२१%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.१२% र अन्यमा ११.३८% रहेका छन् ।

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४१.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४५.५% छ भने महिलाको साक्षरता दर ३७.४% रहेको छ । यस जिल्लामा ५९ क्याम्पस, २७४ माध्यमिक विद्यालय, १० प्राविधिक विद्यालय, ७०१ प्राथमिक विद्यालय, १० सामुदायिक विद्यालयहरू रहेका छन् जसमध्ये-कलाम डिग्री क्याम्पस, लालपुर क्याम्पस, गोपालपुर डिग्री क्याम्पस, राहमत एकबल डिग्री कलेज, लालोर उच्च माध्यमिक विद्यालय, सेन्ट लुईस उच्च विद्यालय अादि यहाँका उत्कृष्ट विद्यालयका उदाहरण हुन् ।

प्रशासन[सम्पादन गर्ने]

प्रशासनिक नटोर उप-विभाग सन् १८४५ मा राजशाही जिल्लाको अधिनमा स्थापित गरिएको थियो र सन् १८६९ मा नगरपालिका निगममा पदोन्नति गरिएको थियोे । यस उप-विभागलाई सन् १९८४ मा जिल्लामा रुपान्तरण गरिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "नाटोर जिल्लाको जानकारी", बङ्गलापिडिया, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]