विप्रेषण
सामान्यतया कुनै एक स्थानबाट कुनै पनि प्रयोजनको लागि अर्को स्थानसम्म पैसा पठाउने कार्यलाई विप्रेषण भनिन्छ । विप्रेषण अथवा रेमिट्यान्स (अङ्ग्रेजी: Remittance) वाह्य देश मा कार्यरत नागरिकद्वारा आफ्नो देशमा प्रवाह हुने पुँजी, नगद वा वीत्त हो। जब आप्रवासीहरूले आफ्नो कमाईको हिस्सा घरमा नगद वा सामानको रूपमा परिवारलाई पठाउँछन् त्यसलाई रेमिट्यान्स भनेर चिनिन्छ। विगत केही वर्षमा विप्रेषण द्रुत गतिमा बढ्दै गएको छ [स्रोत नखुलेको] र अहिले धेरै विकासोन्मुख देशहरूको लागि विदेशी आम्दानीको सबैभन्दा ठूलो स्रोत प्रतिनिधित्व गर्दछ। कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह कुल घरेलु उत्पादनको ६ प्रतिशत छ।[१]
सन् २०१८ मा आप्रवासी कामदारहरूबाट गरिब र विकासशील देशहरूमा करिब ५२९ अर्ब डलरको पैसा हस्तान्तरण भएको थियो जुन २०१७ भन्दा ९.६ प्रतिशतले वृद्धि भएको हो।[२]
रेमिट्यान्स सीधा व्यक्तिहरूको हातमा प्रवाह हुन्छन् जसलाई सबैभन्दा बढी आवश्यक हुन्छ । प्राय: घर, शिक्षा र स्वास्थ्यमा खर्च साथै साना व्यवसायहरूमा खर्च गरिन्छ। स्वस्थ र उत्तम शिक्षित व्यक्तिहरूले समग्रमा समाज र अर्थतन्त्रलाई फाइदा पुर्याउँछन्। विप्रेषणको नकारात्मक पक्ष पनि छ। यसले देशहरूलाई वैश्विक र क्षेत्रीय आर्थिक संकटको लागि बढी जोखिमपूर्ण बनाउँदछ र आत्मनिर्भरता घटाउँदा छ। जब औपचारिक वित्तीय प्रणालीको माध्यमबाट पैसा प्रवाह तबा ठूलो रकम देशमा अनियमित र असुरक्षित रूपमा भित्रिन्छ।[३]
धेरै विप्रेषण भित्राउने देश
[सम्पादन]| Country | २०१२ | २०१३ | २०१४ | २०१५ | २०१६ | २०१७ |
|---|---|---|---|---|---|---|
| ६८.८२ | ६९.९६ | ७०.९७ | ७२.२० | ६२.७ | ६९ | |
| ५७.९९ | ५९.४९ | ६१.४९ | ६३.९० | ६१.० | ६४ | |
| २४.६१ | २६.७ | २७.९० | २९.८० | २९.९ | ३३ | |
| २३.३७ | २३.०२ | २४.५० | २५.७० | २८.५ | ३१ | |
| २०.६३ | २०.८९ | २०.८८ | २०.८९ | १९.० | २२ | |
| १४.०१ | १४.६३ | १७.८० | २०.१० | १९.८ | २० | |
| १९.२४ | १७.८३ | १९.८३ | २०.४० | १६.६ | २० | |
| १०.०० | ११.०० | ११.८० | १२.३० | १३.४ | १४ | |
| १४.२४ | १३.८६ | १५.१० | १५.८० | १३.७ | १३ | |
| ५.८८ | ६.०१ | ५.२९ | ५.८ | ६.४० | ६.६८ |
सन्दर्भ सामग्री
[सम्पादन]- ↑ "Remittances: Funds for the Folks Back Home", अन्तर्राष्ट्रिय मौद्रिक कोष, अन्तिम पहुँच नोभेम्बर ७, २०१९।
- ↑ "Remittance inflows: Benefits outweigh costs", जून ४, २०१९, अन्तिम पहुँच नोभेम्बर १३, २०१९।
- ↑ "Remittances: An Economic Boost with Pitfalls", एसियाली विकास बैङ्क, मार्च ९, २०१९, अन्तिम पहुँच नोभेम्बर १४, २०१९।
- ↑ "Prospects - Migration & Remittances Data", मूलबाट २०१८-०४-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१८।अभिलेखिकरण २०१८-०४-२६ वेब्याक मेसिन
- ↑ "Remittances Data", अन्तिम पहुँच १२ Jan २०१६।