कुष्टिया जिल्ला
कुष्टिया কুষ্টিয়া |
|
---|---|
— जिल्ला — | |
![]()
| |
बङ्गलादेशको नक्शामा कुष्टियाको अवस्थिति | |
देश | ![]() |
विभाग | खुल्ना |
क्षेत्रफल | |
- जम्मा | १,६०८.८० किमी२ (६२१.२ वर्ग मी) |
जनसङ्ख्या (२०११) | |
- जम्मा | १,९४६,८३८ |
- जनघनत्व | १,२१०.१/किमी२ (३,१३४.२/वर्ग मी) |
समय क्षेत्र | बङ्गलादेशी समय (युटिसी+६) |
हुलाक कोड | ७००० |
कुष्टिया जिल्ला (बङ्गाली: কুষ্টিয়া জেলা) बङ्गलादेशको खल्ना विभागमा रहेको एक जिल्ला हो । भारतको विभाजन पछि कुष्टिया एक छुट्टै जिल्लाको रूपमा अस्तित्व अाएको थियो । त्यहाँ भन्दा पहिला कुष्टिया ब्रिटिश भारतको बङ्गाल प्रान्तको अधीनमा रहेको नैडिया जिल्लाको एक भाग थियो । कुष्टिया धेरै विश्व प्रसिद्ध व्यक्तिहरुको प्राचीन भूमि रहेको छ जस्तै रविन्दनाथ टेगोर, लालन फकीर, एस.आई टुटल आदि ।
भूगोल[सम्पादन गर्ने]
कुष्टिया जिल्ला २३°४२' देखि २४°१२' उत्तर अक्षांश र ८८°४२' देखि ८९°२२' देशास्तरणमा अवस्थित छ । यो जिल्ला कुल क्षेत्रफल १६२१.१५ वर्ग किलोमिटर रहेको छ । यस जिल्लालाई राजशाहि, नटोर र पाब्ना जिल्लाले उत्तरबाट घेरेको छ भने झिनाइदह र चौगङ्गा जिल्लाले दक्षिणबाट घेरेको छ त्यस्तै गरि राजवरी जिल्ला पुर्वमा र भारतको पश्चिम बङ्गाल र मेहरपुर जिल्लाले पश्चिमबाट घेरेको छ । यस जिल्ला पद्मा, कुमार, गराइ जस्ता देशकै प्रमुख नदिहरू पनि रहेका छन् । यस जिल्लाको औसत उच्च तापमान ३७.८ डिग्री मापन गरिएको छ भने न्युनतम तापक्रम ९.२ डिग्री मापन गरिएको छ । यस जिल्ला वार्षिक वर्षाको औसत १,४६७ मिलिमिटर हुने गरेको छ । [१]
जनसङ्ख्या[सम्पादन गर्ने]
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १९,४६८,३८ जसमध्ये पुरुषको जनसङ्ख्या ५०.८६% छ भने महिलाको जनसङ्ख्या ४९.१४% रहेको छ । धर्मका अाधारमा यस जिल्ला कुल जनसङ्ख्या मध्ये ९५.७२% मुस्लिम हुन् भने ४.२२% हिन्दु धर्मका छन् धने बाँकि रहेको जनसङ्ख्या विभिन्न धर्मका हुन् । यस जिल्लामा कुल ३५८७ मस्जिद छ भने १८५ मन्दिर र ३२ चर्चहरू रहेका छन् ।
प्रशासनिक विभाजनहरू[सम्पादन गर्ने]
कुष्टिया जिल्ला सन् १९४७ मा भारतको विभाजन पछि वनाइएको थियो जसको सुरुवाती क्रममा कुष्टिया, चौगंगा र मेयरपुर उप-विभागहरू सामेल थिय । यी सबै उप-विभागहरू पछि प्रत्येक जिल्लाको रुपमा परिवर्तन भएका थिए । यस जिल्लामा रहेका उप-जिल्लाहरू यस प्रकार छन्:
- भेडामारा उप-जिल्ला
- दौलतपुर उप-जिल्ला
- खोकसा उप-जिल्ला
- कुमारखाली उप-जिल्ला
- कुष्टिया सदर उप-जिल्ला
- मिरपुर उप-जिल्ला
अर्थतन्त्र[सम्पादन गर्ने]
यस क्षेत्रमा उब्जनी गर्न योग्य भूमिहरू रहेका छन् । यस जिल्लामा प्रचुर मात्रामा जुल खेती हुने भएकाले यस जिल्ला नाम कुष्टिया हुन् पुगेको हो जसको अर्थ बङ्गाली भाषामा जुट हुने गर्छ । यस क्षेत्रमा धेरै धान मिलहरु पनि रहेका छन् । कुष्टियामा अन्य थुप्रै औद्योगिक कारखानाहरू स्थापित भएका छन् जसमध्ये यहाँ सबैभन्दा धेरै खैनी र सुर्तीजन्य कारखानाहरू छन् । तिनीहरूमध्ये नासिर तम्बाकु लिमिटेड र ब्रिटिश-अमेरिकी तमाबाकु उल्लेखनीय छन् । यस जिल्लाको कुमारखेल अपजिलामा उच्च गुणस्तरको वस्त्र प्रसोधन र सालाइने गरिएको छ । यहाँ उत्पादन गरिएका खाद्य तथा अखाद्य बस्तुहरू देशको सीमाभन्दा बाहिर निर्यात पनि गरिएको छ ।
यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ५१.७१% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.४८% मजदुरी, व्यापारमा ३.९९%, वाणिाज्यमा १७.६१%, संचार र यातायातमा ४.०३%, सरकारी कार्यलयहरूमा ७.३२% , धर्म सेवामा ०.१५% र अन्यमा ७.६७% रहेका छन् ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "कुष्टिया जिल्लाको जानकारी", बङ्गलापिडिया।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कुष्टिया जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |