सामग्रीमा जानुहोस्

खुलना विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खुलना विभाग
খুলনা বিভাগ
विभाग
बङ्गलादेशको नक्शामा खुलना विभागको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा खुलना विभागको अवस्थिति
निर्देशाङ्क: २२°५५′उ ८९°१५′पू / 22.917°N 89.250°E / 22.917; 89.250
देश बङ्गलादेश
स्थापनासन् १९६०
सदरमुकामखुलना
क्षेत्रफल
  जम्मा२२,२८४.२२ किमी (८६०३.९९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
  जम्मा१५,६८७,७५९
  घनत्व७००/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
मानव विकास सूचकाङ्क (सन् २०१७)०.६२०[]
मध्यम
खेलकुद टोलीहरूखुलना टिटान्स, खुलना क्रिकेट टोली
वेबसाइटkhulna.gov.bd

खुलना (बङ्गाली: খুলনা বিভাগ) बङ्गलादेशको आठ विभाग मध्ये एक विभाग हो। यस विभाग बङ्गलादेशको मध्ये पश्चिम भागमा अवस्थित छ। यस विभागको कुल क्षेत्रफल २२२८५ वर्ग किलोमिटर छ भने सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस विभागको कुल जनसङ्ख्या १५५६३००० रहेको छ। राजशाही विभागमा हाल १० जिल्लाहरू छन् जसका ५९ उपजिल्लाहरू रहेका छन्। खुलना विभागको राजधानी खुलना सहर हो।[][]

खुलना विभाग बङ्गलादेशको मध्ये पश्चिम भागमा पर्छ भने यो विभाग २१°६०' देखि २४°१३' उत्तर अक्षांश र ८८°३४' देखि ८९°५८' पूर्वी देशान्तरमा अवस्थित छ। खुलना विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २१६४३.३० वर्ग किलोमिटर ओगटेको छ। यस विभागलाई राजशाही, नाटोरपाबना जिल्लाले उत्तर, बङ्गालको खाडीले दक्षिण, राजबाडी, फरिदपुर, गोपालगञ्ज, पिरोजपुरबरगुना जिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। यस विभागमा दक्षिण भूभागमा सुन्दरबन अवस्थित छ जुन सतखिरा, खुलना र बागेरहाट जिल्लामा फैलिएको छ। जमुना, पद्मा, घोराई-मधुमती, इचामती, भैरव, हरिणघाट, बलेश्वरी, कुमार, रुप्सा-पसुर आदि यस विभागका प्रमुख नदिहरू हुन्। यस विभागमा बङ्गालको खाडीमा रहेका केही टापूहरू पनि समावेश छन्।

विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या १४७०५२२९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५१.०५% छ भने महिलाको जनसङ्ख्या ४८.९५% रहेको छ। धर्मका आधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८२.८७% छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६.४५% छ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ०.६८% रहेको छ। यस विभागको जनघनत्व ७०० मानिस प्रति किलोमिटर छ। यस विभागमा २०७३७ मस्जिद, २०५९ मन्दिर, ४७ गिर्जाघर, ७८ चिहानहरू रहेका छन्।

यस विभागको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५६.५६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.०४% मजदुरी, व्यापार र उद्योगमा १.७२%, वाणिज्यमा १५.२०%, सञ्चार र यातायातमा ३.४७%, रेमिटेन्समा ०.५%, निर्माण क्षेत्रमा ४.०९%, सुविधा ४.७७%, धार्मिक सेवा ०.५१% र अन्य ९.१४% रहेका छन्।

प्रशासकीय खुलना विभागको स्थापना सन् १९६० मा भएको थियो। खुलना पुरवसभाको स्थापना भने १२ डिसेम्बर १८८४ मा भएको थियो।[] यसलाई १२ डिसेम्बर १९८४ मा नगरपालिका निगममा परिणत गरिएको थियो। खुलना सहर निगमको भने ६ अगष्ट १९९० मा घोषणा गरिएको थियो।[]

ক্রমজেলাপ্রশাসনিক
কেন্দ্র
এলাকা
কিমিবর্গ.
জনসংখ্যা
১৯৯১ আদমশুমারী
জনসংখ্যা
২০০১ আদমশুমারী
জনসংখ্যা
২০১১ আদমশুমারী <
কুষ্টিয়া জেলাকুষ্টিয়া জেলা১,৬০৮.৮০১,২০২,১২৬১,৭৪০,১৫৫১,৯৪৬,৮৩৮
খুলনা জেলাখুলনা৪,৩৯৪.৪৫২,০১০,৬৪৩২,৩৭৮,৯৭১২,৩১৮,৫২৭
চুয়াডাঙ্গা জেলাচুয়াডাঙ্গা জেলা১,১৭৪.১০৮০৭,১৬৪১,০০৭,১৩০১,১২৯,০১৫
ঝিনাইদহ জেলাঝিনাইদহ জেলা১,৯৬৪.৭৭১,৩৬১,২৮০১,৫৭৯,৪৯০১,৭৭১,৩০৪
নড়াইল জেলানড়াইল জেলা৯৬৭.৯৯৬৫৫,৭২০৬৯৮,৪৪৭৭২১,৬৬৮
বাগেরহাট জেলাবাগেরহাট জেলা৩,৯৫৯.১১১,৪৩১,৩২২১,৫৪৯,০৩১১,৪৭৬,০৯০
মাগুরা জেলামাগুরা জেলা১,০৩৯.১০৭২৪,০২৭৮২৪,৩১১৯১৮,৪১৯
মেহেরপুর জেলামেহেরপুর জেলা৭৫১.৬২৪৯১,৯১৭৫৯১,৪৩০৬৫৫,৩৯২
যশোর জেলাযশোর জেলা২,৬০৬.৯৪২,১০৬,৯৯৬২,৪৭১,৫৫৪২,৭৬৪,৫৪৭
১০সাতক্ষীরা জেলাসাতক্ষীরা জেলা৩,৮১৭.২৯১,৫৯৭,১৭৮১,৮৬৪,৭০৪১,৯৮৫,৯৫৯
মোট১০১০২২,২৮৪.২২১২,৬৮৮,৩৮৩২১৪,৭০৫,২২৩১৫,৬৮৭,৭৫৯

यस विभागको कुल साक्षरता दर ४६.९४% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५०.८७% छ भने महिलाको साक्षरता दर ४२.८०% रहेको छ। यस विभागमा ७ विश्वविद्यालय, ३१० क्याम्पस, २ मेडिकल क्याम्पस, ४ कानुन क्याम्पस, १४ शिक्षण शिक्षण संस्था, १९८४ माध्यमिक विद्यालय, १९११२ प्राथमिक विद्यालय, ७७ बाल उद्धान केन्द्र, २०४१ मदरसा र १२० अन्य शिक्षण संस्थाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; खुलना विश्वविद्यालय, खुलना प्राबिधिक तथा इञ्जिनियरिङ विश्वविद्यालय, खुलना मेडिकल क्याम्पस, ब्रजलाल क्याम्पस, खुलना क्याम्पस, एमए मजिद क्याम्पस, एमएम क्याम्पस, झिनाइदह सैनिक क्याम्पस, माइकल मधुसूदन विश्वविद्यालय क्याम्पस, जसोर जिला विद्यालय (सन् १८३८), मगुरा सरकारी उच्च विद्यालय, नाडाइल उच्च विद्यालय (सन् १८५४), नालदह माध्यमिक विद्यालय (सन् १८९५), बाराइपारा प्राथमिक विद्यालय (सन् १८५०), अङ्गारा सरकारी प्राथमिक विद्यालय (सन् १९१८), परागपुर सरकारी प्राथमिक विद्यालय (सन् १९०५), सहिद मजिदिया अलिय मदरसा (सन् १९५०), आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१३
  2. Marshall Cavendish Corporation (२००७), "World and Its Peoples: Eastern and Southern Asia", Marshall Cavendish, पृ: 491, आइएसबिएन 9780761476313
  3. Girard, Luigi Fusco (२००३), "The Human Sustainable City: Challenges and Perspectives from the Habitat Agenda", Ashgate Publishing, Ltd, पृ: 298, आइएसबिएन 9780754609452
  4. সাজাহান মিয়া (सन् २०१२), "खुलना विभाग", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, २०१६-०३-०४-को मूल सङ्ग्रहित|archiveurl= |url= आवश्यक (सहायता)
  5. ১৯৯১, ২০০১ এবং ২০১১ সালের আদমশুমারির পরিসংখ্যান বাংলাদেশ পরিসংখ্যান ব্যুরো, জনসংখ্যা শুমার উইংয়ের। ২০১১ সালের আদমশুমারির পরিসংখ্যান প্রাথমিক ফলাফলের ভিত্তিতে

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]