खुल्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खुल्ना
খুলনা
शहर
माथि बाट: क्षितिजको स्पर्श सँगै खुल्ना सहर, गोलाम्यारी म्याट्रिस् मोमोरीयल, खुल्ना युनिभर्सिटी अफ इन्जिनियररिङ एण्ड टेक्नोलोजी,
खुल्ना विश्वविद्यालय, खुल्ना मेडिकल कलेज, खुल्ना नगर भवन
देश बङ्गलादेश
विभागखुल्ना विभाग
जिल्लाखुल्ना जिल्ला
महानगरीय काउन्सिल:१२ डिसेम्बर १८८४
महानगरीय निगम:१२ डिसेम्बर १९८४
सहर निगम:६ अगस्ट १९९०
सरकार
 • प्रकारसहर निगम
 • अङ्गखुल्ना सहर निगम
 • मेयरटलुक्दर अब्दुल खालेक्यु
क्षेत्रफल
 • शहर५९.५७ किमी (२३�०० वर्ग माइल)
उन्नतांश
९ मिटर (३० फिट)
जनसङ्ख्या
 (२०१५)
 • शहर६६३३४२
 • महानगर
१०२२०००
वासिन्दाखुल्नीया
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेश समय)
हुलाक कोड
खुल्ना जीपिओ ९००० तथा खुल्ना प्रमुख कार्यलय ९१००
सम्पर्क कोड+८८० (०)४१
भाषाबङ्गाली
प्रहरीखुल्ना महानगरीय प्रहरी
विमानस्थलखान जन अलि विमानस्थल
साक्षरता प्रतिशत५९.१%[२]
वेबसाइटkhulnacity.org

खुल्ला (बङ्गाली: খুলনা [ˈkʰulna]) बङ्गलादेशको सर्वाधिक तेस्रो ठूलो सहर हो [३] भने यो सहर खुल्ना जिल्ला तथा खुल्ना विभागमा अवस्थित रहेको छ । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार खुल्ना सहरको जम्मा जनसङ्ख्या ६६३,३४२ रहेको थियो ।

खुल्ना सहर एक अत्यधिक पुरानो नदीय बन्दरगाहसँगै रहेको । यो सहर रूप्सा नदि तथा भैरभ नदिको किनारमा अवस्थित रहेको छ । बङ्गलादेशकै सर्वाधिक ठुला तथा चर्चित उद्योगहरू समेत यो सहरमा रहेको छ । जसको एक उदाहरण बङ्गलादेश दोस्रो ठूलो उद्योग पोर्ट अफ मोङ्ला हो ।

विश्वस्तरीय ठूलो सामुन्द्रिक जङ्गल पनि खुल्नामा रहेको छ । जुन जङ्गल बङ्गाली बाधको लागि प्रसिद्ध रहेको छ । अथवा उक्त जङ्गललाई बङ्गाली बाधहरूको मुख्य वासस्थानको रूपमा लिइने गरिन्छ त्यसैले त्यो सामुन्द्रिक जङ्गललाई बङ्गाली बाधहरूको घर पनि भन्ने गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

खुल्ना सहर प्राचीनकालीन राज्यहरू भन्गा राज्य तथा समतता राज्यको एउटा भाग हो।१२ औँ शताब्दीमा यो स्थानलाई जलादब्द प्रदेशका नामबाट चिनिले गरिन्थ्यो।

यस्तै १४ औँ शताब्दीमा यस राज्यमा सम्सुलिन फिरोज शाह आएर राजकीय शासन चलाएका थिए।उक्त समयमा यो ठाउँमा मुस्लिम शासन स्थापना भएको थियो।अझ मुस्लिम शासन व्यवस्थालाई विस्तार गरेका थिए।

यातायात[सम्पादन गर्नुहोस्]

सडक[सम्पादन गर्नुहोस्]

रिक्साहरू यस शहरमा सबैभन्दा धेरै प्रयोग गरिने भएकाले यस शहरको प्रमुख सडक यातायातका रूपमा रिक्सालाई लिन सकिन्छ । जसलाई प्राय मानिसहरूले छोटो यात्राको लागि प्रयोग गर्ने गर्छ छन् ।

रेलवे[सम्पादन गर्नुहोस्]

हवाई[सम्पादन गर्नुहोस्]

यो खुल्ना सहरमा खान जहान अलि विमानस्थल रहेको छ । यो विमानस्थल सहरको केन्द्र देखि उत्तर तर्फ करिब ७१ किलोमिटर परको दुरीमा रहेको छ । यस क्षेत्रमा यो मात्र एउटा विमान स्थाल हो ।

शिक्षा[सम्पादन गर्नुहोस्]

विद्यालयहरू[सम्पादन गर्नुहोस्]

खुल्ना सहरमा भएका केही स्कुलहरू

  • फुलबारी आदर्श सेकेन्डरी स्कुल(फुलबारी गेट)
  • खुल्ना बिधुत केन्द्र हाइ स्कुल
  • आरआरएफ सेकेन्डरी स्कुल,खुल्ना
  • खुल्ना जिल्ला स्कुल
  • मोडल हाइ स्कुल
  • रोटरी स्कुल
  • फेट्मा गर्ल स्कुल
  • बङ्गलादेश नाभि स्कुल एन्ड कलेज
  • इस्लामबाद कलेगेट स्कुल
  • सन्फ्लाओर नर्सरी स्कुल
  • अक्सफोर्ड इन्टरनेसनल स्कुल,खुल्ना

स्वास्थ[सम्पादन गर्नुहोस्]

खेलकुद[सम्पादन गर्नुहोस्]

क्रिकेट र फुटबल दुई खेल खुल्नाको सर्वाधिक चर्चित तथा लोकप्रिय खेलहरू मध्ये हुन्।खुल्ना डिभिजन क्रिकेट टिम खुल्नाको एक पहिलो स्तरको क्रिकेट टिम हो।जुन टिमले खुल्ना सहरको प्रतिनिधित्व गर्दै बङ्गलादेशको घरेलु क्रिकेट टि-२० लिग बङ्गलादेश प्रिमियर लिगमा सहभागीता जनाउने गर्दछ।पहिले खुल्ना टाइटान्स नामबाट चिनिने क्लबको नाम अचेल खेल्ना रोयल्स बङ्गालबाट बङ्गलादेश प्रिमियरमा सहभागीता जनाउने गर्दछ।

शेइख अबु नसीर रंगशाला खुल्ना सहरको एक मात्र अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला हो।यो रंगशालामा घरेलु क्रिकेट प्रतियोगिताहरू हुने गर्दछ।यस्तै अन्तर्राष्ट्रियस्तरकै टेस्ट क्रिकेट,एक दिवसीय क्रिकेट र टी-२० क्रिकेटका खेलहरू पनि यो रंगशालामा हुन् गर्दछ।२०१२ नोभेम्बर २१ सम्म यो रंगशालामा ७ वटा टेस्ट क्रिकेटको खेलहरू भएको थियो।यो सँगै बङ्गलादेश प्रिमियर लिगका खेलहरू पनि यो रंगशालामा सञ्चालन हुने गर्दछन्।[४]

मिडिया[सम्पादन गर्नुहोस्]

पत्रपत्रिका:

  • पूर्वाञ्चल द‌निक(The Daily Purbanchal)
  • जन्मभूमि दैनिक(The Daily JanmabhumI)
  • सोमोयर खबर दैनिक(The Daily Shomoyer Khobor)
  • प्रवहा दैनिक(The Daily Probah)
  • त्रीभुन दैनिक (अंग्रेजी) (The Daily Tribune(English)
  • khulnainfo.com वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-०९ मिति etc.

रेडियो स्टेसन:

पर्यटन[सम्पादन गर्नुहोस्]

  • सन्दरब्यान्स: सन्दरब्यान्स बङ्गलादेशको उत्तरपूर्वीय भागमा अवस्थित रहेको छ।भने यो ठाउँ बङ्गलादेशको खुल्ना जिल्लामा रहेको छ।युनेस्कोबाट विश्व सम्पदाहरूको सुचीमा सुचीकृत यो सम्पदा खुल्नाको पर्यटक स्थलहरू मध्ये एक हो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बङ्गलादेश राष्ट्रिय जनगणना अनुसारको जनसङ्ख्या", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग। 
  2. "खुल्ना शहरको तथ्याङ्क बङ्गलापिडियामा", बङ्गलापिडिया। 
  3. बङ्गलादेशका ठूला शहरहरू
  4. "BPL 2013 to kick off on January 17", ESPN Cricinfo, ११ अक्टोबर २०१२, अन्तिम पहुँच ३१ अक्टोबर २०१२ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]