राजशाही जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राशाही जिल्ला
রাজশাহী জেলা
बाङ्लादेशको नक्शामा राजशाही जिल्लाको अवस्थितिको अवस्थिति
बाङ्लादेशको नक्शामा राजशाही जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°२४′N ८८°३०′E / २४.४०°N ८८.५०°E / 24.40; 88.50निर्देशाङ्कहरू: २४°२४′N ८८°३०′E / २४.४०°N ८८.५०°E / 24.40; 88.50
देश बङ्गलादेश
विभागराजशाही विभाग
सरकार
 • जातीय संसदराजशाही-१, राजशाही-२, राजशाही-३, राजशाही-४, राजशाही-१, राजशाही-६
क्षेत्रफल
 • जम्मा२,४०७.०१ किमी (९२९.३५ वर्ग माइल)
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)

राजशाही (बङ्गाली: রাজশাহী জেলা) बङ्गलादेशको मध्य-पश्चिम भूभागमा पर्ने एक जिल्ला हो।[१] यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्छ। राजशाही जिल्लाको सदरमुकाम राजशाही जिल्ला हो।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

राजशाही जिल्ला बङ्गलादेशको मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २४°०७' देखि २४°४३' उत्तर अक्षांश र ८८°१७' देखि ८८°५८' पूर्वी देशान्तरणमा अवस्थित छ। राजशाही जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४०७.०१ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई नउगा जिल्लाले उत्तर, कुष्टिया जिल्ला, भारतको पश्चिम बङ्गालगङ्गा नदीले दक्षिण, नाटोर जिल्लाले पूर्व र चाँपाइनबाबगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ। जलेश्वरी, जमुना नदी, मेघना, आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्। पद्मा, महानन्द, गोदावरी आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो जहाँ पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरू बीचको युद्धमा सिपोइ अब्दुल मलिकको मृत्यु भएको थियो। २६ र ३० मेमा पाकिस्तानी सेनाले गोदागाडी उपजिल्लाका ३१ सर्वसाधारणहरूको बीभत्स हत्या गरेका थिए। १३ अप्रिलका दिन पुठिया उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच भएको युद्धमा केही बङ्गलादेशी लडाकु सहित राजशाही सैनिक कलेजका एक प्रबक्ता एबी सदिकीको मृत्यु भएको थियो। २४ मे १९७१ का दिन पाकिस्तानी सेनाले बाघमारा जिल्लाको ताहिरपुर हाट गाउँमा २ जनाको हत्या गरेका थिए। ८ अगष्टका दिन हभिल्दर सफिकको नियन्त्रणमा रहेको बङ्गलादेशी लडाकुले एक डुङ्गामा आक्रमण गरेका थिए जहाँ १८ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। चारघाट उपजिल्लाको नगरबाडी भन्ने ठाउँमा पाकिस्तानी सेनासँगको एक लडाइँमा अन्सार बलको एक सदस्यको मृत्यु भएको थियो। बङ्गलादेश मुक्ति अभियानमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच सर्दह, बनेश्वर र आरनी पुल आदि स्थानहरूमा युद्ध भएको थियो। पाकिस्तानी सेनाले राजशाही विश्वविद्यालयको जोहा हलमा सैनिक किल्लाको निर्माण गरेका थिए भने सेनाले त्यहाँका सयौं मानिसहरूको हत्या गरी नजिकैको खेलकुद मैदानमा गाडिदिएका थिए। पाकिस्तानी सेनाले चारघाट उपजिल्लाका सचिवलाई बनेश्वरमा हत्या गरिका थिए भने सेनाले अन्सार बलका एक सदस्यको पनि सर्दाह बजारमा हत्या गरेका थिए। बङ्गलादेश मुक्ति युद्धमा पाकिस्तानी सेनाल राजशाही सैनिक क्याम्पस र शारदह प्रहरी एकेडेमीमा आफ्नो सैनिक किल्लाको स्थापना गरेका थिए भने सेनाले त्यहाँका स्थानीय मानिसको पनि हत्या गरेका थिए। पाकिस्तानी सेनाले पाबा उपजिल्ला अन्तर्गत हरिपुर सङ्घको सोनीकाण्डी गाउँका २७ युवालाई एउटा ठूला खाडल खन्ने दबाब दिए भने सेनाले २७ जाना युवाको गोली हानि हत्या गरे र त्यहि खाडलमा पुरेका थिए। पाकिस्तानी सेनाले बोलनपुरको एक प्रहरी थानामा अचानक आक्रमण गरेका थिए भने सेनाले त्यहाँ कार्यरत प्रहरी जवान र बङ्गलादेशी लडाकुको हत्या गरेका थिए। बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी सेनाको एक गाडीमा आक्रमण गरेका थिए भने लडाकुहरूले त्यसमा सवार १२ पाकिस्तानी सेनाको हत्यम गरिदिएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच दुर्गापुर उपजिल्ला र पाबा उपजिल्लामा युद्ध भएको थियो जसमा एक पाकिस्तानी सैनिक अधिकारीको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २२८६८७४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११८४४८ छ भने महिलाको जनसङ्ख्या ११०२४२६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१३६७०२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११२६४३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २२७६५, इसाई धर्मको ५९९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४१६५ रहेको छ। यस जिल्लामा सन्थल जनजाति बसोबास गर्छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

राजशाही जिल्लाको राजशाही सहर बङ्गलादेशमा रेशम लागि प्रख्यात छ। बङ्गलादेशको रेशक केन्द्र यही जिल्लामा रहेको छ।[३] यस जिल्लामा हाल ७ रेशम कारखानाहरू रहेका छन् भने यस जिल्लामा सञ्चालन भएको रेलको नाम पनि सिल्क एक्सप्रेस राखिएको छ। यो रेल सेवा बङ्गलादेशको राजधानी ढाका सम्म पुग्छ। राजशाहीमा आँपको पनि अधिक मात्रामा उत्पादन हुने गरेको छ।[४]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५९.३५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३६% मजदुरी, व्यापार र उद्योगमा ०.९९%, वाणिज्यमा १४.२५%, सञ्चार र यातायातमा ४.३६%, रेमिटेन्समा ०.४१%, निर्माण क्षेत्रमा ८.९७%, अन्य क्षेत्रमा ६.४१%, धार्मिक सेवा ०.१२% र अन्य ६.७४% रहेका छन्।[५]

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकिय राजशाही जिल्लाको स्थनपना सन् १७७२ मा भएको थियो भने राजशाही जिल्लाको स्थापना पछि बोगरा, पाबना, नाटोर, नउगाँ, नवाबगञ्ज जिल्लाको पनि स्थापना भएको थियो। राजशाही सहर १ अप्रिल १८७६ मा नगरपालिकामा परिणात भएको थियो भने पछि उक्त नगरपालिका नगरपालिका विभाग र सन् १९९१ मा सहर विभागमा परिणत भएको थियो। यस जिल्लामा हाल ९ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला गोदागाडी (४७२.१३ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला मोहनपुर (१६२.६५ वर्ग किलोमिटर) हो।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३०.६१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३७.६% छ भने महिलाको साक्षरता दर २३.२% रहेको छ। यस जिल्लामा २ विश्वविद्यालय, १ विश्वविद्यालय कलेज, २ मेडिकल कलेज, १४९ कलेज, १ सैनिक विश्वविद्यालय, १ शिक्षक प्रशिक्षण केन्द्र, १ शारीरिक प्रशिक्षण केन्द्र, १ प्राथमिक शिक्षक शिक्षण संस्था, १ आयुर्वेदिक शिक्षण, १ नर्सिङ शिक्षण संस्था, २६ व्यवसायीक शिक्षण संस्था, १६० माध्यमिक विद्यालय, १०२८ प्राथमिक विद्यालय, ४७ गैरसरकारी शिक्षण संस्था रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; राजशाही विश्वविद्यालय (सन् १९५३), राजशाही इञ्जिनियरिङ र प्राविधिक विश्वविद्यालय (सन् २००३), राजशाही मेडिकल कलेज (सन् १९६२), राजशाही कलेज (सन् १८७३), राजशाही सैनिक कलेज (सन् १९६६), राजशाही बिबि हिन्दु एकेडेमी (सन् १९९८), राजशाही विद्यालय (सन् १९२८), लोकनाग उच्च विद्यालय (सन् १८४७), पुथिया पिएन प्राविधिक उच्च विद्यालय (सन् १८६५), तालोण्ड आनन्द मोहन उच्च विद्यालय (सन् १८८२) पिएन कन्या उच्च माध्यमिक विद्यालय (सन् १८८६), डायमण्डल जुब्ली विद्यालय (सन् १८९८), शारदा प्रहरी एकेडेमी (सन् १९१२), बर्गदास अविनाश उच्च विद्यालय (सन् १९१७), राजशाही बहुभाषी कन्या उच्च विद्यालय (सन् १९२६), ग‍ोदावरी उच्च विद्यालय (सन् १९४८), मोहनपुर पाइलट उच्च विद्यालय (सन् १९४८), सरकरी प्रयोगशाला उच्च विद्यालय (सन् १९६९), सलुवा सरकारी प्राथमिक विद्यालय (सन् १८८५), राजशाही सरकारी मदरसा (सन् १८७४), श्रीधर सरकारी प्राथमिक विद्यालय (सन् १८५७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৩০ জুন, ২০১৬), "এক নজরে জেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२७ मिति
  2. মাহবুবর রহমান, एमडी (सन् २०१२), "রাজশাহী জেলা", in ইসলাম, সিরাজুল; জামাল, আহমেদ, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "Rajshahi Silk Losing Shine", The Daily Star (अङ्ग्रेजीमा), २०११-०६-१३, अन्तिम पहुँच २०१८-०१-०७ 
  4. "Silk City Express", The Daily Star (अङ्ग्रेजीमा), २००८-१२-२६, अन्तिम पहुँच २०१८-०१-०७ 
  5. "It's mango time in Rajshahi", The Daily Star (अङ्ग्रेजीमा), २०१६-०६-२१, अन्तिम पहुँच २०१८-०१-०७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]