चाँपाइ नबाबगञ्ज जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चाँपाइ नबाबगञ्ज
চাঁপাইনবাবগঞ্জ
—  जिल्ला  —
Chapai landmarks.jpgचाँपाइ नबाबगञ्जका एेतिहाँसिक स्थलहरू (माथिबाट घडिको सुइको दिशा तर्फ): गोनो कबार (चिहान), सोना मस्जिद (छड्के दृश्य), युद्ध स्मारक, तोहाखाना मस्जिद, कप्टान जँहागिर पुल, अाँप, सोना मस्जिद
उपनाम(हरू): नबाबगञ्ज
बङ्गलादेशको नक्शामा चाँपाइ नबाबगञ्जको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग राजशाही
स्थापना १९८४ सिइ
सरकार
 - संसद चाँपाइ नबाबगञ्ज-१, चाँपाइ नबाबगञ्ज-२, चाँपाइ नबाबगञ्ज-३
क्षेत्रफल
 - जम्मा १,७०२.५५ किमी (६५७.४ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा १,६४७,५२१
 जनघनत्व ९६७.७/किमी (२,५०६.३/वर्ग मी)
मूलबासी नाम चाँपाइ नबाबगञ्जी , नबाबगञ्जी, राजशनहीयो
समय क्षेत्र बङ्गलादेशी समय (युटिसी+६)
हुलाक कोड ६३००

चाँपाइ नबाबगञ्ज (बाङ्ला: চাঁপাইনবাবগঞ্জ জেলা) बङ्गलादेशको उत्तर- पश्चिममा अवस्थित एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उपविभागको रुपमा रहेको थियो भने सन् १९८४ मा यो एक छुट्टै जिल्ला रुपमा स्थापित भएको थियो। [१]

शब्दको उत्पत्ति[सम्पादन गर्ने]

चाँपाइनवाबगञ्को नाम धेरै पुरानो छैन। सन् २००१ अघि यो केवल नवाबगञ्जको रूपमा परिचित थियो। पूर्व-ब्रिटिस वा ब्रिटिस-राज युगमा यो ठाउँ मुर्शिदाबादका नवाबहरूको लागि छुट्टीको ठाउँ थियो र दौडपुर मौजा उनीहरूका लागि एक पर्यटकीय स्थल थियो। नवाबहरू मुख्यतया यहाँ शिकार खेल्नका लागप आउँने गर्थे। यसै कारण यस ठाउँलाई नबाबगञ्जको नाम दिइयो। बङ्गालका एक नवाब (ब बाङ्ला-बिहार र उडिसा) सरफराज खान (सन् १७३९-१७४०) एक पटक यहाँ शिकारको खेल्नका लागि आएका थिए र यस ठाउँमा पाल बनाएर बसेका थिए भन्ने जनविश्वास रहेको छ। त्यसबेलादेखि यो ठाउँ नबाबगञ्ज भनेर चिनिन्छ। तर धेरै जसो अन्वेषकहरू विश्वास गर्छन् कि आलिबर्दी खान (सन् १७४०-५६) को शासनकालमा यस ठाउँलाई नबाबगञ्ज भन्ने नाम दिइयो।

१८ औँ शताब्दीको शुरू र मध्यमा मानिसहरू बेलाइती शासकहरूको डरले कोलकाताबाट यस ठाउँमा बसाइँसराइ गरेका थिए जसका कारण यस ठाउँमा मानिसहरूको जनसङ्ख्या वृद्धि भएको थियो। यहाँ एक हुलाक कार्यालय थियो जुन "चाँपाइ" गाउँमा अवस्थित थियो। यस बसाइँसराइका कारण गाउँ चाँपाइमा विस्तार भयो र यस ठाउँलाई व्यापक रूपमा चाँपाइनबाबगञ्ज भनेर चिनिन थालियो।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने ६ अक्टोबर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच कानसाट सङ्घ परिषद् अन्तर्गत शिकारपुर भन्ने ठाउँमा युद्ध भएको थियो जहाँ २०० बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। १० अक्टोबर १९७१ का दिन पाकिस्तानी सेनाले यस जिल्ला अन्तर्गतको दोरसिया, मोलातोला, लालपत र शिवगञ्ज उपजिल्लाको राधाकान्तापुरका जस्ता ठाउँहरूका ४७ सर्वसाधारणहरूको हत्या गरेका थिए। भोलाहाट उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान हुँदा १ लडाकुको ज्यान गएको थियो। १४ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच नवावगञ्ज सदर उपजिल्लामा युद्ध तथअ प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ वीरश्रेष्ठ महियद्दिन जहाँगीरको मृत्यु भएको थियो।[२]

भूगोल[सम्पादन गर्ने]

अवस्थिति[सम्पादन गर्ने]

चाँपाइ नबाबगञ्ज जिल्ला बङ्गलादेशको सुदर पश्चिममा पर्छ भने यो जिल्ला २५°२५' देखि २४°५८' उत्तर अक्षांश र ८९°०१' देखि ८८°३०' पुर्व देशान्तरणमा अवस्थित छ। चाँपाइन बाबगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७०२.५६ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, दक्षिण र पश्चिमबाट घेरेको छ भने यस जिल्लाको पूर्वमा राजशाहीनउगाँ जिल्ला रहेका छन्।[३]

भौगोलिक अवस्था[सम्पादन गर्ने]

चाँपाइ नबाबगञ्ज जिल्ला राजशाही विभागमा पर्छ र यस जिल्लामा थुप्रै नदिहरू रहेका छन् जसमध्ये गङ्गा र महानन्दा यहाँका प्रमुख नदिहरू हुन्।[४]

यस क्षेत्र को अधिकतर जमीन समथल छन् भने यहाँ धेरै मात्रमा ससाना तालाबहरू र जल भण्डारहरू रहेका छन्। तर भर्खरै, भूगोल पद्मा (गङ्गा) नदीमा अाएको बाढीका कारण यस क्षेत्रको जमिनहरू परिवर्तन भएका छन्। मद्मा नदीको किनारमा बालुवा भारीमात्रामा रहेको हुँदा ठूलो क्षेत्र बनाएको छ जुन लगभग एक सानो मरुभूमि जस्तो देखिन्छ। नरेन्द्रनगर, जोहूरपुर, सुन्दूरपुर, बाघदङ्गम जस्ता चार देखि पाँचवटा सानो सङ्घीय परिसदहरू पद्मा नदीको अर्को किनारमा सारिएको थियो।

नदीहरू[सम्पादन गर्ने]

पद्मा नदी[सम्पादन गर्ने]

गङ्गा नदी हिमालयबाट उत्पत्ति हुँदै उत्तरी र पूर्वी भारतमा बग्दछ। यो नदी त्यसपछि बङ्गलादेशको शिवगञ्जमा प्रवेश गर्छ र पद्मा नाम लिन्छ। फाराक्का बाँध १० माइलको माथिल्लो भागमा निर्माण गरिएको छ जहाँ पद्मा बङ्गलादेश प्रवेश हुन्छ जसले पद्मा नदीको पानीको स्तर तथा बहावलाई कम गर्दछ तर वर्षा ऋतुमा पानीको सतह तथ बहाव बढ्ने भएकाले यो नदी अत्याधिक खतरनाक हुन्छ जसले गर्दा यस नदी वरपरको क्षेत्रहरू डुबानमा पर्दछन्।

महानन्दा नदी[सम्पादन गर्ने]

महानन्दा नदी भोलाहट उपजिल्ला हुँदै यस जिल्लामा प्रवेश गर्दछ र यस जिल्लाबाट बग्दै राजशाही जिल्लाको गोदावरीको भन्ने ठाउँमा पद्मा नदीमा मिसिन्छ। नवावगञ्ज सहर यस खोलाको किनारमा अवस्थित छ भने यस जिल्लाको अर्थतन्त्र यस नदीले ठूलो टेवा पुर्‍याएको छ।

महानन्द नदीको एक दृश्य

पुनर्भाबा नदी[सम्पादन गर्ने]

पुनर्भाबा नदी बङ्गलादेश र भारतको पश्चिम बङ्गाल राज्यको एक प्रमुख नदी हो। यस नदीको कुल लम्बाई १६० किलोमिटर (९९ माइल), चौडाई ३ देखि ८ किलोमिटर (१.९ देखि ५.० माइल) र अौषत गहिराई १.९ मिटर (६.४ फिट) रहेको छ। यो नदी बङ्गलादेशको ठाकुरगाँउ जिल्लाको तल्लो भूभागबाट उत्पत्ति भएको हो। यस नदीको को माथिल्लो भाग अत्राईदेखि केही किलोमिटर पश्चिममा पर्दछ। बङ्गलादेशको दिनजपुर सहर यस नदीको पूर्वी किनारमा अवस्थित छ। यो नदी पश्चिम बङ्गालको दक्षिण दिनाजपुर जिल्लाको गङ्गारामपुर र तपन समुदाय विकास खण्ड हुँदै बग्दछ। दक्षिणी भागमा बगेर यो नदीले ढेपा नदीमा गई मिसिन्छ र अन्तत: यो गङ्गा नदीमा मिसिन्छ।[५]

मौसम[सम्पादन गर्ने]

चाँपाइ नबाबगञ्ज राजशाही सहरसँग जोडिएको छ र दुई क्षेत्रमा एकै किसिमको मौसम छ। कोपेन जलवायु वर्गीकरणका अनुसार यस जिल्लाको मौसम उष्ण र सुख्खा खालको छ। यस जिल्लामा वार्सिक कम वर्षा हुने र अत्याधिक गर्मीहुने गरेको छ। यस जिल्लामा गृष्म ऋतु मार्च महिना देखि मध्य जुलाई सम्म चल्छ। हिउँद ऋतुमा यस जिल्लाको तापक्रम ७ देखि १६ डिग्री मापन गरिन्छ भने यस जिल्लामा वार्सिक १,४४८ मिलिमिटर वर्षा हुने गरेको छ। [६]

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या १४,२५३,२२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७,२५३,५४ छ भने महिलाको जनसङ्ख्या ६,९९९,६८ रहेको छ। यस जिल्लाको जनधनत्व ९४८ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या १३,५७५,२४ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या ६०,८०९ छ। त्यस्तै गरि बुद्ध धर्मको जनसङ्ख्या ४,४९३, इसाई धर्मको ९८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३,३९८ रहेको छ। यस जिल्लामा सन्थल, मुण्डा, मुसहर, राजवंशी अादि जनजातिहरू बसोबास गर्ने गर्छन्।[७]

अर्थतन्त्र[सम्पादन गर्ने]

यो जिल्लामा मुख्यतया समथल जमिन र विभिन्न नदिहरू छन् । यस जिल्लाको लगभग सबै क्षेत्रमा सिंचाई सुविधाको भएका कारण यहाँको जमिन एकदमै उर्वर छ र यहि करण यस जिल्लाको अर्थतन्त्र कृषिमा पूर्णतया निर्भर छ । यस जिल्लामा थुप्रै नदिहरू रहेका छन् जसका कारण धेरै मानिसहरू माछा र अन्य सम्बन्धित क्रियाकलापमा निर्भर छन् । चाँपाईनबाबगञ्ज जिल्लालाई जसलाई देश भरिकै अाँप उत्पादक रुपमा लिइन्छ । किनकि यो गर्मीमा फल्ने फल हो जुन यस जिल्लाको अर्थव्यवस्थालाई निरन्तरता दिने मुख्य उत्पादन हो । आँप उत्पादनको मुख्य भाग शिबिगञ्ज, भोलाहाट र गेस्टोस्टापुर उप-जिल्ला हुन् ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ५७.१३% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.१६% मजदुरी, व्यापार र उद्योगमा १.३५%, वाणिज्यमा १७.०५%, सञ्चार र यातायातमा १.७६%, रेमिटेन्समा ०.६९%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.१७% र अन्यमा ९.१५% रहेका छन् ।

शिक्षा[सम्पादन गर्ने]

এক্সিম ব্যাংক কৃষি বিশ্ববিদ্যালয়

यस जिल्लाको कुल साक्षरता दर ३५.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३७.४% छ भने महिलाको साक्षरता दर ३४.४% रहेको छ। यस जिल्ला उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्:आदिना फजलुल हक क्याम्पस (सन् १९३८), नवावगञ्ज सरकारी क्याम्पस (सन् १९५५), नवावगञ्ज सरकारी महिला क्याम्पस (सन् १९६६), रोहनपुर युसुफ आली क्याम्पस (सन् १९६७), कानसात सोलेमान डिग्री क्याम्पस (सन् १९६८), नाचोल डिग्री क्याम्पस (सन् १९७२), भोलाहाट मोहेरउल्लाह डिग्री क्याम्पस (सन् १९८६), गोमस्तपुर सोलेमान मिया क्याम्पस, शाह नेयामतुल्लाह क्याम्पसमा, हरिमोहन सरकारी उच्च विद्यालय (सन् १८९५), कानसाट उच्च विद्यालय (सन् १९१७), दाननाचल एचएम उच्च विद्यालय (सन् १९१९), नाचोल पाइलट उच्च विद्यालय (सन् १९५७), भोलाशाट रामेश्वरी पाइलट उच्च विद्यालय (सन् १९११), नयानभाङ्गा सरकारी प्राथमिक विद्यालय (सन् १८७०), चाँदलाइ सरकारी प्राथमिक विद्यालय (सन् १९१९), नाचोल प्राथमिक विद्यालय, नवावगञ्ज आलिया कामिल मदरसा (सन् १९६४), छत्राजितपुर सिनियर मदरसा (सन् १९४४), राधाकान्तपुर सिनियर मदरसा (सन् १९५०) आदि।[८][९][१०]

यातायात[सम्पादन गर्ने]

Auto vehicle.JPG

यो जिल्ला बङ्गलादेशको सबैभन्दा पश्चिममा अवस्थित जिल्ला हो जुन छिमेकी देश भारतसँग सीमा जोडिएको छ। यस जिल्लामा आयात तथा निर्यातको लागि यस जिल्लाका भूभाग तथा बन्दरगाहहरू प्रयोग हुँदै आएको छन् जुन यस जिल्लालाई छिमेकी देशसँग सञ्चारको लागि महत्वपूर्ण मार्ग बनाउँदछ। सिराजगञ्जमा जमुना पुलको निर्माणले देशभरको यातायात प्रणालीमा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ जसका कारण जिल्लामा थुप्रै राजमार्गहरू निर्माण गरिएका थिए। यस जिल्ला भित्र मटरसाइकल, रिक्सा, अटो रिक्शा, गाडी तथा अन्य यातायातका साधनहरू प्रयोग हुँदै आएको छ।

गाडी[सम्पादन गर्ने]

यस जिल्लाको प्रमुख यातायात प्रणाली बिभिन्न जिल्ला र सहरहरूमा गाडी सेवा हो। यस जिल्लाको मुख्य यातायात मार्ग नवाबगञ्ज देखि राजशाही हो। गाडी यातायात सेवामा तीन प्रकारका गेट-लक, प्रत्यक्ष र स्थानीय सेवा छन्। अन्य गाडी मार्गहरू नवाबगञ्ज देखि शिवगञ्ज, नवाबगञ्ज देखि नउगाँ, नवाबगञ्ज देखि नाचोल, नवाबगञ्ज देखि रोहनपुर हुन्। बङ्गलादेश सडक यातायात निगमले बङ्गलादेशको सबै महत्त्वपूर्ण जिल्लाहरूका लामो सडक मार्गहरूमा सेवा प्रदान गर्दछ। सबैभन्दा महत्त्वपूर्ण लामो मार्ग नवाबगञ्ज देखि ढाका सडक खण्ड हो। यो मार्गमा पर्याप्त बस सेवा छ। यस सडक खण्डमा दुई प्रमुम सवारीसाधन बिसौनी रहेका छन्। सबैभन्दा ठूलो भनेको चापाई नवाबगञ्ज बिसौनी हो र अर्को ढाका बिसौनी हो।

रेल यातायात[सम्पादन गर्ने]

नवावगञ्ज रेल्वे स्टेसन

यस जिल्लाका रोहनपुर र राजशाहीमा सीमित रेल सेवाहरू छन्। यस जिल्लाको एक अन्तर्राष्ट्रिय रेल सेवा जिल्लाबाट इङलिस बजार, पश्चिम बङ्गाल, भारतमा तिर जान्छ। त्यहाँ चाँपाइनवावगञ्ज विभिन्न स्टेसनहरू जस्तै नवाबगञ्ज सदर, अम्नुरा, नाचोल, निजमपुर, रहानपुरदेखि राजशाही र बङ्गलादेशका अन्य ठाउँहरूबाट केही स्थानीय रेल सेवाहरू छन् भने नवाबगञ्जदेखि राजशाहीसम्म सटल सेवाका साथै राजशाहीदेखि अन्तराष्ट्रिय रेल सेवाहरू छन्।

जलमार्ग[सम्पादन गर्ने]

विगतमा यस जिल्लाको प्रमुख यातायात प्रणाली जल मार्गमा आधारित थियो। अन्तर जिल्ला यातायात प्रणालीको लागि पद्म (गङ्गा), महानन्दा नदी, पगला, मोरागङ्गा र केही साना नदीहरू प्रयोग गरिन्छ। पानीको सतह पद्मा (गङ्गा) नदीमा फारक्का बाधको प्रतिकूल प्रभावका कारण कम भएको छ जसका कारण जलयात्राको लोकप्रियता हराउँदै गएको छ तर त्ययका बाबजुद पनि नदीहरू जिल्लाको विभिन्न भाग बाट दैनिक सामान ढुवानी को लागी प्रयोग गरिन्छ। अझैपनि यस जिल्लाको यातायात प्रणाली डुङ्गाहरूमा निर्भर छ। शिवगञ्ज उपजिल्लामा पालग नामक एक नदी छ।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय चाँपाइ नबाबगञ्ज जिल्ला सन् १९४७ सम्म मालदह जिल्लाको नबाबगञ्ज थानाको रुपमा रहेको थियो र त्यसको केही वर्षपछि बङ्गालको विभाजनमा यो राजशाही जिल्लाको उपजिल्लाको रुपमा स्थापित भएको थियो। सन् १९८४ मा यस क्षेत्रलाई छुट्टै जिल्लाको रुपमा पुन स्थापित गरियो। यस जिल्लामा हाल पाँचवटा उपजिल्लाहरू रहेका छन् जसमध्ये शिवगञ्ज जिल्ला सबैभन्दा ठूलो (५२५.४३ वर्ग किलोमिटर) उपजिल्ला हो जसले चाँपाइ नबाबगञ्जको कुल क्षेत्रफलको ३०.८६% अोगटेको छ भने भोलाहाट सबैभन्दा सानो (१२३.५२ वर्ग किलोमिटर) उपजिल्ला हो। हाल यस जिल्लामा ५ उपजिल्ला, ४५ सङ्घ परिषद् र ११३६ गाउँहरू रहेका छन्। यस जिल्लाका उपजिल्लाहरू यस प्रकार छन्:

केही प्रसिद्ध स्थलहरू[सम्पादन गर्ने]

Sona Masjid.jpg

छोट सोना मस्जिद बङ्गलादेशको चापाई नवाबगञ्ज जिल्लामा अवस्थित छ। यो मस्जिद कोतवाली प्रवेश द्वराबाट दक्षिणमा करिब ३ किलोमिटर (१.९ माइल) र फिरोजपुर क्वार्टरको मुगल तहखाने परिसरको दक्षिण-पूर्वमा ०.५ किलोमिटरमा (०.३१ माइल) अवस्थित छ। यस मस्जिद सन् १४९३ देखि १५१९ बीचको सुल्तान हुसेन शाहको शासनकालमा बनिएको थियो। मस्जिदमा पन्ध्र अण्डाकार छानो रहेको छ जसमा सुनको जलप लगाइएको छ र यस मस्जिदमा सुनको जलप लगाएका कारण यसलाई छोट सोना मस्जिद भनिएको हो। बङ्गलादेश सरकारको पुरातत्व र सङ्ग्रहालय विभागको संरक्षण अन्तर्गत मस्जिद एक उत्तम संरक्षित सुल्ताना स्मारक हो। उत्तरदेखि दक्षिणमा ४२ मिटर पूर्वदेखि पश्चिमदेखि ४३.५ मिटर क्षेत्र ढाक्ने मस्जिदको आधार भने पूर्वपट्टि बीचको प्रवेश द्वरा बाहिरी पर्खाल (अहिले पुनर्स्थापित) द्वारा घेरिएको छ।[१२]

दारसाबाडि मस्जिद[सम्पादन गर्ने]

दारसाबाडि मस्जिद एक ऐतिहासिक मस्जिद हो जुन सन् १४७९ निर्माण भएको हो भने यो मस्जिद बङ्गलादेशको चाँपाइ नवाबगञ्ज जिल्लाको शिवगञ्ज उपजिल्लामा अवस्थित छ। यो कोतवाली प्रवेश द्वारको दक्षिण-पश्चिममा करिव एक किलोमिटर र छोट सोना मस्जिदको पश्चिममा करिब आधा किलोमिटरको दुरीमा अवस्थित छ।[१३]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "चाँपाइ नबाबगञ्ज जिल्लाको जानकारी", बाङ्लापिडिया। 
  2. "चाँपाइ नवावगञ्ज जिल्ला", द फुल विकि। 
  3. "चाँपाइ नबाबगञ्ज जिल्लाको जानकारी", चाँपाइ डटनेट। 
  4. "नबाबगञ्ज बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग", मूलबाट १२ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "पुनर्भाबा नदी", साइन्स डाइरेक्ट। 
  6. "चाँपाइ नबाबगञ्ज जिल्लाको मौसमी जानकारी", गेट अ म्याप। 
  7. "चाँपाइ नबाबगञ्ज जिल्लाको सम्पूर्ण जानकारी", सेनसेगेण्ट। 
  8. "चाँपाइ नवावगञ्ज जिल्लाको शिक्षा प्रणाली", इएनएकेडेमिक। 
  9. "चाँपाइ नवावगञ्ज जिल्ला", डिसि चाँपाइनवावगञ्ज डट जिअोभी डट बिडी। 
  10. "चाँपान नवावगञ्ज जिल्लाका शिक्षण संस्थाहरू", इडियु नोटिसबिडी। 
  11. "चाँपाइ नबाबगञ्ज जिल्लाका उपजिल्लाहरू", काबिरहाट डटकम। 
  12. "चाँपाइनबाबगञ्ज जिल्लामा रहेका लोकप्रिय पर्यटकीय स्थलहरू", टुरिष्ट प्लेसेस। 
  13. "दारसाबाडि मस्जिद", बङ्गलापिडिया। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]