सामग्रीमा जानुहोस्

बगुडा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बगुडा
বগুড়া জেলা
बङ्गलादेशको नक्सामा बगुडाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा बगुडाको अवस्थिति
निर्देशाङ्क: २४°४७′N ८९°२१′E / २४.७८°N ८९.३५°E / 24.78; 89.35
देश बङ्गलादेश
विभागराजशाही
क्षेत्रफल
 • जम्मा२,८९८.६८ किमी (१११९.१९ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३,४००,८७४
 • घनत्व१२००/किमी (३०००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा६८.४%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
५८००

बगुडा जिल्ला (बङ्गाली: বগুড়া জেলা) जसलाई आधिकारिक रूपमा बोगुरा जिल्ला[१] को नामले पनि चिनिने गरिन्छ। जुन बङ्गलादेश राजशाही विभागमा पर्ने उत्तरी जिल्ला हो।[२] यसलाई उत्तरी बङ्गालको प्रवेशद्वार भनिन्छ। बोग्रा एक औद्योगिक सहर हो, जहाँ साना तथा मध्यम खालका उद्योगहरू सञ्चालनमा रहेका छन्।

प्राचीन इतिहास

[सम्पादन गर्नुहोस्]

बगुडा जिल्लाले पहिलेका बङ्गालका ऐतिहासिक तथा पौराणिक इतिहासका महत्त्वपूर्ण स्थान ओगटेको छ। प्राचीन समयमा यो पुन्द्रास वा पौन्द्रास क्षेत्रको एक भाग थियो, जुन पुन्द्रावर्धन का नामले जनिने गरिन्छ। पुन्द्रावर्धन पूर्वी भारतका राज्यहरू मध्ये एक थियो र प्राग-ज्योतिषा वा कामरूपको धेरै नै पूर्वी राज्य कराटोयाको धारबाट अलग भएको थियो। पुन्द्रावर्धन नाम अक्सर महाभारत, रामायण र धेरै जसो पुराणहरूमा उल्लेख गरेको पाइन्छ। महाभारत र पूराणका अनुसार पुन्द्रा परिवारका एक शक्तिशाली राजकुमार बासुदेवले पुन्द्रावर्धनमा १२८० ई.पू. सम्म शासन गरेका थिए। तथापि, जिल्लाको पुरातनता को दावी पुरातत्वमा राख्छ, जो पुरानो सहर हो, जसलाई अब महास्थानगढ भनिन्छ।[३]

ब्रिटिस युग

[सम्पादन गर्नुहोस्]

वर्तमान बगुडा जिल्लाको गठन पहिलो पटक बेलायतीशासनकालमा सन् १८२१ मा भएको थियो। सन् १९०१ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या (कम क्षेत्रमा) लगभग ८५४,५३३ थियो र दशकमा ११% ले बृधि भएको थियो, जनगणनाले बताए अनुसार त्यहाँ कुनै पनि शहरमा १०,००० भन्दा धेरै बासिन्दा थिएनन्।[४] प्रसिद्ध प्रफुल्चा चकी (सन् १८८८ - सन् १९०८) को जन्म यो जिल्लाना नै भएको थियो।

भूगोल र जलवायु

[सम्पादन गर्नुहोस्]

जमिनको बनावट

[सम्पादन गर्नुहोस्]

बगुडा जिल्लामा केही नदीहरू छन्। कराटोया नदीले जिल्लाको पानी च्यानललाइ बिभाजन गरेको छ, जहाँ अन्य नदीहरू पूर्व र पश्मिम प्रणालीमा वर्गीकृत गरिएको छ। यस जिल्लाको केही महत्त्वपूर्ण नदीहरूको नाम निम्नानुसार छन्:

  • १. बङ्गाली नदी
  • २. कराटोया नदी
  • ३. जमुना नदी
  • ४. नगर नदी(राजशाही)

यो जिल्लाको मौसम निम्न अनुसार रहेको छ:

{{{location}}}को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °फे ७३.४ ८१.१ ९०.७ ९५.२ ९२.३ ८९.६ ८८.५ ८८.५ ८८.७ ८७.८ ८४.० ७७.९ ८६.५
दैनिक औसत °फे ६१.५ ६८.० ७७.४ ८३.८ ८३.८ ८३.७ ८३.७ ८३.७ ८३.३ ८०.८ ७३.८ ६६.२ ७७.५
न्यूनतम औसत °फे ४९.६ ५४.९ ६४.२ ७२.५ ७५.४ ७७.९ ७९.० ७९.० ७८.१ ७३.८ ६३.७ ५४.७ ६८.६
औसत वर्षा इन्च ०.४ ०.५ ०.८ २.४ ८.३ १२.८ १५.६ ११.९ १०.१ ५.७ ०.६ ०.२ ६९.३
उच्चतम औसत °से २३.० २७.३ ३२.६ ३५.१ ३३.५ ३२.० ३१.४ ३१.४ ३१.५ ३१.० २८.९ २५.५ ३०.३
दैनिक औसत °से १६.४ २०.० २५.२ २८.८ २८.८ २८.७ २८.७ २८.७ २८.५ २७.१ २३.२ १९.० २५.३
न्यूनतम औसत °से ९.८ १२.७ १७.९ २२.५ २४.१ २५.५ २६.१ २६.१ २५.६ २३.२ १७.६ १२.६ २०.३
औसत वर्षा मिमी १३ २१ ६१ २१० ३२६ ३९६ ३०३ २५७ १४५ १५ १,७६२
औसत सापेक्ष आर्द्रता (%) ४४ ३४ ३६ ४५ ६३ ७४ ७४ ७४ ७२ ६८ ५० ४६ ५७
स्रोत: रास्ट्रिय समाचारपत्र

बगुडा एक पटक बङ्गलादेशको औद्योगिक राजधानी थियो। त्यहाँ थुप्रै ठुला उद्योगहरू थिए। तीमध्ये अधिकांश स्थानीय उच्च घराना वर्गका परिवारहरू "जमिमल", "भण्डारी", "ताजमा", र "खलीफा" को स्वामित्वमा रहेका थिए। ताज्मा" का विभिन्न उद्योगहरू को नाम पनि धनी र प्रसिद्ध थिए।

स्थानीय भाषा (बगुडाको बोली)

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मातृभाषा बङ्गाली हो।

बगुडा जिल्लामा ३४७२ मस्जिदहरू, ६८६ मन्दिरहरू, ३७ चर्चहरू र ५८ वटा कब्रहरू रहेका छन्।

लोक साहित्य

[सम्पादन गर्नुहोस्]

'मारेफाटी', 'देहाटवा, दुआ', 'मीली गान' र अन्य प्रकारका लोक गीतहरू तथा 'प्राबाद', 'प्रभाभन', लोक कथाहरू आदिहरू पनि बगुडा जिल्लाका मानिसहरू बिच प्रयोग गरिने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. महन्दि अल-हसनत (२ अप्रिल २०१८), "बङ्गलादेश सरकारले ५ जिल्लाहरूको अङ्ग्रेजी हिज्जे परिवर्तन गरेको छ", Dhaka Tribune, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  2. "बोग्रा जिल्लाको जानकारी", बङ्गलापिडिया। 
  3. बङ्गादेश जिल्ला राजपत्र: बगुडा। बङ्गादेश सरकार। 1979, pp. 27
  4. बगुडा - इनसाइक्लोपीडिया ब्रिटानिका लेख

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]