खरबुजा
स्वरूप
| खरबुजा | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति जगत |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | C. lanatus |
| वैज्ञानिक नाम | |
| Citrullus lanatus (Thunb.) Matsum. & Nakai | |
| Watermelon output in 2005 | |

खरबुजा कुकर्बिटासिया (वैज्ञानिक नाम: Citrullus lanatus) वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । यो गर्मी हावापानीमा हुने फल हो। यसले तुसारो सहन सक्दैन। यस फल अफ्रिकामा उत्पादन भएको मानिन्छ। यो एकवर्षिय लहरे बाली हो। यसका फूलहरू पहेँलो रङका हुन्छन् । भाले र पोथि फूल एउटै बोटमा तर फरक ठाउँमा हुन्छन्। त्यसैले यसमा वाह्य परागसेचन हुन्छ। खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ । खरबुजा गर्मीको लोकप्रिय फल हो जसलाइ सामान्यतः स्लाइसहरूमा, मिश्रित फल सलादमा र जुसको रूपमा खाने गरिन्छ ।[१][२]
तस्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- Watermelon cubes
- Watermelons with black rind, India
- Watermelon with yellow flesh
- 'Moon and stars' watermelon cultivar
- Watermelon and other fruit in Boris Kustodiev's Merchant's Wife
- Watermelon for sale
- Watermelon out for sale in Maa Kochilei Market, Rasulgarh, Odisha, India
- Watermelon grown in Buryatia, Siberia
- Watermelon rind curry
- Roasted and salted watermelon seeds
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Watermelon", Ag Marketing Resource Center, US Department of Agriculture, Iowa State University, २०१७, अन्तिम पहुँच ९ मे २०१७। अभिलेखिकरण ३० जुलाई २०१७ वेब्याक मेसिन
- ↑ "Top 10 ways to enjoy watermelon", Produce for Better Health Foundation, Centers for Disease Control, US National Institutes of Health, २०१७, अन्तिम पहुँच ९ मे २०१७।
विकिमिडिया कमन्समा खरबुजा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्सनरी, नि:शुल्क शब्दकोशमा खरबुजा हेर्नुहोस्
विकिमिडिया कमन्समा खरबुजा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।