तोरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
तोरी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Brassicales
परिवार: Brassicaceae
वंश: Brassica
प्रजाति: B. nigra
वैज्ञानिक नाम
Brassica nigra
L.

तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको बिउ दुई दलीय हुन्छ।

वनस्पति विज्ञान

तोरी क्रुसीफेरा, गेनस ब्रासिका परिवारअन्तर्गत पर्दछ। यो एक वार्षिक पौधा हो, जसको उँचाइ ४५ देखि १५० सेन्टीमिटरसम्म हुन्छ। तोरीको बोटका विभिन्न अंगहरूबारे निम्नअनुसार चर्चा गरिन्छ:

जरा

तोरीको बोटमा सामान्यतया लामो र शीर्ष जरा हुन्छ, तर ‘तोरीया’ प्रजातिको जरा धेरथोर सतहबाट खाद्य चुस्ने हुन्छ, किनभने यसको जरा व्यवस्थामा काम गर्ने गहिराइ सीमित हुन्छ, जसमा व्यापकमात्रामा पार्श्व जराहरू फैलिएका हुन्छन्।

काण्ड वा डाँठ

डाँठको उँचाइ ‘तोरीया’-मा ४५ सेन्टीमिटरदेखि ‘पहेंलो तोरी’-मा १५० सेन्टीमिटरसम्म हुन्छ। पातसहित यसको काण्ड पातलो सेतो बाक्लो झिल्लीले ढाकेको हुन्छ, जसलाई ‘ब्लुम’ भनिन्छ। यद्यपि ‘तोरीया’, ‘पहेंलो तोरी’ र ‘खैरे तोरी’-का केही परिवर्तित प्रजातिहरूमा ब्लुम हुँदैनन्।

पात

पातहरू साधारणत: कानको बाहिरी भागजस्तो र डाँठसँग गाँसिएका हुन्छन्, जबकि तोरी आमरूपमा लिरेट पिनाटिपार्टाइट (यु आकारको प्वाँखजस्तो भएर रहेको पात) आकारको हुन्छ र किनारमा परेको चिराको गहिराइ, लोतीको संख्यामा धेरै फरक हुन्छ भने यसको आकार र झर्ने लोतीमा ठूलो मात्रामा फरक हुन्छ। तोरी र तोरीयामा रौंयुक्त र रेसादार पातहरू हुन्छन्। यद्यपि, प्रजाति-प्रजातिमा रेसा वा रौंको मात्रा फरक-फरक हुन्छ।

फूलको बनोट तथा फूल

ब्रासिकामा एक च्याप्टो गुच्छ फूलडाँठ हुन्छ। प्रजाति-प्रजातिअनुसार फूलको आकारमा फरक पर्दछ। तोरीको प्रकारअनुसार यसको पत्रदल पनि फरक-फरक किसिमको हुन्छ अर्थात् यदि पहेंलो तोरी छ भने चार झुण्डमा अलग-अलग पत्रदल हुन्छन् अनि खैरो तोरी छ भने यी फूलहरू एकार्कामा खप्टिएर अलग-अलग झुण्डमा रहेका हुन्छन्, जो प्रजातिमाथि भर पर्दछ। पहेंलो तोरीको मामिलामा पत्रदल साधारणत: साँघुरिएको र दोब्रिएको वा ठूलो र फैलिएको हुन्छ। पत्रदलको रङ्ग गाढा पहेंलो, पहेंलोदेखि फीका पहेंलो वा क्रिमप्रकारको सेतो हुनसक्छ। पत्रदल फूल फुलेको प्राय: तेस्रो वा चौथो दिनमा झर्छ।

फल

तोरीको दाना एक सिलिकाजातीय (तोरी, रायोजातीय) फल हो। अण्डाशयमा स्त्री कोष कीटाणुको संख्याअनुसार दाना वा सिलिका दुई-खप्टे, तीन-खप्टे वा चार-खप्टे हुन्छन्। चार-खप्टे कोसामा दुई-खोपिल्टा हुन्छन्, कृत्रिम विभाजक (सेप्टम)-को कारणले यस्तो भएको हो। तर चार-खप्टे कोसामा यो विभाजन नहुन पनि सक्छ अनि कोसा एकखोपिल्टे बन्छ। साधारणत: फलको डाँठ ३ डिग्रीदेखि ५० डिग्रीको कोणमा हुन्छ अनि मुख्य काखीमा यी एकगट्ठ देखिन्छन् वा फल पूर्ण रूपमा नुहिन्छ र कोसा लर्किइन्छ। कहिलेकाहीं कोसा ५० डिग्री वा त्योभन्दा अधिक कोणमा बनिन्छ अनि त्यसलाई गाँजिएको भनिन्छ। तोरीया र खैरे तोरी गाँजिएको कोसामा एकगट्ठ भएर रहेका हुन्छन् भने पहेंलो तोरीको कोसा लर्किएको हुन्छ। कोसाहरू साधारणत: सीधा र चिल्लो सतह भएको, छोटो र कडा चुच्चो हुन्छ।

कोसा वा दाना

प्रजाति अनुसार तोरीको दानाको रङ्ग पहेंलो वा खैरो हुनसक्छ। यदि पहेंलो तोरीया वा पहेंलो तोरी छ भने पहेंलो रङ्ग फीका पहेंलो, पहेंलो वा गाढा पहेंलो हुनसक्छ। यस्तै प्रकारले पहेंलो तोरीमा खैरो रङ्ग गाढा रातो-खैरो, रातो सतह आम रूपमा चिल्लो हुनसक्छ। तर यो खैरे तोरी तथा तोरीमा खस्रो हुनसक्छ। एक ग्राम तोरीको ओजनमा ४५५ देखि २४५ दाना हुन्छ।

तेलहन तथा तोरीको वर्गीकरण

तेलहन (ब्रासिका नेपस), सलगम तेलहन (ब्रासिका काम्पेसट्रिस) प्रजातिमा पर्ने तेलहन तथा तोरीको मुख्यत: दुई उप-शाखा हुन्छन्। खैरे तोरी (ब्रासिका जुनसिया) भारतमा ठूलो क्षेत्रमा उब्जनी गरिन्छ। प्रधान ब्रासिका प्रजातिमाझको अन्तर-सम्बन्ध जटिल छ अनि यसका तीन प्राथमिक प्रजातिहरू छन्। ब्रासिका नेपस र ब्रासिका क्याम्पेसट्रिज दुवै वार्षिक र द्वयवार्षिक प्रजातिका हुन्छन् जो दुवैमा शारीरिक बनोटमा फरक छन् अनि पछिल्लो प्रजाति धेरै लामो तापमान नपाएसम्म फुल्दैन। भारतीय खैरे तोरी ब्रासिका जुनसिया तेलहन प्रयोजनको निम्ति ठूलो क्षेत्रमा उत्पादन गरिन्छ। यसैले, धेरै पर्यायवाची भएकोले यसको नामाकरणको मानक पूर्ण तथा बुझ्ने प्रकारको छैन अनि यसको वर्गीकरण पनि अन्योलपूर्ण अवस्थामा छ अर्थात् ब्रासिका नेपस प्रजातिलाई पहिला ब्रासिका क्याम्पेसट्रिसको रूपमा परिभाषित गरिएको थियो अनि हालैका लेखहरूमा पनि यस्तै वर्णित छन्। आमरूपमा उब्जनी गरिने महत्त्वपूर्ण प्रजातिहरू निम्नअनुसार रहेका छन्।

तेलहन तथा तोरीका आमरूपमा उत्पादन गरिने प्रजातिहरू

तोरीका केही प्रमुख प्रकारको चारित्रिक विशेषता

पहेंलो तथा खैरे तोरी (ब्रासिका नेपस प्रजाति ग्लाउका र प्रजाति डिकोटोमा)

यो उत्तर र मध्य भारतमा व्यापकमात्रामा उत्पादन गरिन्छ। दुई मुख्य प्रकारका पहेंलो र खैरे तोरी छन्, दानाको रंगको आधारमा यसको नाम राखिएको छ। ‘तोरीया’-भन्दा यो अधिक उत्पादनशील हुन्छ। यसको बाली अक्टोबर महिनामा लगाइन्छ अनि रोपेको करिब १५०-१६० दिनमा मार्च-अप्रेल महिनामा यसको फसल काटिन्छ।

खैरे वा भारतीय तोरी (ब्रासिका जुनसिया)

भारतको विस्तृत क्षेत्रमा यसको उत्पादन हुन्छ। यो बाली अक्टोबर-नोभेम्बर महिनामा लगाइन्छ अनि रोपेको ११०-१६० दिनमा मार्च-अप्रेल महिनामा यसको फसल काटिन्छ। यस प्रजातिले ब्रासिका नेपसले भन्दा राम्रो उब्जनी दिन्छ।

तोरीया (ब्रासिका नेपस प्रजाति तोरीया)

यो शरद् बालीको रूपमा उब्जाउ गरिन्छ। यो प्रजातिले चिसो खप्न सक्दैन, यसैले सेप्टेम्बरको मध्य वा अन्तमा यसलाई रोपिन्छ। यो पाक्नको निम्ति करिब ७५-१०० दिन लाग्छ। यो प्रजाति निश्चित रूपमा कम उत्पादन दिने प्रजाति हो, तर सिँचाइ र पर्याप्त मल लगाइएको छ भने यसले राम्रो प्रतिक्रिया देखाउँछ।

भारतीय तोरी (ब्रासिका जुनसिया)

यो अति सीमित क्षेत्रमा मात्र उत्पादन गरिन्छ। यसमा तेलको मात्रा निकै कम हुन्छ, तर मुख्य रूपले अचार वा सितन बनाउने प्रयोजनको निम्ति यसको उत्पादन गरिन्छ।

तारमिरा (युरिका सेटिभा)

अरु तोरीको तुलनामा भारतमा यसको परिचय पछिल्लो समयमा भएको हो। यो दक्षिण युरोप र उत्तरी अमेरिकामा उत्पत्ति भएको विश्वास गरिन्छ। यो निकै कम उत्पादनशील क्रुसीफेरस (बन्दकोपीजातीय) तेलहन बाली हो, जो उत्तरी भारतमा उत्पादन गरिन्छ। यसलाई प्राय: तेलहन तथा तोरी बालीसित समूहकृत गरिन्छ। यो प्रजाति विशेष गरेर कम उर्वर माटो र कम्ती पानी पर्ने ठाउँमा मेल खान्छ।

औषधोपचार[सम्पादन गर्ने]

  • कुनैपनि घाउ, खटिरा वा काटेकोमा
राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
  • साधारण चिलाउने रोगमा

१ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]