मरिच

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

'मरिच' एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ।

Piper nigrum - Köhler–s Medizinal-Pflanzen-107.jpg
'मरिच'का काला तथा सेता दानाहरू

वनस्पति जगत्‌मा पिप्पली कुल (Piperaceae)को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच (Pepper) हो। पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ जसको व्यास लगभग ५ मिमी हुन्छ। यो मसालाको रूपमा प्रयुक्त हुन्छ।

मूल स्थान तथा उत्पादक देश[सम्पादन गर्ने]

मरिच का बिरुवाहरूको मूल स्थान दक्षिण भारत मानिन्छ। भारत बाहिर इन्डोनेशिया, बोर्नियो, इन्डोचीन, मलेशिया, श्रीलंका र स्याम इत्यादि देशहरूमा पनि यसको खेती गरिन्छ। विश्वप्रसिद्ध भारतीय गरम मसलाहरूमा, ऐतिहासिक र आर्थिक दुवै दृष्टिहरू ले, मरिचको धेरै नै महत्वपूर्ण स्थान छ। आयुर्वेदिक ग्रन्थहरूमा यसको वर्णन र उपयोग प्राचीन काल देखिनै चलि आइरहेको छ। ग्रीस, रोम, पोर्चुगल इत्यादि संसारको विभिन्न देशहरूमा सहस्रौं वर्ष पुराना इतिहासमा पनि यसको वर्णन भेटिन्छ। १५औं शताब्दीमा भास्को-डि-गामा द्वारा समुद्रमार्ग देखि भारतको सुप्रसिद्ध मलाबारको तटवर्ती इलाकाको खोजको मुख्य कारणमा पनि मरिचको व्यापारको आर्थिक महत्व नै थियो।

मरिचको बिरुवा त्रावणकोरमालाबारको जंगलहरूमा बहुलता बाट उत्पन्न हुन्छ। यसको अतिरिक्त त्रावणकोर, कोचीन, मलाबार, मैसूर, कुर्ग, महाराष्ट्र तथा असमको सिलहट र खासीको पहाडी इलाकाहरूमा बहुतांशमा पनि उमारिन्छ। दक्षिण भारत का धेरै जसो भागहरूमा यसको खेती घर-घरै गरिन्छ। वास्तवमा मरिचको भारतीय क्षेत्रको विस्तार उत्तर मलाबार र कोंकण देखि लिएर दक्षिणमा त्रावणकोर कोचीन सम्म सम्झिनु पर्छ।

व्यापार[सम्पादन गर्ने]

आज मरिच अन्तर्राष्ट्रिय व्यापारको एक महत्वपूर्ण पदार्थ हो। संसारको कुल देशहरूमा मरिचको उत्पादन गत महायुद्धको पूर्वको 96,525 मेट्रिक टन बाट घटेर लगभग 45,725 मेट्रिक टन पुगेको थियो। यति धेरै कमीको मुख्य कारण गत महायुद्धमा इन्डोनेशियाको मरिचको खेतीको सर्वनाश नै बुझनु पर्छ। अन्तर्राष्ट्रिय व्यापारमा मात्र भारतको उत्पादन नै महायुद्धको पूर्वको 18,800 मेट्रिक टन देखि बढेर 25,400 मेट्रिक टन भन्दा माथि पुगेको छ।

खेती[सम्पादन गर्ने]

मरिचको बिरुवा हरिया वृक्षहरू र दीमक बाट बचेर रहने अन्य आश्रयहरूमा झारको तरिकाले चढेर खूब फैलन्छ। यसका झाङ स्थूल एवं पुष्ट, कांडग्रन्थिहरू स्थूल केही कहिले-काँही मूलयुक्त तथा पातहरू चिप्ला, लंबाग्र, संवृत, अंडाकार तथा 10-18 सें.मी. लामा र 5-12 सें.मी. चौडा हुन्छन्। यो बाह्रैमासे बिरुवा साधारणतया 25-30 वर्ष सम्म फल्ने एवं फूल्ने पनि गर्दछ, कहीं कहीं त 60 वर्ष भन्दा पनि धेरै समय सम्म फलिएको देखिएको छ। यो बिरुवा समुद्रतट भन्दा 1,070 मीटरको ऊँचाई सम्म हुन्छ। यसले वर्षा द्वारा नै पानी पाउँछ। स्वभावत: यो बिरुवा चिस्यान प्रधान र 2,032 मिलीमीटर भन्दा अधिक वार्षिक वर्षा तथा 10रू सें. देखि 40रू सें. सम्मको तापवाला इलाकहरूमा नै फैलन सक्छ। बिरुवाहरूको विस्तारको लागि यिनको कलमि काटेर रोपिन्छ। अग्ला रुखहरूको आश्रयले मरिचको बिरुवाहरू 30 देखि 45 मीटर सम्म अग्लो चढ्छन् तर फलहरू लाई सुगमतापूर्वक उतारनेको लागि यिनलाई साधारण तथा 6-9 मीटर सम्म नै बढ्न दिइन्छ।

मरिचको गहिरो हरीयो रंग का घना बिरुवाहरूमा जुलाईको बीचमा स-साना सेता अलि हल्का पहेंलो रंगको फूल उम्रिन थाल्छन् र त्यसपछिको जनवरी देखि मार्चको बीच यिनका नारंगी रंगको फल पाकेर तैयार हुन्छन्। फल गोला हुनछन् र यसको व्यासमा 3-6 मि.मी. हुन्छ। साधारणतया तेश्रो वर्ष पश्चात्‌ बिरुवाहरू फल्न थाल्छ। सात वर्ष पछि बिरुवाहरूमा फलहरूको 100 देखि 150 मिलीमीटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न प्रारम्भ हुन्छ। गर्मीमा प्रत्येक बिरुवाहरू बाट साधारणतया 4 देखि 6 किलोग्राम सम्म मरिच प्राप्त हुन्छ। यसको प्रत्येक गुच्छामा 50-60 दाना हुन्छन। पाकेपछि ति फलहरू का गुच्छहरूलाई उतारेर जमीनमा अथवा चटाएरमा फैलाएर हाथले रगडेर मरिचका दानाहरूलाई अलग गरिन्छ। यिनलाई 5-6 दिनहरू सम्म घाममा सूक्न दिइन्छ। राम्रो सँग सुकेपछि मरिचका दुवै बोक्राहरू खुम्चिने तथा चाउरि पर्ने हुन थाल्छ र यिनीहरूका रंग गाढा कालो हुन थाल्छ। इन्डोनेशिया, स्याम आदि देशहरूमा पूर्णतया पाकेका फलहरू लाई उतारेर पानीमा भिजाएपछि, बोक्राहरू लाई बिलगाएर, सेता मरिचको रूपमा तैयार गरिन्छ। सेता मरिच पिरो र तीतोपनमा कालो मरिच भन्दा कम प्रभावशाली हुन्छ। तर स्वाद अधिक रुचिकर हुन्छ। भारत बाट प्रतिवर्ष लगभग 20 करोड रूपैयाको लागतको मरिच विदेशहरू पठाइन्छ। यस निर्यातमा अमरीकी डलरहरूको भाग लगभग 64 प्रतिशत भन्दा बढी हुन्छ।

उपयोग[सम्पादन गर्ने]

यसको दानाहरूमा ५ देखि ९ प्रतिशत सम्म पिपेरीन (Piperine), पिपेरिडीन (Piperidin) र चैविसीन (Chavicine) नामक ऐल्केलायडहरूको अतिरिक्त एक सुगंधित तैल १ देखि २.६ प्रतिशत सम्म, ६ देखि १४ प्रतिशत हरीया रंगको छिटो सुगंधित गंधाशेष, ३० प्रतिशत स्टार्च इत्यादि पाइन्छन्।

मरिच सुगंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो। आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरूमा भनिएको छ। भोक बढाउने र ज्वरो कम गर्न लाई दक्षिण भारतमा यसको विशेष प्रकारको 'रसम' खाना सँग पिइन्छ। भोजनमा मसलाको रूपमा यसको उपयोग सर्वत्र हुन्छ। पाश्चात्य देशहरूमा यसको विशिष्ट उपयोग विविध प्रकारको मासुहरूको डिब्बाबंदीमा, खाद्य पदार्थहरूको परिरक्षणको लागि र मसलाको रूपमा गरिन्छ।

औषधोपचार[सम्पादन गर्ने]

  • कपाल दुखेमा
गाईको घ्यूमा पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।
  • आधा टाउको दुखेमा
मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्टीको कपाल दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।
  • रुघाखोकी लागेमा
१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
  • पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
२५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।
  • कफ र खोकी लागेको रोगमा
१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
  • हिक्क आउनेमा
हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।
  • कफ जमेर गाह्रो भएमा
फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
  • फियो बढेमा
कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।
  • जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
  • आँखामा रतन्धो भएमा
दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
  • आँखाको कुनैपनि रोगमा
गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु समन हुन्छन् ।
  • घाँटी सुनिएमा, टंसिल बढेकोमा
पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।
  • अंग नचलेमा वा पक्षघात भएमा
मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
  • दाँत दुख्ने रोगमा
मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
  • अल्काई भएमा
एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
  • शरीर सुनिएकोमा
मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
  • अमलपित्तको रोगमा
फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
  • चिसोले कपाल दुखेमा
मरिच र दालचिनीको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
  • औलोको ज्वरोमा
नीमको बोक्रा , कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
  • पुरानो खोकीमा\
सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
  • भोक जगाउन
१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
  • दम खोकीमा
आधा चम्चा दालचिनीको धूलो , एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिचमिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
  • घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
  • पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।
  • अण्डकोष बढेमा
यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
  • अजीर्ण (खाएको नपच्ने) भएमा
छोकडा, मरिच, सिदेनुन, मुनक्का दाखजीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
  • दाँत कीराले खाएमा
दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
  • काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
  • औलोको ज्वरो आएमा
दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।
  • कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
  • घाँटी दुखेमा
राती सुत्ने बेलामा ८/१० गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  • के.आर. कीर्तिकर तथा बी.डी. बसु : इंडियन मेडिसिनल प्लट्स खंउ 3;
  • आर.एन.चोपडा इत्यादि : चोपडाज इंडिजिनस ड्रग्स अफ इंडिया;
  • बी. मुकर्जी : दि इंडियन फारमेस्युटिकल कोडेक्स, खंड 1;
  • आर.एन.चोपडा इत्यादि : ग्लासरी अफ इंडियन मेडिसिनल प्लांट्स
  • अर्नेस्ट गुंथर : दि एसेंशियल ओयल्स, खंड 5;
  • एन. एस. व्यासकर मूस : आयुर्वेदिक फ्लोरा मेडिका, खंड 1;
  • के.आर. दामले इत्यादि : रिपोर्ट अफ द स्पाइसेज एंक्वायरी कमेटी;
  • पी. एब्राहम : पेपर कल्टिवेशन यिनी इंडिया;
  • डब्ल्यु. ए. पाउचर; परफ्यूम्स, कास्मेटिक्स ऐंड सोप्स, खंड 1;
  • वाइ.आर. नेव्ज तथा जी. मजुयर : नैचुरल परफ्युम मेटीरिअल्स;
  • अर्नेस्ट पेरी : द केमिस्ट्री अफ एसेंशियल ओयल्स ऐंड आर्टिफिशल परफ्यूम्स, खंड 1


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]