आँप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

आँप
भारतीय आँप फल
वैज्ञानिक वर्गीकरण e
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: सेपिनडेल्स
परिवार: एनाकरडिसे
उपपरिवार: एनाकरडिओइडे
वंश: म्याङ्गिफेरा
कार्ल लिनियस
पर्याय[१][२]

'फानरङ्गिया पोइलाने' टार्डे

आँप म्याङ्गिफेरा वर्गमा पर्ने तथा उष्ण हावापानी भएको स्थानमा हुर्कने एक प्रकारको गुलियो तथा अमिलो फल हो।[३] यसको रूख अत्यन्त उपयोगी, दीर्घजीवी, सघन तथा विशाल हुन्छ। फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड (३,००० फिटको उचाइसम्म) हुन्छ। अनुकूल जलवायु पाउँदा यसको रूख करिब ५०-६० फिटसम्म अग्लो हुन्छ।[४] वैज्ञानिक वर्गीकरण वनस्पति जगतको ऐनाकार्डियेसी वर्गमा पर्ने आँपका केही रूखहरू धेरै नै अग्ला हुन्छन्।[५]

आँपको रूख एक फूलफुल्ने जातको, ठूलो स्थलीय वनस्पति हो। यसको फलमा दुई दलीय बिऊ हुन्छ। यसको फूल स-साना एवं समूहमा हुन्छन्। आँपको पात सरल, लामो तथा टुप्पोमा चुच्चो परेको हुन्छ। यसको जरा लामो र बलियो हुन्छ। यसको फल एक बीज भएको सरस र गुदीयुक्त हुन्छ। आँपको फल विश्वप्रसिद्ध, स्वादिष्ट र अत्यन्तै पौष्टिक फल हो त्यसैले यसलाई फलहरूको राजा पनि मानिन्छ। यसको स्वाद काचोमा अमिलो र पाकेपछि गुलियो हुन्छ।[६]

हिन्दू शास्त्रमा यसलाई अमृत फल भनिएको छ।[७] आँपमा औषधीय गुण हुन्छ। आयुर्वेदका अनुसार, आँपका पाँचै अङ्ग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन्। पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ। आँपको सेवनले भोक पनि बढ्ने गर्छ। यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ।[८]

पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन 'ए', 'सी' र 'बी' लगायत पाइन्छ। आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ।[९] आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ। ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ। आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ। साइट्रिक अम्ल भने थोरै मात्रामा हुन्छ। यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ। यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ।[१०]

आँपमा प्रोटिन ९.६ प्रतिशत, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत पाइन्छ। एक सय ग्राम आँपमा करिब ९० क्यालोरी ऊर्जा हुन्छ।

औषधोपचार[सम्पादन गर्ने]

  • कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १/४ भाग हिङसिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १/२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १/२ दिनमै ठीक हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Genus: Mangifera L.", Germplasm Resources Information Network, United States Department of Agriculture, २००९-११-२३, मूलबाट २००९-०६-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०२-१२ 
  2. "Phanrangia — The Plant List", www.theplantlist.org 
  3. "आँप खाँदै हुनुहुन्छ ? यी कुराको ख्याल-विचार गरौं", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२५ 
  4. "आँप धेरै खाए, यस्तो हुन्छ असर", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२५ 
  5. "आँप खेती गर्ने तरिका", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२५ 
  6. "फलको राजा ‘आँप’ को महत्व", न्युज अभियान (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२५ 
  7. "फलको राजा आँपका फाइदैफाइदा", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२५ 
  8. "आँप फलको राजा मात्र होइन, हजारौ रोगको उपाय पनि हो, जान्नुहोस् आश्चर्यजनक फाइदाहरु", ज्ञानविज्ञान (नेपालीमा), २०२०-०७-०९, अन्तिम पहुँच २०२१-१२-२५ 
  9. "यस्ता छन् आँप खानुका फाइदा", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२५ 
  10. "Kantipur-समय आँपको - कान्तिपुर समाचार", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

"https://ne.wikipedia.org/w/index.php?title=आँप&oldid=1051992" बाट अनुप्रेषित