सामग्रीमा जानुहोस्

मह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रकृतिमा पाईने माैरिले आफ्ना सन्तान (छाउरा) लाई हुर्काउन वा खुवाउन वा अफसिजनमा आफैले खानका लागि उसकाे गाेलामा चाका फ्रेम वनाई काेष भित्र सिल गरिएकाे र गाेला भित्रै रहेकाे अवस्थाकाे वाक्लाे, गुलियाे, वासनादार, स्वादिलाे, पाैष्टिकता भएकाे माैरिकाे खानालाई मह भनिन्छ। कर्मि मौरी, भाले मौरी र रानो मौरी वाहेक गोलाभित्र छाउरा कक्षमा मह साथसाथै अन्य कुराहरु पनि हुन्छन, जस्तै मैनवाट वनेको चाका; कोष भित्र पुष्पकण वा पोलनहरु, रानी मौरीले कोषको तल पिंधमा राखेको अण्डा, छाउरा तथा प्युपा रहेका हुन्छन। घारको शुरक्षाका लागी युराेपियन कर्मि मौरीले चोप वा प्रोपोलिसको लेप लगाएका हुन्छन।

मानिसकाे प्रयाेजनका लागि चाकालाइ वाहिर निकालि सेलुलर क्याप हटाई हार्भेष्ट गरिने हुनाले यस्ताे अवस्थाकाे महमा वातावरणिय प्रदुषण, थपिएकाे ओस, हार्भेष्टिङ कन्ट्यामिनेन्ट्स, हेभि मेटल सँग छुवाछुत, विषादि स्प्रे आदिकाे संपर्कमा आई अखाद्य वन्न सक्ने भएकाले धेरैजसाे प्राकृतिक गुणहरू कायम नहुन सक्तछन। तसर्थ मौरीको घार भित्र फ्रेमका कोषमा सिल गरीएको अवस्थाको पदार्थलाइ मात्र मह भन्नु पर्दछ। साथै मौरी चरन क्षेत्रमा र गोलाभित्र प्रदुषण वा विषादी प्रवेश नपावस भन्नका लागी माौरीपालन गरीने ठाउँ वा माौरीखर्क प्रदुषण गर्ने क्षेत्र भन्दा १-३ किमि टाढा हुनु पर्दछ तवमात्र मह खानयोग्य मानिन्छ।

बिश्व वजारमा ल्याइने कुल महको परिमाण बनस्पति श्रोतको क्यारीङ क्यापासिटि (कति गोलालाइ खाना पुग्छ), मौसमको अनुकुलता, एकल वनस्पति श्रोतमा आधारीत महका लागि उक्त वनस्पति प्रकृतिमा उगेको क्षेत्रफल, मौरीखर्क वरपर फुल फुल्ने वनस्पतिहरुमा पुस्परसको परिमाण, गोलाको स्वास्थ, व्यवस्थापन गरीएका मौरी गोलाको सँख्या, अफ सिजनमा मौरीलाइ वैकल्पिक खाद्यको व्यवस्था, मह काढीएको गोलाको सँख्या, रजिष्टर्ड बार्षिक मह उत्पादन लक्ष र त्यसमा शँसोधन, मह आयात निर्यात वा खरीद सम्झौता, गोला व्यवस्थापन तथा गोला शुरक्षा खर्च आदिमा भर पर्न सक्छ। पर्याप्त मौरी चरनको व्यवस्था गरेमा तथा बाह्रै महिना फुल फुल्ने वनस्पतिहरुको खेती गरेमा मात्र मौरीपालनलाइ व्यवसायीक र दिगो वनाउन सकिन्छ। धेरै तातो वा धेरै चिसो तथा हावा लाग्ने ठाउँमा मौरीपालन फस्टाउन सक्दैन। व्यवसायीक कृषि खेती गरीएको स्थानहरुमा बिषादीको प्रयोग भएको हुनसक्ने हुनाले त्यस्ता स्थानमा उत्पादित मह खानका लागी अयोग्य हुन सक्छ किनकि प्रयोगशालामा बिषादीको अवशेष परिक्षण पश्चात मात्र खान हुने नहुने प्रमाणिकरण गर्न सकिन्छ। महमा बिषादि अवशेष परिमाणका आधारमा प्रत्येक देशले आ-आफ्नै मापदण्ड वनाएका हुन्छन। जापान तथा चिनको तथ्याङ्क केलाउँदा दोश्रो वा तेश्रो पुस्ताले व्यवसायीक पालेका मौरीपालन मात्र सफल भएको पाइन्छ।

तलको लेखमा पाकेको मह, काँचो मह र प्रशोधित महको भिन्नता तथा महको खानहुने म्याद सकिने अवधि (एक्सपेयरी डेट) वारेमा प्रष्ट पार्ने प्रयास गरीएको छ। अप्रशाेधित, काँचाे वा प्रशोधित (उमालेर पानिकाे मात्रा घटाईएकाे, वजारमा ल्याईने) महकाे गुणस्तर वा परिभाषामा आकाश जमिनकाे फरक छ। मानिसले पाल्ने मौरी घारमा छाउरा कक्ष वा ब्रुड च्याम्वर तथा मह कक्ष वा सुपर च्याम्वर हुनु पर्दछ। सामान्य त छाउराकक्षको फेमवाट मह काढनु हुँदैन। सुपर कक्षका सिल भएका फ्रेमवाट मात्र मह काढनु पर्छ तथा यस्तो महलाइ मात्र महको महको मान्यता दिनु पर्दछ। मौरी प्रजातिको प्रजनन वा बंश सुधार, पर्याप्त चरन व्यवस्थापन र उचित गोला व्यवस्थापन, मौसमको व्यवस्थापन गरेमा मात्र सुपर कक्षवाट मह उत्पादन हुन सक्तछ।

पाकेकाे मह

चाकामा सिल भएकाे र पर्याप्त समय दिए पछि चाका मै छिप्पिएकाे सेल भएका फ्रेमवाट सिललाई हटाई (डि-क्यापिङ गरि) महदानिमा घुमाएर फ्रेमवाट बाहिर झारिएकाे महलाई पाकेको तथा अप्रशाेधित मह (र हनि) भनिन्छ । चाकामा छिप्पिएको मह लामो समय सम्म विग्रदैन र गोलाले अफ सिजनमा खानका लागी भण्डारण गरेर राख्न योग्य वन्छ। कोषमा शिल गरीएको हुनाले यस्तो महमा वाहिरवाट प्रदुषण, ओश तथा विषादी मिसिने सम्भावना रहँदैन। राम्रो सिजनमा छाउरा कक्षवाट पनि २-४ फ्रेम यस्ताे मह प्राप्त हुन सक्तछ।

काँचो मह

फुलफुलेकाे सिजनमा कर्मि माैरिले फुलकाे रस जम्मा गरि चाकाकाेषमा भण्डारण गरिएकाे र छिप्पिनका लागि पर्याप्त समय अघि नै (सिल नभएकाे चाकाकाे फ्रेमलाई) महदानिमा राखेर बाहिर झारिएकाे अवस्थाकाे महलाई काँचाे मह भनिन्छ। खाशमा यो पुष्परस मात्र हो, मह वनि सकेको हुँदैन। चाकाको कोष भित्र मह छिप्पिने प्रकृया हुन्छ, कर्मि मौरीले सो कार्य गर्छन। नेपालको मौरीपालनमा गोलाभित्र मह छिप्पिन पहाडमा ५-७ हप्ता र तराइको गर्मीमा ४-६ हप्ता लाग्ने वताइन्छ।

प्रशोधित मह

सुपर कक्षकाे माैरि फ्रेममा छिप्पिएका, सिल भएका तथा महदानिकाे सहयाेगमा बाहिर निकालिएकाे (एक्सट्याकटेड); मैनका टुक्रा, कुट, माैरि शरीर वा उसका अँगका विविध भागहरू, अन्य फरेन म्याटरहरू हटाई सफा तथा भण्डारण याेग्य वनाउन ३५-४० डिग्रि सम्म तताई (वाटरवाथ हिटिङ सिष्टम) फिल्टर गरिएकाे तथा तत्काल प्याक गरिएकाे महलाई प्रशाेधित मह भनिन्छ।

महको एक्सपायरी डेट

गोला भित्र सुपर कक्षमा सिल भएका, छिप्पिएका तथा कोष भित्रै रहेको अवस्थाको महको एकस्पेरी डेट हुँदैन किनकि मौरीले नबिग्रने गरी कोषमा राखेको हुन्छ। तर माौरी गोला भित्रवाट चाकालाइ वाहिर निकाली डिक्यापिङ गरी हार्भेष्टिङ वा एकस्ट्राक्शन गरी हावाको संपर्कमा आएका तथा मानव प्रयोगका लागि प्याक भएका र वजारमा ल्याइएका महको एक्सपेरी डेट कानुनले तोके वमोजिम हुनेछ।

मौरीहरूले विभिन्न प्रजातिका वनस्पति -जडिबुटीसहित)हरूको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ

परिचय[सम्पादन गर्नुहोस्]

आयुर्वेदिक औषधीय गुण भएको 'खाए पनि ठीक लाए पनि ठीक' बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।

शक्तिबर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण -धुलो) एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो उपलब्धिमूलक नै रहेको छ । ह्प्तामा दुई-तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । महमा बहुगुण हुने भएकोले हुनाले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ । दैनिक खानमा पोषिलो तìवको कमी हुँदै गइरहेको र बच्चाहरूको रुचि अखाद्य वस्तुहरूमा वृद्धि हुँदै गइरहेको हुनाले विशेष गरी आˆना बाल-बालिकाहरूलाई रोग न्युनीकरणका लागि पनि हरेक दिन आयुर्वेदिक खानाको प्रयोग बढाउँदै लैजानु उपयुक्त देखिन्छ

दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ । विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • अमलपित्तको रोगमा
फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
  • दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।
  • रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
  • टंसिल भएमा
टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
  • शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
  • अल्काई भएमा
एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
  • घाँटी बसेमा
एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।
  • भोक जगाउन
१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
  • खोकी लागेमा
दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
  • कफ जमेर गाह्रो भएमा
फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
  • स्त्रीको मासिक धर्म रोकिएमा
बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
मह मलाई सर्है मन पर्छ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

Changes occurring in honey during ripening under controlled conditions based on pollen analysis and electrical conductivity. January 2008. Journal of Apicultural Science 52(2):45-53

Investigation of the Maturity Evaluation Indicator of Honey in Natural Ripening Process: The Case of Rape Honey. Citation: Guo-Zhi Zhang † , Jing Tian †, Yan-Zheng Zhang , Shan-Shan Li, Huo-Qing Zheng and Fu-Liang Hu. Foods 2021, 10, 2882. https://doi.org/10.3390/foods10112882

An effective and economic method to produce re-ripe honey with honeybee colonies. July 2019 Food Science and Technology (Campinas) 39(3) DOI:10.1590/fst.23618

Impact of honey harvesting and processing methods on honey quality in West Nepal. Saville, Naomi M.1, Shrestha, Maha Laxmi2, Acharya, N.P.1, Joshi S.R.

�������यो पनि हेर्नुहोस

"https://ne.wikipedia.org/w/index.php?title=मह&oldid=1199795" बाट अनुप्रेषित