सामग्रीमा जानुहोस्

कार्बोहाइड्रेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्लुकोज, कार्बोहाइड्रेट को एक उदाहरण हो जसमा ६ कार्बन, ५ (हाइड्रो अक्साइल ( OH समूह) र 1 एल्डिहाइड समूह हुन्छ।

कार्बोहाइड्रेट्स, कार्बनिक पदार्थ हो जसमा कार्बन, हाइड्रोजन अनि अक्सिजन हुन्छन्। यसमा हाइड्रोजन अनि अक्सिजनको अनुपात जलको समान हुन्छ। केही कार्बोहाइड्रेट्स सजीवहरुका शरीरका रचनात्मक तत्वहरूको निर्माण गर्दछन् जस्तो कि सेल्यूलोज, हेमीसेल्यूलोज, काइटिन तथा पेक्टिन। जबकि केही कार्बोहाइड्रेट्स उर्जा प्रदान गर्दछन्, जस्तो कि मण्ड, शर्करा, ग्लूकोज, ग्लाईकोजेन। कार्बोहाइड्रेट्स स्वादमा गुलियो हुन्छन्। यो शरीरमा शक्ति उत्पन्न गर्ने प्रमुख स्रोत हो। शरीरलाई शक्ति र गर्मी प्रदान गर्नका लागि बोसोले जस्तै यसले कार्य गर्दछ। कार्बोहाइड्रेट्स बोसोको अपेक्षा शरीरमा चाँडै पच्छ। शरीरलाई कार्बोहाइड्रेट्स दुइ प्रकारले प्राप्त हुन्छन्, पहिलो माड अर्थात स्टार्च तथा अर्को चीनी अर्थात शूगर। गहुँ, ज्वार, मकै, बाजरा, मोटो अन्न तथा चामलदाल तथा जरा वाला तरकारीमा पाइने कार्बोहाइड्रेट्सलाई माडी भनिन्छ। केरा, अम्बा, उखु, सखरखण्ड, खजूर, छोकरा, मुनक्का, नेभारो, शक्कर, मह, गुलियो तरकारी, सबै गुलियो मल्यदेखि प्राप्त हुने कार्बोहाइड्रेट्स अत्यधिक शक्तिशाली र स्वास्थ्यका लागि लाभदायक हुन्छन् तर यसको अधिकता अनेक खतरनाक ज्यान लिने रोगहरूलाई पनि जन्म दिन्छ जसमा प्रमुख रूपले अजीर्ण, मधुमेह, झाडापखाला रोग हुन्छन्। यसमा अत्यधिक मोटापनले पनि जीवनलाई खतरा उत्पन्न हुन जान्छ।

कार्बोहाइड्रेट तीन प्रकारको हुन्छ:

मोनो-स्याकराइड्स

[सम्पादन गर्नुहोस्]

यो सरल प्रकारको कार्बोहाइड्रेट हो। यसको जलीय अपघटन (Water Decomposition) सम्भव हुँदैन । यो आधारभूत कार्बोहाइड्रेट हो।ये पानीमा घुल्छ। उदाहरण - पेण्टोज, हेक्सोज (ग्लूकोज) आदि।

ओलिगो-स्याकराइड्स

[सम्पादन गर्नुहोस्]

२ देखि १० मोनो-स्याकराइडको संगठनबाट अओलिगो-स्याकराइड को निर्माण हुन्छ। जस्तै - सुक्रोज सुक्रोज, माल्टोज, ल्याक्टोज आदि।

पोलि-स्याकराइड्स

[सम्पादन गर्नुहोस्]

यो १० देखि १००० वा अधिक मोनो-स्याकराइडबाट निर्माण हुन्छ। यो पानीमा घुल्दैन। जस्तै- स्टार्च, सेल्यूलोज, ग्लाइकोजन, काइटिन आदि।

Glucose tablets
केहि साधारण खानाको सुगर प्रतिशत (ग्राम प्रति १०० ग्राम)[]
खाद्यन्न
item
कार्बोहाइड्रेट,
कुल,A including
dietary fiber
कुल
चिनी
Free
फ्रुक्टोज
Free
ग्लुकोज
सुक्रोज Ratio of
fructose/
glucose
Sucrose as
proportion of
total sugars (%)
फलफुल
स्याउ13.810.45.92.42.12.019.9
Apricot11.19.20.92.45.90.763.5
केरा22.812.24.95.02.41.020.0
Fig, dried63.947.922.924.80.90.930.15
अङ्गुरs18.115.58.17.20.21.11
Navel orange12.58.52.252.04.31.150.4
आरु9.58.41.52.04.80.956.7
नस्पाती15.59.86.22.80.82.18.0
भुँइ कटहर13.19.92.11.76.01.160.8
आलुबखडा11.49.93.15.11.60.6616.2
सब्जी
चुकंदर, red9.66.80.10.16.51.096.2
गाँजर9.64.70.60.63.61.077
खुर्सानी, sweet6.04.22.31.90.01.20.0
लसुन, sweet7.65.02.02.30.70.914.3
सखर खण्ड20.14.20.71.02.50.960.3
तरुल27.90.5TracesTracesTracesTraces
उखु13–180.2–1.00.2–1.011–161.0high
Sugar beet17–180.1–0.50.1–0.516–171.0high
अन्न
मकै, sweet19.06.21.93.40.90.6115.0

^A The carbohydrate value is calculated in the USDA database and does not always correspond to the sum of the sugars, the starch, and the "dietary fiber".

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]
  1. "FoodData Central", fdc.nal.usda.gov