चामल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिश्रित चामल: सेतो चामल, खैरो चामल, रातो चामल र जङ्गली चामल

घाँस प्रजाति अन्तर्गत पर्ने एसियाली धान ('ओरिजा साटिभा') र अफ्रिकी धान ('ओरिजा ग्लेबेरिमा') को बिउलाई चामल भनिन्छ। यो धानको बोक्रा हटाएपछि प्राप्त हुने गर्दछ। अन्नको दानाको रूपमा मुख्यतया एसियाअफ्रिका लगायत संसारभर विश्व जनसङ्ख्याको ठूलो भागद्वारा खाने प्रमुख भोजन हो। उखु (१.९ बिलियन टन) र मकै (१.० बिलियन टन) पछि चामल (सन् २०१४ मा ७४१.५ मिलियन टन)[१] संसारको सबैभन्दा बढी उत्पादन हुने उपयोगी कृषि वस्तु हो।[२]

मानव उपभोगको लागि मात्र नभएर उखु र मकैको बालीको ठूलो भागलाई बहुउद्देश्यको परिपूर्तिको लागि प्रयोग गर्ने गरिन्छ तर चामल मानव पोषण र क्यालोरी मात्राको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण खाद्यान्न हो जसले संसारभरि मानव जातिद्वारा खपत गर्ने क्यालोरीको पाँचौ हिस्सा प्रदान गर्दछ। चामलको विभिन्न किसिम, पकाउने विविधता र परिकारमा क्षेत्रीय भिन्नता रहेको छ।

एकदलीय वनस्पति धानलाई सामान्यतया वर्षेबालीको रूपमा रोप्ने गरिन्छ, हुनत उष्णकटिबन्धीय क्षेत्रहरूमा धान बाह्रमासे बालीको रूपमा समेत रोप्ने गरिएको छ।[३] धानको बिउलाई राम्ररी संरक्षण गरेर राखेमा यसले ३० वर्षसम्म बाली उत्पादन गर्न सक्छ। धानको खेती कम श्रम लागत र बढी वर्षा हुने देशहरू र क्षेत्रहरूको लागि पूर्ण रूपमा अनुकूल हुन्छ, किनभने धानको खेती गर्नको लागि पर्याप्त मात्रामा पानीको आवश्यकता हुने गर्छ। यद्यपि, पानीलाई नियन्त्रण गर्नसक्ने प्रणालीको उपयोग गरेर पहाडी क्षेत्र र ढलानमा समेत व्यावहारिक रूपले धानको खेती गर्न सकिन्छ। धानको मूल प्रजाति एसियाअफ्रिकाको भूभागसँग सम्बन्धित भए पनि शताब्दीदेखि हुँदै आएको व्यापार र निर्यातले गर्दा संसारको कयौं संस्कृतिहरूमा यसले स्थान पाइसकेको छ। चामलमा फाइबर, भिटामिन, क्यालसियम, आइरन, थायमिन र खनिज जस्तो पोषक तत्वहरू विद्यमान हुन्छ। नेपालमा उत्पादन हुने जुम्ली मार्सीबासमती चामल लोकप्रिय रहेको छ।[४]

विभिन्न भाषामा नाम[सम्पादन गर्ने]

संस्कृतमा चामललाई 'तण्डुल', मैथिलीमा 'चउर' र तमिलमा 'अरिसि' भन्ने गरिन्छ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "World Rice Production by Country", एटलस बिग (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-२१ 
  2. "उत्पादन कम, खपत बढी", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२१ 
  3. "धान उत्पादन अहिलेसम्मकै उच्च, खाने भुँडी बढ्दा चामलको आयात बढ्यो", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२१ 
  4. "मार्सी धान जोगाउनै मुस्किल", शिलपत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२१ 

बाह्य कडीहरू[सम्पादन गर्ने]