आलुबखडा
आलुबखडा | |
---|---|
![]() | |
आलुबखडाको दाना र काटेको आलुबखडा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
(श्रेणीविहीन): | फूल फुल्ने |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Rosales |
परिवार: | Rosaceae |
उपकुल: | Maloideae or Spiraeoideae [१] |
वंश: | Prunus |
Subgenus: | Prunus |
Species | |
See text. |
आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो। यसको फल अमीलो / गुलियो हुन्छ र यसबाट जाम पनि बनाइन्छ। यो रातो, कालो, पहेंलो र कतै-कतै हरियो रंगको पनि हुन्छ। आलुबखडाहरूको स्वाद गुलियो र अमिलो हुन्छ, अक्सर यसको फलको पातलो बोक्रो धेरै चुकिलो हुन्छ। यसको गुदी रसदार हुन्छ र यसलाई या सीधै खान सकिन्छ या यसको जाम बनाउन सकिन्छ। यसको रसमा खमीर उठेपछी आलुबखडाको रक्सी पनि बनाईन्छ। सुखाएको आलुबखडालाई धेरै ठाउँमा खाइन्छ र यसमा एन्टी-अक्सिडेन्ट हुन्छ जसले केही रोगहरूबाट शरीरलाई सुरक्षित राख्नमा सहयोगी हुन सक्छ । आलुबखडाको धेरै किसिममा कब्जको उपचार गर्ने पदार्थ पनि हुन्छ।
अन्य भाषामा[सम्पादन गर्ने]
अङ्ग्रेजीमा आलुबखडालाई "प्लम" (plum) भनिन्छ। फारसीमा यसलाई "आलु (" (آلو) भनिन्छ। स्मरण रहोस आलुलाई फारसीमा "आलु जमीनी" भनिन्छ (अथवा जमीनमा उप्जने आलुबखडा)। कश्मीरीमा आलुबखडालाई "अSर" भनिन्छ ("अर" मा "अ" लाई खिचेर लामो लामो भाषामा बोल्नु पर्छ - संस्कृतमा यसको चिह्न "S" हुन्छ र त्यही यहाँ प्रयोग गरिएको हो)।
चित्र दिर्घा[सम्पादन गर्ने]
पहेंलो रंगको मिराबल आलुबखडा
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Potter, D.; Eriksson, T.; Evans, R.C.; Oh, S.H.; Smedmark, J.E.E.; Morgan, D.R.; Kerr, M.; Robertson, K.R.; Arsenault, M.P.; Dickinson, T.A.; Campbell, C.S. (2007). Phylogeny and classification of Rosaceae. Plant Systematics and Evolution. 266(1–2): 5–43.
![]() |
विकिमिडिया कमन्समा Plums सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |