रक्सी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एक नेपाली महिला रक्सी पार्दै

रक्सी जाँड लाई पकाएर त्यसको वाफबाट बनाइने मादक पदार्थ हो। विश्वमा रक्सीका सयौं प्रकारहरू छन्। नेपालीमा भने साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई रक्सी भनिन्छ। सामन्यतया रक्सी कोदो वा चामल जस्ता अन्नहरूबाट बनाइन्छ ।[१]

रक्सी कार्बन, हाईडोजन, र अक्सिजन मिस्रित रासायनिक यौगिक हो । कार्बोहाइड्रेट यूक्त खाद्दयपदार्थ कुहिएपछि प्राकृतिक रुपमा अल्कोहोल, अर्थात मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । अन्न तथा फलफुललाई कुहाएर त्यसमा मर्चा (यीस्ट नामक ब्याक्टेरिया) हालेर जाँड बनाउने गरिन्छ । यस्ता पदार्थमा चीनी तत्व पाइन्छ । सोहि तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्छ ।

हामीले खाएको खाना आमाशयले पचाउन समय लगाउँछ तर रक्सी निकै छिटो सोस्ने गर्दछ । रक्सीसेवन गर्ने बित्तिकै करिब २० प्रतिशत अल्कोहल तुरुन्तै सानो आन्द्रामा पुगी सोसीएर रगतमा मिसिन्छ । तत्पश्चात शरिरको सबै कोषकोषिकाहरु प्रवाह हुन्छ । जसलाई हामी ‘रक्सी लाग्नु’ भनेर बुझ्छौं ।

रक्सी लागिसकेपछी सेवनकर्ताले समाज, संस्कृति, नीति, मान्यता एवं दिमागी सन्तुलन गुमाउँछ । तत्पश्चात सेवनकर्ता आपराधिक गतिविधि जस्तै: गालीगलौज, होहल्ला, कुटपाट, लडाईझगडा, चोरीडकैतीको अवस्थामा पुग्दछ । जसका कारण सेवन कर्ता दुर्घटित हुन् पुग्दछ या दुर्घटना निम्ताउन पुग्दछ ।

विज्ञान भन्छ, “रक्सी मानिसको दिमागलाई डिप्रेस बनाउने तथा लत लगाउने एक प्रकारको लागूऔषध हो ।” रक्सी सेवनकर्ताको केन्द्रिय स्नायु प्रणालीको गति कम गराई मस्तिष्कका विभिन्न कोषहरु बीचको पारस्परिक सम्बन्ध निर्माणमा तगारो बनेर उभिदिन्छ । जसका कारण व्यक्तिको कुनै पनि कुराको ग्रहण क्षमता, श्रव्य क्षमता, दृश्य, भावना, आवेग, शारीरिक गतिशिलतामा क्षयीकरण भइ मानिस अव्यवस्थित, अव्यावहारिक र अस्वाभाविक बन्ने गर्दछ । अत्याधिक रक्सीसेवनका कारण पारिवारिक, सामाजिक र आर्थिक हैसियत निर्माणमा सेवनकर्ता पछाडि पर्ने गर्दछ । साथै सामाजीक तवरले उच्छृङ्खल, अराजक, अनैतिक, असभ्य एवं गैर जिम्मेवार बन्न पुग्छ ।


इतिहास:

मदिरा सेवन भर्खर भर्खर शुरु गरिएको चलन भने होईन । मदीरा सेवन परम्परा मानव जाती कै उत्प्पति जत्तिकै पुरानो भेटिन्छ । हरेक प्राचिन मानव समाजमा अन्न तथा फलफूलको अलावा जनावर, पशुपंक्षीका छाला/मासु कुहाएर समेत मदिरा उत्पादन, संकलन र सेवन गरिँदै आइएको विविध तथा विस्तारित चलनचल्तीहरु भेटिन्छन् । परापुर्वकालिन धर्मग्रन्थ तथा पुराणहरुमा पनि विषजन्य पदार्थको रुपमा सोम, प्रहामना जस्ता नाम दिइएर रक्सी वर्णन गरिेेेएको भेटिन्छ । अन्नबाट यदि बनाइएको हो भने त्यो असुरहरुले प्रयोग गर्दथे र त्यसलाई विष भनिन्थ्यो । यद्दपी वनस्पतिबाट बनाइएको छ भने त्यसलाई अमृत भनिएको र त्यसलाई भगवानहरुले चोटपटक लाग्दा औषधीको रुपमा प्रयोगमा ल्याएको कथनहरु भेटिन्छ ।

सि.एन.एनले संसारको पचास मीठो पेय पदार्थको सूचिमा ४१औँ स्थानमा राखेर यसरी वर्णन गरेका थियो -," कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ र पिउँदा घाँटीमा एकैछिन पोलेपनि पछि अचम्मको रुपमा आन्नदायी हुन्छ । नेपालीहरु रक्सी चाडपर्वमा पिउँछन् तर हामीलाई लाग्छ रक्सी नै चाड मान्नुपर्ने कारण हो।"[२]

अत दैनिक जीवनमा रक्सीको असामान्य प्रयोग स्वास्थ्यका लागि हानीकार मानिन्छ |


औषधोपचार[सम्पादन गर्ने]

  • हैजा लागेमा
हैजाले हातखुट्टा चिसो भएमा शुद्ध रक्सीमा कपुर मिलाएर एक\एक चम्चा पानीमा हाली खान दिएमा हात गोडा तातेर आउँछ र हैजा ठीक हुँदै जान्छ ।

जनजातिय परम्परामा[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

ग्रन्थसूची[सम्पादन गर्ने]

  • Blue, Anthony Dias (2004). The Complete Book of Spirits: A Guide to Their History, Production, and Enjoyment. New York: HarperCollins Publishers. ISBN 0-06-054218-7. 
  • Forbes, Robert (1997). Short History of the Art of Distillation from the Beginnings up to the Death of Cellier Blumenthal. Brill Academic Publishers. ISBN 90-04-00617-6. 
  • Multhauf, Robert (1993). The Origins of Chemistry. Gordon & Breach Science Publishers. ISBN 2-88124-594-3. 
  • सुर्य अस्त नेपाल मस्त (https://www.sallerikhabar.com/archives/56923)

बाह्य सूत्र[सम्पादन गर्ने]