तोङवा
स्वरूप
| परिकार | पेय |
|---|---|
| उत्पत्ति स्थान | नेपाल |
| क्षेत्र वा राज्य | नेपाल, सिक्किम, दार्जलिङ, भोट र भुटान |
| मुख्य सामग्रीहरू | कोदो, मर्चा, पानी,गहू,मकै, |
'तोङ्बा' - ཏོང་བ- छ्याङ् तङ्बा - ཆྭང་ཏོང་བअथवा तुङ्वा - काठको भाँडोमा हालेर तातो पानी थप्दै बाँसको नलीले पिउँदै गरिने एक किसिमको कोदोको जाँड अर्थात शेर्पा/भोटे भाषामा छ्याङ् ཆྭང भनिने उच्च हिमाली पुर्बी भेकमा तोङ्वा ཏོང་བ असाध्यै लोकप्रिय मानिन्छ। नेपालका शेर्पा र लिम्बू समुदायमा ताेङबा माैलिक र धार्मिक कारणले निकै महत्त्व मानिन्छ र अन्य जनजातिमा पनि तोङ्वाको सास्कृतिक महत्त्व रहेको छ। तोङ्बा लामो समय सम्म गाउँ वस्तीका हरेक शेर्पा र लिम्बु समुदायले पाहुनालाई आधार समान गर्दा होस या अन्य परम्परागत बिहे भोज बतेर गर्दा पेय पधार्थको रुपमा प्रयोग गरिन्छ पेयशाला मा बढी प्रचलीत भएतापिन हिजो आज शहरमा समेत परम्परागत नेपाली खाना पस्कीने भोजनलाय का पेयशाला मा पाउँन थालिएकोछ।
