लिम्बु जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(लिम्बू जाति बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लिम्बू, याक्थुङ
Limbu girls.jpg
परम्परागत पहिरनमा सजिएका लिम्बु महिलाहरू
जम्मा जनसङ्ख्या
700,000 नेपाल/भारत
बसोबास क्षेत्रहरु
लिम्बुवान
 नेपाल
 तिब्बत
 भारत 30,000[स्रोत नखुलेको]
 म्यानमार 46,100[स्रोत नखुलेको]
 सिक्किम
 सिङ्गापुर*
 अमेरिका
 संयुक्त अधिराज्य*
 हङकङ*
 भुटान
 दक्षिण कोरिया
भाषा

लिम्बुभाषा (याक्थुम्पान), नेपाली

धर्म

प्रमुख हाङ्साम साम्यो(किरात धर्म), युमा/थेवा साम


लिम्बु नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। याक्थुङ पनि भिनिने लिम्बुहरू पुरानो किराँत राज्यको वा पूर्वी नेपालका पाहाडी क्षेत्र र अझ पूर्वका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ 'धनुर्धारी' हुन आउछ। उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुंग भन्छन् भने तिब्बतमा उनीहरूलाई शोंग, जोंग वा द्रेंजोंखा (དརེན་འཛང་ཀ་) अनि सिक्किमतिर सांग, चोंग (འསང་) भनिन्छ। उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बुहरू बस्छन[१][२]

मौलिक लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ छन्। यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरूमा पनि छरिएर रहेका छन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीकामाध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्।

इतिहास

लिम्बु पुरुष र महिला, सन् १८००को उत्तरार्धतिर खिचिएको

मानवशास्त्री र इतिहासविद्हरूका अनुसारमानव एक चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बुहरू चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिकामानिसहरू थाइल्याण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ। म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरूसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरू आसामको कमरूप हुँदै आजको किराँत प्रदेशमा बसोबास गर्न थालेका हुन्। तथापि, यिनीहरू चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजीकको सम्बन्ध छैन। इण्डो-मंगोलोइड नश्लका किराँतहरूको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए। किरातीहरूले पश्चिममा काठमाडौं उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गरेका थिए। विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुण, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौंको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौं उपत्यकामा खसहरू गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे। उपत्यका भित्र किराँत गोत्रका भोट बर्मेली भाषा बोल्नेहरू र खसहरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू (गोपालवंशी पनि भनिन्छ)ले किराँतसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनैतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो। यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादरमाबोहाङका अनुसार ३३ पुस्तासम्म किराँत राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए।

नेपालका आदिवासी जनजातिहरू मध्ये किराँत समुदाय अर्न्तर्गत पर्ने लिम्बु एक जाति हो। लिम्बु जातिको आदिकाल देखिको बसोबासको क्षेत्र अरुण नदीदेखि पूर्व सिक्किमसम्म हो। संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ्ग, पाँचथर र इलाम लिम्बुहरूको मुख्य थलो हो। साथै सुनसरी, मोरङ, झापा, तथा काठमाडौंंमा पनि बसोबास रहेको छ। लिम्बुहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा र येवा-येमा पुरोहित हुन्। लिपि "सिरिजङ्गा लिपि" हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बुको मौलिक परम्परा हो। २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६% लिम्बु जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। कुनै समय आफ्नो अधिकार जमाई राज्य गरी बसेका शक्तिशाली लिम्बु जाति आज आएर ओझेलमा परेको आभाष पाइन्छ। तैपनि हाल श्री ५को सरकारले जनजातिको उत्थानमा देखाएको सदासयतालाई प्रशंसनीय रूपमा लिनु पर्दछ।

दश लिम्बुको आवागमन र रीति थीति कइरनमासिक अङ्क ६,माघ २०४८बाट उद्घृत ताइश्यान वंशीहरू नाम्मावबाट उत्तर पश्चिम दिशा लागि बसाइँ आएका थिए। तिनीहरूले आफ्नो किपट पातकोइ पहाड र चिन्डविन नदिको बीचको खामति भन्ने जग्गामा वनाए र तिनीहरूले त्यहाँ धेरै पुस्तासम्म राज्य गरे। इसाको छैटौं शताब्दीपछि यहि खामति भन्ने जग्गाबाट दश चिनिया र्सदारहरूले आफ्नो शाखा सन्तान उठाइ पातकोइ पहाड नाघी आसाम बसाइँ आए। तर यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (बनारस)को मैदानमा आइ बसे। त्यसबेला काशीमा हिन्दू धर्मको प्रचार भइरहेन्थ्यो। हिन्दुस्तानमा आइ बस्ने मंगोली, शक, कुशान, ग्रीक राजाहरू राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गनिएका थिए। राजपूत राजाहरूले हिन्दू मतमा नआउँने हुण जातिलाई देशबाट निकालिसकेका थिए। त्यसैले दश चिनिया र्सदारहरूलाई काशी छोड्न कर लाग्यो। यिनिहरू उत्तर पूर्वका पहाडी खण्डमा बसाइँ आए। यी दश र्सदारहरूका नाम यिनै हुन्।

  1. थोसोदिङ काङलाईङ हाङ्ग
  2. थिन्दाङ सवारोहाङ्ग
  3. थोसोदिङ हाम्लेवा सावारो हाङ्ग
  4. थोदिङ ताँसाक सावारो हाङ्ग
  5. योको दिङ सावारो
  6. मोगुपलुङमा लाङसो दिङ सावारो हाङ्ग
  7. योकफोदिङ सावारो हाङ्ग
  8. मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
  9. मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
  10. योकफोदिङ्ग इगाङ लाईङबो हाङ्ग
  11. तोतादि तोइङबो हाङ्ग

उपर्युक्त दश सरदारहरूका साथमा तीन पुरोहितहरू थिए।

ती हुनः

  1. फेजिरी फेदाङ्गमा
  2. साम्बा हाङ्ग इपलीङ्ग हाङ्ग साम्ब
  3. साम् मुन्धुम येप मुन्धुम। यी पुरोहितहरूको सल्लाह बमोजिम यो दश र्सदार यिनका रैयतहरू चल्थे।

फेजीरि फेदाङमाले जन्मदा-मर्दा, विवाह-शादी इत्यादि कर्म-काण्डको भार लिएका थिए। साम्बा हाङ इवली हाङ साम्बले दुःख विमारमा वैद्यको काम गर्थे। साम मुन्धुमले वंशावल इतिहास इत्यादि लेख्दथे। त्यसबेला उत्तर-पूर्व नेपाल अर्थात "फेदाप" राज्यमा आठ आपुगीं राजाहरू थिए। ती हुनः (फेदाप भन्नाले त्यसबेला समस्त वर्तमान लिम्बुवान देश बुझाउथ्यो।)

  1. होन्देन् हाङ
  2. याकेतेत हाङ
  3. चेस्वी हाङ
  4. लारासो पांगबो हाङ
  5. खेसिवा हाङ
  6. इकाङ सो हाङ
  7. खादि हाङ
  8. इमे हाङ

उपर्युक्त दश र्सदारहरूले पुरोहितहरूको आदेशनुसार फेदापका आठ राजाहरूसित फेदापमा बस्ने अनुमति लिए। र तिनीहरूले पनि उनीहरूलाई आ-आफ्ना राज्यमा बस्न दिए। बिस्तारै यी दश र्सदारहरूका सन्तान बढ्दै गए। अन्तमा यिनीहरू अर्कै एक नयाँ जाति भए। यिनीहरूले आफुलाई याक्थुङबा वं श भन्न थाले। किराती भाषामा "याक" भनेको पहाड, "थुम" भनेको जग्गा र "वा" भनेको बासिन्दा हो अर्थात याक्थुवा भन्नाले किराती भाषामा पहाडी भागमा बस्ने बुझाउँछ। जे भएता पनि यी दश र्सदारहरूका सन्तान आठ राजाहरू मै गनिन्थे। तर यी नौलो वंशका सन्तान त्रि्र रूपमा बढेको देखेर आठ राजाहरूका मनमा आफु विरुद्ध व्रि्रोह होला की भन्ने आशंका उत्पन्न भयो। यिनीहरूका जनसंख्या बढेपछि आफ्नो वसमा राख्न कठिनाइ पर्छ भन्ने शंकाले ती आठ राजाहरूले सल्लाह गरी यी नौला वंशलाई हरेक किसिमले दवाउन सुरू गरे। जमीनको तिरो बढाइदिए, निष्ठूर ऐन निकाले, दाश झैं व्यावहार गर्न थाले। यस्तो अन्याय सहन नसकेकाले दश र्सदारहरूका रैयतहरूले एकमत भई राजा विरुद्ध लडाइँ गर्नै पर्छ भनी त्यस मुलुकका अम्वेपोजोमा, कामकेत लाङमा र सुम्हेत लुङमा भन्ने जग्गामा भेला भए। तिनीहरूले त्यहाँ तीन ओटा रातो ढुङ्गा खडा गरी तीन ओटा आँप रोपे। अनि सुद्ध जलले चोख्याइ त्यस जग्गालाई देवस्थलमाने। अधिक दश र्सदारहरूका वंश मध्ये प्रत्येक थरका एक एक वीर पुरुष निक्ली हुकुमदार र्सदार भई सबैले त्यस देवस्थलमा ढोग गरी युद्धमा विजय होस भनी बलमागे। प्रत्येक मुल पुरुषले पूजा गरिसकेपछि हरेक लडाकु वीरलाई यसो भन्दै सपथ खुवाए -"जबसम्म हामी यी निष्ठुरी राजाहरूको र्सवनास गर्दैनौं। तबसम्म घर र्फकन्नौं। यदि युद्ध क्षेत्रबाट काँतर भई भागेछौं भने यो देवस्थलले पीरेर हाम्रो जन्मयुग उन्नति नहोस।" त्यसपछि दुई पक्ष बीच युद्ध चल्यो। युद्ध भूमिमा रगतको नदी बग्न थाल्यो। युद्ध धेरै दिनसम्म चल्यो। आठ राजाका सेनाहरू संख्यामा धेरै भए ता पनि ती दश र्सदारहरूका धनुविद्यामा निपुण सेनाका अगाडि तिनीहरू टिक्न सकेनन्। आठ राजाहरू पनि एक एक गर्दै सबै रणभूमिमामारिए। बाँचेका सेनाहरू पनि युद्धभूमि छोडी भागे। विजयीहरू विजयी ध्वजा खडा गरी पवित्र जग्गा अम्बे पोजोमा कामकेत लाङमा र सुम्हेत लुङमामा गइ आ-आफ्ना देवलाई धन्यबाली चढाए। यसपछि तिनीहरूले एउटा ठूलो सभा गरे। आठ राजाहरूमासिए। अब यो मुलुकमाको राजा हुने मुलुकको नाउँ के राख्ने ? आदि विषयहरूमा छलफल भयो। छलफलमा निम्न कुराहरू पारित गरियो

  1. त्यो देश धनुषवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान राखियो। (लि-धनु, आबु-हान्ने, वान-नाउँ लाउनु अर्थात किराती भाषामा धनुवाणले जितेको देश लिम्बुवान)।
  2. यो देश दश र्सदारहरूले मिली जितेको हुनाले बराबर दश भागमा विभक्त गरी प्रत्येक भागमा आफ्नो घरानाको एक एक मूल पुरुष राजा भई देश शासन गर्नु पर्छ।
  3. यी दश प्रदेश लिम्बुवानका बासिन्दाहरूलाई त्यस उप्रान्त दश लिम्बुका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्र्‍याए।
  4. देशको साँध-सिमाना लाउनु पर्छ भन्ने निर्णय गरे। पूर्वमा मेची खोला, पश्चिममा अरुण खोला, उत्तरमा तिब्बत, दक्षिणमा मधेस भनी लिम्बुवानको सिमाना लगाए।

देश यसरी बाँडे

  1. तक्बर खोला सामलुपली साम्बाले पाए। तिनले त्यहाँ एक गढ बनाइ त्यसको नाउँ तम्बर यक राखे।
  2. तेह्रथुमः ताम्पोसो पेरुङहाङ्गले पाए। तिनले त्यहाँ थालायक बनाइ राज्य गर्न थाले।
  3. आठर्राई थकथकसी आङबोहाङ्गले पाए। तिनले पोमाजोङ गढ बनाए।
  4. फेदाप सेङसेनगुम फेदाप हाङ्गले पाए। तिनले पोक्लाबुङ गढ बनाए।
  5. याङरुक तिन्दोलुङ काया हाङ्गले पाए। तिनले हस्तपुर गढ बनाए।
  6. मेवाखोला सिसियेङ सेरेङ हाङ्गले पाए। तिनले मेरिङदेन गढ बनाए।
  7. पाँचथर यिङासो पापोहाङ्गले पाए। तिनले यासोक फेदन गढ बनाए।
  8. छथर थीयाङसो ताकलुङ खजुमहाङ्गले पाए। तिनले चामलिङ चिमलिङ गढ बनाए।
  9. चौबिस सोइयाक लाहोहाङले पाए। तिनले शान गढीमा बसी राज्य गर्न थाले।
  10. चारखोला इमेहाङले पाए। तिनको प्रजा खाली लाप्चामात्र हुँदा तिनलाई लाप्चाहरूका राजा अर्थात इमेहाङ भने। तिनले पनि आङदाङ इलाम गढ बनाइ त्यहाँ राज्य गर्न थाले।

यस युद्धमा आठ राजाहरूका रैयतहरू कोही मधेश भासिए, कोही सुक्किम तरे। बाँकी रहेका किराती, लाप्चा, मेचे, धिमाल सबैले यी नयाँ लिम्बु नाउँ ग्रहण गरी दश लिम्बुका प्रजा भइ बसे। यस प्रकारले यी दश लिम्बु वंशले धेरै वर्षम्म राज्य गरे।

दश लिम्बुको रीति थीति राजनैतिक थीति

  1. राजनैतिक विषयमा कुनै पनि काम दश भाइको सल्लाहबाटमात्र गर्नु।
  2. राज्यका जनसंख्या कम भए शत्रुको आक्रमणमा देश रक्षा गर्न गाह्रो पर्ने हुँदा जनसंख्या बढाउनको लागि कुनै जात या वंशकामानिस भएता पनि आफ्नो भाइ-भैयात बनाइ दश लिम्बु वंशमा राख्नु।
  3. आफ्नो जात वंशबाट कुनैमानिस केही कारणवस अलग भए फेरी उसलाई आफ्नो रीतिले दूबो, ढुङ्गो छुवाइ आफ्नो वंशमा ल्याउँनु।
  4. आफ्नो वंशले अरु कुनै मधेश या भोटकामानिससँग नाता जोडे ता पनि सो सम्बन्धबाट जन्मेका पुत्र-पुत्रीलाई आफ्नै वंशमा लिनु।
  5. प्रत्येक पुत्रले १२ वर्षो उमेरदेखि धनुविद्या प्राप्त गर्नु।
  6. प्रत्येक घरको एक पुत्र १८ वर्षपुगेपछि थकसुबामा (सिपाही) नाम लेखाउनु।
  7. प्रत्येक गाउँमा ३०० जना थकसुबाहरू -सिपाहीहरू) उपर हुकुम गर्ने एक एक थकपेबा -र्सदार) हुनुपर्छ।
  8. पाँच र्सदारहरू पुगेपछि एक थकतुम्बा -मूल र्सदार) हुनुपर्छ। यिनीहरू जहिले पनि तयार भइ वस्नु पर्छ।
  9. जुनमानिस थकतुम्बाको पदमा नियुक्त हुन्छ तिनले राजाबाट जागीर पाउनु पर्छ।
  10. थकतुम्बाहरू -मूल र्सदारहरू)ले आफ्नो जागीरको चाहिँदो जमीन आफुलाई राखि बाँकी जमीन आफुभन्दा मुनिका थकपेबाहरू -र्सदारहरू) लाई बाँडी दिनु पर्छ। थकतुम्बाहरूको थकपेबा र थकसुबा (र्सदार र सिपाहीहरू) लाई राख्‍ने या हटाउँने पुरा हक हुन्छ।
  11. उब्जनिको दशौं भाग राजालाई तिरो बुझाउनु पर्छ।
  12. राज्यको शासन राजसभाद्वारा हुनुपर्छ। राजसभामा हाङ्ग (राजा), तुम्याङ्ग हाङ्ग (मन्त्री) र थकतुम्बाहरू (मूल र्सदारहरू) पासिङ पादाङ (सदस्य) हुनुपर्छ।
  13. सजाय
    1. ज्यानमारालाई वदलिमा त्यसको ज्यान नै दिनुपर्छ।
    2. चोर्नेको हात उम्लेको पानीमा डुवाउनु पर्छ
    3. गाउँको छुल्याहालाई देवताको थानमा लगी "अब उसो म गर्दिन" भन्नु लगाई कसम खुवाउनु पर्छ।
    4. हाडफोरालाई जन्मभर दासत्वमा राख्नु पर्छ। दूधफोरालाई गाउँबाट बाहिर ओढारमा राख्‍नु पर्छ। [३]

चाडपर्वहरू

मुख्य चाडहरूमा 'कःक्फेक्वा तङ्नाम' (माघे सक्रान्ति), यक्वा तङ्नाम (वैशाख पूर्णिमा) 'सिसेक्पा तङ्नाम(साउने सक्रान्ति), 'चासोक तङ्नाम' (मङ्सिरे पूर्णिमा) आदि पर्दछन। त्यसैगरी माङ्गेना, ताप्फेङजस्ता पारिवारिक अनुष्ठानहरू पनि लिम्बू मौलिक चाडभित्र पर्छन्।[४]

लोक बाजाहरू

लिम्बु जातिले के-च्याब्रुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रयोग गर्ने गरेको पाइन्छ।

लिम्बूको थर र बासस्थान

लिम्बू जातिको थरहरू

  1. अन्छङबो = खेजैनेम, तमरखोला/तेह्रथुम
  2. आङ्बुहाङ = हाङपाङ, चाँगे
  3. आङ्बो = खुङगा (पाँचथर) लोवाफु
  4. आङ्ला = फाक्सिव
  5. आङ्लावाङ = छथरथुम
  6. आङ्बुङ्ग्याक = फेदापे लिम्बू
  7. आङबुङ = आङबुङ कोवेक, तेह्रथुम, सिम्ले
  8. आङ्लावा = लेकवा वनेम
  9. आङ्देम्बे = अम्लाबुङ, पाँचथर
  10. आङ्थुम्बो = प्राङबुङ
  11. आङ्बाजङ = फाकुम्बा, ताप्लेजुङ
  12. आङ्थुम्पो = फोपारी, पाँचथर
  13. आङ्भाङ = चाँगे ताप्लेजुङ
  14. आङ्खृवा = खेवा, तेह्रथुम
  15. आवाजङबो = शिवगंज, झापा
  16. इजम = फावाखोला, तिरिङगे, ताप्लेजुङ
  17. ईमेहाङ=
  18. ईवारम = तेल्लोक, सिनाम, ताप्लेजुङ
  19. इधिङ्गगो/इदिङ्गगो = लिम्बुदिन, ताप्लेजुङ
  20. इम्बुङ = थुर्प, पाँचथर
  21. इङ्वा = चाक्सीबोटे
  22. इङ्हाङ = राजारानी, धनकुटा
  23. इम्बुङ = थुर्प, पाँचथर
  24. इम्सर/इवा = बुडिमोरङ, धनकुटा
  25. इस्पो = खाम्लालुङ
  26. इङ्वाबा = पापोहाङ÷ताङखुवा
  27. इङ्बारोङ = सिनाम
  28. इङ्नाम्फेन = इबा आउराई
  29. इङ्लामो = बुढी, मोरङ
  30. इङ्सम = ताङखुवा (बनचरे)
  31. इम्बाङ = तमरखोला
  32. ईङ्नाम = ........
  33. उसुक इमसङ = छथर, खोकालिङ, ताप्लेजुङ
  34. उङ्लिङ = फेदाप, तेह्रथुम
  35. एभ्रेङ थोप्रा = थिङलाबो
  36. एभेङ = तमरखोला
  37. एभेङक्याक = चाखल थुमका
  38. अख्राबो = तमरखोला, ओख्राबु, थिङलाबु
  39. क्योङ्बा = नेसियान बँशी
  40. कङलिबा(इजम) = फावाखोला
  41. कन्दङवा = तेह्रथुम
  42. काम्बाङ = ताप्लेजुङ आम्बोरे, मुकुबुङ पाँचथर
  43. काङ्भा बखिम = ताप्लेजुङ वरकपा
  44. क्यादापा = चंचा ओयम
  45. कुरुमभाङ = ताङखुवा धनकुटा
  46. कुरुम्बाङ = सिम्ले तेह्रथुम(कुुरुम्बा)
  47. कुमेतनाम्बा = पापोहाङ, खेजिनिम नगरखोला
  48. केरुङ = पाँचथर, धोरपाटी
  49. केःय = तिरिङे, ताप्लेजुङ
  50. केदेम्बा = भेवरखोला, वरक
  51. केदेम = थुकिमा
  52. खचुम = ताङखुवा/याङनाम पाचथर
  53. खादी = ताङखुवा/याङनाम पाचथर
  54. खापुङ = मोराहङ/लाब्री तेह्रथुम
  55. खिमदीङ = नाङखोल्याङ
  56. खाम्दाक = चारखोल
  57. खेवा = छथर
  58. खिङवा = खेवाङ ताप्लेजुङ
  59. खुदाङ = सुरुमखिम
  60. खेजेक्नाम = तमरखोला
  61. खेवाङ = खेवाङ
  62. खोकयाहाङ = डुम्रीसे
  63. खोदाङ = परेवादिन
  64. खोवबुङ = सुसिलङि
  65. चङ्सु = कुन्जारी
  66. चङ्वाङ = युकिकमा, ढुङगेसागु
  67. चवेगु = पाचथर, षङनाम, फाखाखोला
  68. तिलिङग, चङ्वाङ = दापा/झापा
  69. फागो, चङ्वाङ = सागो/सागु
  70. सावा, चङ्वाङ = संवाढो
  71. खेवा, चङ्वाङ = छथर
  72. खजुम चङ्वाङ = ताङखुवा/याङनाम, पाचथर
  73. स्रेङ् चङ्वाङ = सन्थाक्रा
  74. यक्युक्पा,चङ्वाङ = फेदपा
  75. चिक्चेम्फोङ = फाक्सिव
  76. लादो....... = राजारानी
  77. चिलिफुङ = फेदाप
  78. चेम्जोङ=
  79. तवेबुङ = लिङखिम/दमक १२ झापा
  80. तार्लुम्बा = सावा
  81. तामलिङ = इलाम/साब्लाखु,ताप्लेजुङ
  82. तमलि = जीतपुर, अर्खौले
  83. ताःमादेन = तमरखोला, छिरुवाहेन/सुनसरी
  84. ताङ्जम = फावाखोला/खेवाङ
  85. तिगेला = हात्तीखर्क
  86. तुङ्घङ = ताङखुवा
  87. तुम्बाहाङ = ताङखुवा, छथर थुम
  88. तुम्वापो = चोकमागु
  89. तम्पेवा = छथर
  90. तुम्बाहाङफे = म्याङलुङ/तेह्रथुम
  91. तम्रोक = सिवाखोला
  92. तेचुङ = सोलमा
  93. तुम्बासम्चोक्पा = खुवाफोक/खोपीगाउ मुढे बास
  94. तिङलिङ = छथर
  95. तुम्पेलिङ = छथर
  96. तेङगोचुङ = हाङफाबुङे
  97. तुम्म्याहाङ = खेवाङ
  98. तावाहाङ = थर्पु दारिम्वा/दोरम्वा
  99. तुक्साहाङ = माङसेबुङ, ईलाम
  100. तिलिङ चङबाङ = झपा सिखिम अासाम गवाटि
  101. तिलिङ, तेङवाङ = तेह्रथुम
  102. तार्लवा = उत्तरे ईलाम
  103. तुम्रोक = पाँचथर
  104. तम्बेहाङ = मैैवाथुम
  105. तेहिम = फेदापे लिम्बु
  106. थक्लेङ = छथर
  107. थक्लेहाङ = नेम्बेङ
  108. थक्लुङ = नुनढाकी
  109. थक्सुवा = पाँचथर
  110. थल्लङ = मिवा थल्लङ/नाङखोल्याङ
  111. थाङ्देन = थाकतेलि/खेवाङ/तेल्लाोक
  112. थक्पेवा = पाचथर
  113. थाम्सुहाङ = याङनाम
  114. थाम्देन = सबानाम
  115. थेवेः सिङथेवे = तेल्लोक
  116. थुपुको थेवे = सिनाम
  117. माङ्थुम्बो थेवे = आम्वेगुदेन
  118. सिगु थेवे = आङबुङ थर्पु
  119. थिङ्लागो = हुवाकु
  120. थेगुवा = अम्फुवा/फेदापा तेह्रथुम
  121. थुम्सुङ = चौेबिसे
  122. थोप्रा = हाङफाबुङ÷तमरखोला
  123. थोकसुवा = खुवाफोक
  124. थेगिम = याङनाम
  125. थाकलेङ = परेवा दिन
  126. थामसुुहाङ = याङनाम पाचथर
  127. नयोङ्बा = बुढीमोरङ, गैरी गाउ
  128. नाङ्गेनपङ्यक = नाङगेन
  129. नाम्लक: नेम्बाङ = फिदिम, पाचथर
  130. नाल्बो = लिङतेप
  131. नाइतम्बा = लिवाङ
  132. निङ्लेखु = पोकलबाङ
  133. नुगो = फुरुम्बो
  134. नेम्बाङ = पाँचथर/बेलबारी मोरङ
  135. नुुगु = खुवाफोक
  136. नेम्बुक = नेम्बाङ
  137. नेयोहाङ = फुङलिङ
  138. नाइदेम्बा = मैवाथुम
  139. न्याउरम्बा = सुरुमखिम
  140. नाम्दिहाङ = खेबाङ
  141. परा = तेल्लोक, फुन्द्रा, पाचथर
  142. पङथाक = ताम्राक:पन्थाक
  143. पङ्घाक = खेसरोे
  144. पयाङ्गु = तेह्रथुम
  145. पदाउलुङ = काभ्रे पाचथर
  146. पतङ्वा = हाङदेवा
  147. पन्धाक = साब्लाखु
  148. पहिम = बँझोे इलाम
  149. पङठाक = शान्तिनगर झापा
  150. पारङदेन = खोकलिङ
  151. पाक्साबा = जलजले, तेह्रथुम÷हुमरचुङ
  152. पोमोहाङ = निगुरादिन
  153. पाङगेना = फेदाप/सिकिदिप
  154. पापाहाङ = चोक्मागु
  155. पाङसाली = सागो
  156. पाम्फु = जीतपुर, अर्खौैले
  157. पाङदेन = मेदीबुङ
  158. पाङचागो = पोकलाबुङ
  159. पचाङगो = पोकलाबुङ
  160. पापोहाङ = बुढी मोरङ
  161. पाङपमा = लिवाङ
  162. पाराखारी = छथर
  163. पावबुङबा = मेदीबुङ
  164. पाहिम = फेदाप
  165. पेतथेमिम = प्राङबुङ
  166. पुङलाइङ = तमरखोला
  167. पेघा = च्याङथापु
  168. पोसु = फुगााोङवा
  169. पोमु = निगुरादिन
  170. पताङना = तेह्रथुम
  171. पेल्लुङवा = काभ्रे पाचथर
  172. फेअ्वा/फत्र = तमरखोला
  173. फागो चङवाड = सान्थाक्रा
  174. फागो वनेम = चागे मैवाखोला
  175. फयाक्पा = चासोक पाचथर
  176. फुरुम्बो = तमरखोला
  177. फेओदेन = फिदिम पाँचथर
  178. फेजोङहाङ = रानीटार पाँचथर
  179. फजहाङ = भारापा, रानीटार चौबिसे
  180. फागो चङबाङ = उर्लाबारी झापा
  181. फोम्बो = इस्पो तेह्रथुम ÷खामलालुङ
  182. फराकनाम = मामङखे, तमरखोला
  183. फुङजेक्ला = तमरखोला
  184. फेदापहाङ = तेह्रथुम, फेदाप
  185. फावेनहाङ = तमरखोला थुम
  186. फुदोङहाङ = छथर थुम
  187. फेपासङ = इलाम÷नेम्बाङ
  188. फुम्बाम्फे = तेह्रथरम
  189. फिचाक = इलाम
  190. फागो = आङसराङ, पाचथर
  191. फयाक = केबाोक इलाम
  192. फावेन = मेवाखोला
  193. फेम्सङ = लिवाङ
  194. फेदापा = पिपले
  195. फलेछुवा = खुवाफोक
  196. फेवदेन = पापाहाङ
  197. फेम्बुहाङ = तमरखोला
  198. फुदोङ = साबला
  199. फेन्जेताङलिङ इजम = फावाखोला
  200. बोखिम = सिकैचा बखिम
  201. बेघाहाङ = च्यङथापु, तिमतिम्बो
  202. माङथेवे = आम्वेगुदिन
  203. माहाँ बोखिम = कुन्चारी
  204. माबो चेञ्जी = मामाङखे, ताप्लेजुङ
  205. माबो लुङधोइ = धुङमा
  206. मावो मङगर = माङले मावो
  207. माबोहाङ = फेदाप, ताप्लेजुङ, चेमजङ
  208. फाक्लेछा = बुडि मोरङ, धनकुुुटा
  209. मायु थाक = कककतिरिङगे, फावाखोला
  210. माङ्मुहाङ = साहेवा
  211. माक्खिम = दमक झापा/इलाम
  212. माङ्चुङ = खाम्लालुङ, तेह्रथम/लिमखिम
  213. मारोमा = दमक १३ झापा
  214. माचौक्लेङ = सुनसरी, मोरङ
  215. माख्खीहाङ = चोरवारी, पाँचथर
  216. माक्सीङबुङ = खुङगा, पाँचथर
  217. मुसोहाङ = नाङखोल्याङ, ताप्लेजुङ
  218. मक्खा लिम्बु = सङखुवासभा, चैनपुर
  219. माङयाङ = छथर, इलम
  220. माङदेनहाङ = मैवा, थुम
  221. मादेन = फुङलिङ, ताप्लेजुङ
  222. मरेसङहाङ = तमरखोला
  223. मादेन फेन्दुुवा = फुङलिङ/हाङदेवा
  224. मेन्याङबो = थेचम्बु, साङबाङगो
  225. मुदेनछङ = तेह्रथुम, चलचले/सावोदेन
  226. मादेन सावा = सावादेन
  227. मादेन बखिम = सिकैचा
  228. मादेन चम्चा = थर्पु
  229. मादेन तिलिङग = दापा
  230. मादेन खेवा = छथर
  231. मादेन श्रेङ = माश्रेङ
  232. माबो = थेचम्बु, लुवाफु
  233. मादेम्बा = सिकैचा, बचाकचुङ
  234. माम्पूम = मुसाङखेल
  235. माङथुम्बो थेबे = सिनाम
  236. माङयाक = फुरुम्बो, तमरखोला
  237. माक्सिङबुङ = थाङसुहाङ
  238. मिक्लेनहाङ = सवादेन
  239. मियाङवा = लुवाफु
  240. मेमोक = खुवाफेक
  241. मिखक = पापोहाङ
  242. मुदेन्ग्याक = थिङलागो
  243. मुसाहाङ = तेम्बेलेकवा
  244. माश्रेङ = लिङतेप
  245. मासुवा = तेल्लाबुङ
  246. माङ्लाक = चौविक
  247. मावचङ नेम्चङ = सारदाप
  248. येकतेनहाङ = इलाम, चित्रपुर, ताप्लेजुङ
  249. यङ्हाङ = तेल्लोक, चितोक, फुङलादेन
  250. यक्वा÷यअ्वा = पाँचथर
  251. युङया = शिवगन्ज झापा
  252. याङ्खुरुङ = ललितपुर, काठमाण्डौै
  253. यरङवा बाखिम = बखिम
  254. यक्लुङ = धरान, सुनसरी
  255. देवान = सङखुवासभा, चैनपुर
  256. याङसोवा = सुमाङ, पाँचथर
  257. याम्खायाक = चारखलथुम, पाँचथर
  258. यक्सुयम्बा = मैवाथुम
  259. यक्पाङदेन = दारिम्बा ÷दोरम्बा
  260. याक्थुक्पा = तेल्लाबुङ
  261. यक्सो = डाङपाङ
  262. याङ्वागे = बसिम
  263. यङ्सङगो = नुनुढाकी
  264. याङ्डेब = हाङदेवा
  265. याङ्सेम्बा = पाँचथर
  266. येक्तेन = यकतेन
  267. याङ्याहाङ = हस्तपुर
  268. याङ्देन = नेम्बाङ, युचिका
  269. याङ्झोरा = पाँचथर
  270. युङ्सिङ्बा = मौनावुधुक
  271. लक्सम = कुञ्चारी, फावाखोला
  272. लङ्बेवा = खुवाफोक
  273. लङ्वा = लिङतेप, सिकैचा
  274. लदाहाङ = चौबिसे
  275. लाबुङ = संसाबो
  276. लिङ्देन = माङदेन, लिम्बुदेन, इलाम
  277. लिबाङ = लिबाङ
  278. लिङ्थेप = मावदेन
  279. लिम्खिम = लिम्खिम
  280. लिङ्चाङ = फाखाखोला
  281. लुङ्फाङवा = फेदाप
  282. लुङ्हिम = सावा
  283. लुङ्खिम = लिवाङ
  284. लम्बा = चितपुर, अर्खौले
  285. लेचेन्चे = पाँचथर
  286. लोवा = लोवाफु
  287. लेक्वा(खजुम) = ताङखुवा
  288. लोवी(लाहाोती) = यासोक
  289. लोरिङदेन = लारुम्बा, इलाम
  290. लेछेर्बो = माङयुङ
  291. लेछर्बो = खामलालुङ, तेह्रथुम
  292. लिमखिम = तमखोला, लिमखिम
  293. लाबुङ्हाङ = चितपुर, इलाम
  294. लिङ्थेप = चैनपुर, संखुवासभा
  295. लिङ्दम = चैनपुर, संखुवासभा
  296. लुङ्गेली = महमाइ, इलाम
  297. लाबुङ = पृथ्वीनगर, झापा
  298. लेछर्बो माबो = थुम्मा
  299. लेहाङ माबो = थेचम्बा
  300. लिङ्च्याङ = वदिल्ली
  301. लोक्ताप = सांखेचङ, इलाम
  302. लिङ्दमही = साँखेजङ, इलाम
  303. लुङ्फुङवा = साबला, तेह्रथुम
  304. लुङ्खिम्बा = मैवाधुम
  305. वनेम = फागो,ताप्लेजुङ
  306. वधुनपमेचाङबो = थेचुम्बो
  307. बरुकपा = तमरखोला
  308. वबुङग्यक = हाङसोरङ
  309. वदो = चितपर, इलाम
  310. सङ्यक = चौबिसे
  311. सवेनहिम्बा = सावाहहो
  312. सङ्बो = लिमिबुङ
  313. सङ्सङ्बो = ओयम/लिममि,पृथ्विनगर झापा
  314. सरमुन्धङ = तमरखोला
  315. सङ्साबो = संसाबो, तमरखोला, चिक्वा
  316. सङ्बाङ्फे = यासोक
  317. साम्बा = सवादो
  318. सारदाप = सारदाप
  319. साङ्माङ्बो = फावाखोला, साङमाङबो
  320. साम्रवेरेबो = मापाफ
  321. सम्सिबुङ = लिवाङ
  322. सिङ्चाङ्गो = अम्फुवा, सिङचागु, सुरुङगा झापा
  323. सिवा = चेचेबो
  324. सिगु(थेपे) = आङबुङ थर्पु
  325. साअदेम्बा = सावादेन
  326. सावारेवा = अमरचङ
  327. सावाहाङ = खोकलिङ
  328. साम्याङखाङ = लिंदेप
  329. साङ्लाइङ = साअदेम्बा
  330. सामसङ = डुम्रीसे
  331. सिचिकतम = फुदुक, इलाम
  332. सिङ्गक = लारुम्बा, इलाम
  333. सिङ्थेवे = तेल्लोक
  334. सिङ्दम = पयाङरोक
  335. सेम्बू = फावाखोला, सिम्बु, हाङपाङ, इलाम, नामसालीङ, झापा, बेलबारी, इटहरी, आसाम
  336. सेनेहाङ = परुङदेन
  337. सेनीहाङ = डुम्रीसे, चाक्सिबोटे
  338. सेवलिङ = कोयाखोला
  339. सेरेङ = मिवाखोला
  340. सेन्दाङ = छिन्ताङ, फुलवारी, ताप्लेजुङ
  341. सेर्मा = पापोहाङ, सराङडाडा पाँचथर
  342. सोबोङ = फकिसव
  343. सेम्बो = कावाचुङवा
  344. सोदुङ = कोयाखोला
  345. सुउ–वा = पाटीगाउँ, दमक झापा
  346. सुभासङ = लिमखिम(सुभासङ)
  347. सुनहेवा = चुङवा
  348. सुमारा माबो = तेल्लोक
  349. सिअ्लिङबो = पेदाङ
  350. सिङ्धावा = तिरिङगो
  351. सोधुङ्हाङ = खामलालुङ, तेह्रथुम
  352. साम्याङखाम्बा = खामलालुङ, तेह्रथुम
  353. सरमान्दुङ फेन्छुवा = दोखु
  354. सिङबुङहाङ = सुरुङगा, झापा
  355. साम्ब्यु = खेबाङ, ताप्लेजुङ
  356. सेवातुम्बा = दारिम्बा, पाँचथर
  357. सिवाहाङ = सिवाखोला, पाँचथर
  358. सअ्लिङ = ओयाम, पाँचथर
  359. सङ्मी = इलाम
  360. सिप्तुखा = दमक १० झापा
  361. सम्बा = लारुम्बा, इलाम
  362. साम्राहाङ = गोर्खा टोल, दमक
  363. सेमीहाङ = सावादिन, तमरखोला
  364. सिवा मेन्याङबो = केराबारी, थेचम्बु
  365. सुहाङ = सुभाङ, पाँचथर
  366. साङबाङगो = थेचम्बु
  367. सांवा = लखनपर झापा, खाोकाबिङ सावाहन
  368. साम्दीहाङ = अनारमुनी, झापा
  369. सुक्वाबा = फेदाप, तेह्रथुम
  370. सिङ्येहाङ = मैवाथुम
  371. सम्बेनहाङ = तमरखोला, थुम
  372. सिगेएम = फेदाप, थुम
  373. सङ्बाङ्फे = यासोक
  374. हाङ्सरङ = वयाकच
  375. हाङ्गाम = लिङतेप
  376. हाङ्सरुम्बा = याङनाम
  377. हाङ्बाङ = हाङपाङ
  378. हेमम्या = आङबुङ
  379. हेल्लोकहाङ = हेल्लोक
  380. हिनाअ = इलाम
  381. हिमहेल्ला = थल्लङ, थरगाउँ,नङखोल्या
  382. हाङगोम्बा = तिरिङगे
  383. हुक्पाचङबा = धरान, सुनसरी
  384. फाक्लेछा = बुडी मोरङ, धनकुटा

नोट;-जन्जरी आएको जति लेखिएको छ।छुतेको केही थर हरु थप्नु सक्नुहुन्छ।

नाम चलेका लिम्बुहरू

धर्म दर्शनदाता:

इतिहासकार:

साहित्य, मुन्धुम:

राजनिति तथा समाज:

कला-सङ्गित:

  1. प्रताप सुब्बा
  2. भगत 'लाजेसा' याक्थुम्बा
  3. कुमार सुब्बा
  4. सुवर्ण लिम्बु
  5. केवल सुब्बा
  6. अल्बर्ट सुब्बा
  7. रबर्ट सुब्बा
  8. दिनेश सुब्बा
  9. प्रेम सुब्बा
  10. नविन सुब्बा
  11. सोभा खजुम
  12. शशि सुब्बा थापा
  13. नरप्रसाद लिम्बु
  14. सुनिता सुब्बा
  15. पवित्रा सुब्बा
  16. किशोर सुब्बा]]
  17. प्रेम शेर्मा 'माङ्जाबुङ्गे']]
  18. सुरज सुब्बा]]
  19. प्रणय सुब्बा]]
  20. सानुबाबा सुब्बा
  21. उदय सुब्बा,
  22. मलिशा याक्थुम्बा,
  23. यासेलि योङ्हाङ्,
  24. रमेश सिङ्गक,
  25. खगेन्द्र यक्सो,
  26. मित्र लिङ्देन्,
  27. दीपक लिम्बु,
  28. बिस्णु चेम्जोङ्,
  29. मनु योङ्हाङ्
  30. रोजन सुब्बा

तस्वीरहरू

सम्बन्धित लेखहरू

  1. याक्थुङ लाजे(लिम्बुवान)
  2. हाङ्साम साम्यो(किरात धर्म)

बाह्य सूत्र

सन्दर्भ सामाग्रीहरू

  1. Saklani, Dinesh Prasad Ancient communities of the Himalaya Indus Publishing Company, India (1 Mar 2002) ISBN 978-81-7387-090-3 p. 36
  2. Levi, Sylvain Le Nepal Asian Educational Services, India; Facsimile edition (20 Dec 2007)ISBN 978-81-206-0580-0 p. 78
  3. "शिक्षक खापुङहाङ विष्णुकुमार, सिद्धकालीमा.वि., मेहेले, संक्षिप्त चिनारी आदिवासी जनजातिको रूपमा लिम्बु जाति'". Khapunghang. com. http://www.khapunghang.com/index.php?lin=9&sn=1. 
  4. लिम्बुको दसैँ