नवराज सुब्बा
डा. नवराज सुब्बा | |
---|---|
जन्म | १ अक्टोबर १९६१ हाङपाङ, ताप्लेजुङ, नेपाल |
पेशा | साहित्यकार, जनस्वास्थ्यकर्मी |
राष्ट्रियता | नेपाल |
शिक्षा | पि.एच.डि. |
वेबसाइट | |
www.nrsubba.com.np |
डा. नवराज सुब्बा en: Nawa Raj Subba) कवि, गीतकार तथा निबन्धकार हुन्।[१][२][३][४] मानवता, राष्ट्रियता तथा सीमान्तकृत समुदायका आवाज बोकेका उनका रचना सरल, सरस र सबल ढङ्गले नेपाली साहित्य र सङ्गीत जगत्मा मुखरित छन् ।[५][६][७] उनी गायक पनि हुन्।[८][९] उनी एक दक्ष जनस्वास्थ्यकर्मी तथा शोधकर्ता पनि हुन् ।[१०] उनले नेपालका विभिन्न जिल्लामा जनस्वास्थ्य व्यवस्थापनमा तीन दशकभन्दा बढी काम गरे । उनमा बहुमुखी प्रतिभा छ ।[११] उनको जन्म सन् १९६१ अक्टोबर १ मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो ।
शिक्षा
[सम्पादन गर्नुहोस्]उनले त्रिभुवन विश्वविद्यालयबाट जनस्वास्थ्य र नेपालीमा स्नातकोत्तर तथा स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि गरे । उनले लेखन ७० को दशकमा सुरु गरेता पनि समाजशास्त्र समेतको अध्ययन गरेर मात्र सन् २००० पछि उनले पुस्तकाकार कृतिहरू प्रकाशमा ल्याएको भन्ने उनको भनाई रहेको छ ।[१२][१३][१४][१५][१६]
अध्ययन अनुसन्धान
[सम्पादन गर्नुहोस्]उनले नेपालको जनस्वास्थ्य र स्वास्थ्य मनोविज्ञान क्षेत्रका विभिन्न शिर्षकहरूमा अध्ययन गरी लेख तथा शोधपत्रहरू अन्तराष्ट्रिय जर्नलहरूमा प्रकाशित गरेका छन् ।
- Suicides in Ilam district of Nepal[१७]
- Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal.[१८]
- Postpartum Depression Relating to Smoking and Drinking Habits of Husbands Among Rajbanshi Mothers in Nepal.[१९]
- Modification of Delivery Practice in Rajbanshi Mothers of Nepal.[२०]
- Delivery Practices among Rajbanshi.[२१]
- A study of public health indicators of Morang Nepal by Lot Quality Assurance Sampling method.[२२]
- Health Seeking Behavior of Rajbanshi in Katahari and Baijanathpur of Morang District, Nepal.[२३]
- Demographic Assessment on Vasectomy Clients of Sankhuwasabha Nepal.[२४]
कठघरामा उभिएर
हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ !
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !
भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित !
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन π नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?
ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन्
उहिले सानामा रुँदाखेरि
‘लौ हाँस–हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु–
आमा ! एकफेर हाँसिदेऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि...ङ्ग... उभिएको छु
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छ्यौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैँ अमर छ्यौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु–
आमा ! तिमी आत्माझैँ अमर छ्यौ ।
साहित्यिक क्षेत्र
[सम्पादन गर्नुहोस्]बेलायत स्थित अनलाईन नेपाली साहित्य मञ्चले सन् २००७ मा पहिलो अनलाईन वेभक्याम विश्व कविता प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २७ देशका १०३ जना प्रतियोगी सहभागी थिए । विराटनगर नेपालबाट अनलाईन वेभक्याममा सहभागी कवि नवराज सुब्बा प्रतियोगितामा प्रथम भए । यसले सुब्बाको चर्चा चुलियो ।[२५] उनका कविताहरु अंग्रेजी र वंगला भाषामा पनि अनुवाद गरिएका छन् ।[२६] कवि वैरागी काइँला नवराज सुब्बाकालाई सरल तर गहिरो मान्छे भन्नु हुन्छ र लेखनको भाषा पनि सरल छ भन्दै कविता सरल र गहन रूपमा लेख्ने काम कठिन कार्य हो जो सुब्बाले गरेका छन् भन्नु हुन्छ ।[२७] भाषाशास्त्री बालकृष्ण पोखरेल नवराजका कवितामा नकारात्मक ब्यापार पाईदैनन् र उनले सफलताको एउटा चचुरो चुमेका छन् भन्नुहुन्छ ।[२८] समालोचक डा. गोविन्दराज भट्टराई नवराज सुब्बालाई आमा, देशप्रेम र सीमान्तकृत समुदायका विषयमा लेख्ने एक शक्तिशाली कविका रूपमा लिएका छन् ।[२९] यसैगरि समालोचक लीला लुइँटेल नवराजका कवितामा नारीलाई सम्मान गरिएको छ उच्च स्थान दिइएको छ भन्नु हुन्छ ।[३०] समालोचक डा. कृष्णप्रसाद दाहाल नवराजका कवितामा उच्च, उदात्त र स्वाभीमानी जीवनमूल्यको प्रतिबिम्बन भएको पाइन्छ भन्नुहुन्छ ।[३१] समालोचक दधिराज सुबेदी सुब्बालाई हिजैको परिवेशमा जन्मिएका भए सिद्धिचरण श्रेष्ठ, हरिभक्त कटुवाल र भूपी शेरचन पछिका पङ्तिमा उनको नाम दरिने थियो भन्नु हुन्छ ।[३२] आख्यानकार परशु प्रधान भन्नु हुन्छ– नवराज सुब्बा दक्ष र राम्रा कवि मात्र होइनन् राम्रा निबन्धकार पनि हुन् । उनी राम्रा प्रशासक मात्र होइनन् राम्रा मानवतावादी पनि हुन् । राम्रा गीतकार मात्र होइनन् राम्रा गायक पनि हुन् । उनीभित्र सर्वतोमुखी प्रतिभा छ । त्यसलाई बेलैमा चिनेर कदर गर्न जान्नु पर्छ ।[११] हाल नवराज सुब्बाको कृतीत्व तथा ब्यक्तित्वको बारेमा विभिन्न शोधार्थीहरूले त्रिभुवन विद्यालयमा अध्ययन गरिरहेका छन् ।
- जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह (सन् २००६)
- मनको मझेरी निबन्धसङ्ग्रह (सन् २००७)
- बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह (सन् २००८)
- सहिदलाई सलाम गीतसङ्ग्रह (सन् २०१०)
- यात्रा आधा शताब्दीको कवितासङ्ग्रह (सन् २०११)
- चीत्कार मुक्तकसङ्ग्रह (सन् २०१२)
- समयको स्वाद निबन्धसङ्ग्रह (सन् २०१३)
- मन र माटो गीतसङ्ग्रह (सन् २०१६)
साङ्गीतिक क्षेत्र
[सम्पादन गर्नुहोस्]बरिष्ठ गीतकार रत्न समशेर थापाले नवराज सुब्बाका गीतहरु राष्ट्रियभावनाले ओतप्रोत छन् जो सबै देशभक्त नेपालीले सुन्नै पर्ने बताउनु हुन्छ । अर्का बरिष्ठ गीतकार किरण खरेल भन्नुहुन्छ सुब्बाका गीतमा त्यो साहित्यिक गहिराई छ जसले गीतलाई गम्भीर बनाएको छ । अर्का बरिष्ठ गीतकार कालीप्रसाद रिजालले सुब्बाका गीत नेपाली गीतसंगीत क्षेत्रका अमूल्य निधिका रूपमा रहने छन् भन्नु भएको छ ।[३६]
- देशको माया देशभक्तिगीत एल्बम (सन् २००९)
- लुकेको रहर गजल एल्बम (सन् २०१०)
- अमूल्य जीवन आधुनिकगीत एल्बम (सन् २०११)
- हामी पहिले नेपाली देशभक्तिगीत एल्बम (सन् २०१२)
- हिमालैमा हिउँ लोकगीत एल्बम (सन् २०१३)
- बहारसंग आधुनिकगीत (सन् २०१५)
हामी नेपाली |
- गीत-सङ्गीत/अन्तर्वार्ता (भिडियो)
- नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१ भिडियो एल्बम (सन् २०१०)
- प्रतिबिम्ब, भाग–२ भिडियो एल्बम (सन् २०१०)
- प्रतिबिम्ब, भाग–३ भिडियो एल्बम (सन् २०११)
- प्रतिबिम्ब, भाग–४ भिडियो एल्बम (सन् २०१२)
जनस्वास्थ्य क्षेत्र
[सम्पादन गर्नुहोस्]जनस्वास्थ्य क्षेत्रमा उनका पुस्तकहरु प्रकाशित छन् । कृतिहरू[४०][४१]
- Health Seeking Behavior of Rajbansi Community in Nepal, 2001
- Assessment on Health Improvement in Eastern Nepal, 2003
- Assessment on Morang Innovative Neonatal Intervention, 2006
- जनस्वास्थ्यः पाटा बाटा र अनुभूति Janaswasthya paataa, baataa ra anubhuti (Collection of Contemporary Public Health Articles) 2006
- जनस्वास्थ्यका सवालहरू Janaswasthyaka Sawalharu (Collection of Contemporary Public Health Articles) 2007
साहित्यिक तथा प्राज्ञिक सम्मान
[सम्पादन गर्नुहोस्]- नेपाल विद्याभूषण क [४२]
- पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम, सन् २००७[४३]
- घमानसिंह घले साहित्य सम्मान, सन् २०१४
- व्यथित काव्य वनिता पुरस्कार, सन् २०१४[४४]
- लेखनाथ पुस्तकालयद्वारा सम्मान, सन् २०१२
- उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार, सन् २०११
- पल्लव साहित्य प्रतिष्ठान सम्मान, सन् २००९[४५]
- जयन्द्र प्रसाई स्मृति साहित्य सम्मान, सन् २००७
- मोहन रेग्मी वाणी पुरस्कार, सन् २००६
- नाट्येश्वर प्रतिष्ठान विराटनगर सम्मान, सन् २००६
- नवरङ्ग साहित्य सम्मान, सन् २००६
राष्ट्रसेवा सम्मान
[सम्पादन गर्नुहोस्]- विराटेश्वर वृद्धाश्रमद्वारा सम्मान, २०१३
- दीर्घराना समुन्द्रवम सम्मान, २०१३
- स्पर्श नेपालद्वारा सम्मानित, २०१२
- मोरङ एड्स सञ्जलबाट सम्मानित, २०११
- किरात याक्थुङ चुम्लुङ मोरङबाट सम्मानित, २०११
- विराटनगर उपमहानगरपालिकाबाट सम्मानित, २०१०
- बबरसिंह थापा स्मृति सम्मान पुरस्कार, २००७
- हाङपाङ सेवा समाज काठमाडौँबाट अभिनन्दित, २००७
- गोरखादक्षिणबाहु, १९९०[४६]
सभ देखी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ मधु पोखरेल (२०६८) साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा, साहित्यिक प्रतिभा विशेषाङ्क, जुही, वर्ष ३१, अंक ३, पूर्णाङ्क ६७, पृष्ठ २२९–२४४
- ↑ कि.ये,सं, अ.स.स. (२०१०) अनुसूची १० वैयक्तिक विवरण, किरात येले सम्बत संवत् अभिलेखालय, पृष्ठ २६७
- ↑ प्रमोद प्रधान (२०६६) नेपाली निबन्ध पुस्तकसूची, नेपाली निबन्धको ईतिहास, रत्न पुस्तक भण्डार, पृष्ठ ४८०
- ↑ मिर्मिरे (२०६५) संस्मरण विशेषाङ्क, सूर्तीको स्वाद नवराज सुब्बा, नेपाल राष्ट्र बैङ्क, मिर्मिरे, वर्ष ३७, अंक १, पूर्णाङ्क २७२ वैशाख २०६५, पृष्ठ ११८–१२१
- ↑ जगत् प्रेक्षित (२०६७) सुन्दर कविताहरूको सँगालो वीच बाटोमा ब्यूँझेर, गोरखापत्र संस्थान, मधुपर्क, २०६७, वर्ष ४३, अंक ३, पूणौरू्क ४९४, पृष्ठ २१
- ↑ लक्ष्मणप्रसाद गौतम (२०६६) द्वन्द्वको परिणाबाट उत्पन्न अन्योलग्रस्त भविष्य, समकालीन नेपाली कविताका प्रवृत्तिहरू, पृष्ठ ३०४
- ↑ मधुपर्क (२०६६) आफ्नो भाग्य, देशभक्ति गीत नवराज सुब्बा, गोरखापत्र संस्थान, मधुपर्क, वर्ष ४२, अंक २, पूर्णङ्क ४८१, पृष्ठ २९
- ↑ बुलु मुकारूङ (२०७१) नेपाली सङ्गीत क्षेत्रका गीतकार, नेपाली सङ्गीतको अभिलेख, पाल्पा बुक्स बागबजार काठमाडौँ, पृष्ठ ३७, ४००, ६१३
- ↑ Subba NR. (2010) Sahidlai salaam. Sajha Praksahan.
- ↑ The official website of research collections https://www.researchgate.net/profile/Nawaraj_Subba2/publications.
- ↑ ११.० ११.१ परशु प्रधान (२०६५) मनको मझेरी भित्र नवराज सुब्बा, प्रारम्भमा परशु प्रधान, सम्पादक– कुमारप्रसाद कोइराला, वाणी प्रकाशन विराटनगर, पृष्ठ २१०–२२३
- ↑ नेपाल कविता डट कम् (२०६२/६३) जागृतीका परेवाहरू नवराज सुब्बा, गणतन्त्रको खेती, नेपाल कविता डट् कम सम्पादक विक्रम सुब्बा, गणतन्त्र कविता आन्दोलन २०६२/६३ का अभिलेख कविताहरू, पृष्ठ ११७
- ↑ जुही (२०६५) ‘मेरो जागिरे जीवन’ भित्रका पात्रहरू छाम्दा नवराज सुब्बा, श्यामकृष्ण श्रेष्ठ विशेषाङ्क २०६५, पृष्ठ ४८२–४८४
- ↑ गरिमा (२०६६) देशको माया गीत– नवराज सुब्बा, साझा प्रकाशन, गरिमा, वर्ष २८, अङ्क १, पूर्णाङ्क ३२५ पुष २०६६, पृष्ठ २०
- ↑ वनिता (२०७०) हे नेपाल आमा नवराज सुब्बा, आमा कविता विशेषाङ्क, पृष्ठ ५९
- ↑ Baraili C. (2068) Vyaktitwaka Biwidh Ayamharuma Nawa Raj Subba, www.nrsubba.com.np ISBN No. 978-9937-2-4107-6.
- ↑ American Journal of Applied Psychology. Volume 4, Issue 6, November 2015, Pages: 137-141. DOI: 10.11648/j.ajap.20150406.11 http://www.sciencepublishinggroup.com/journal/paperinfo?journalid=203&doi=10.11648/j.ajap.20150406.11
- ↑ Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal. http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.18.html
- ↑ American Journal of Health Research http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.15.html website accessed on Oct 1, 2015.
- ↑ Modification of Delivery Practice in Rajbanshi Mothers of Nepal.Journal of Nobel Medical College Vol. 3, No.1 Issue 5, pp10-15.
- ↑ Delivery Practices among Rajbanshi Community in Nepal. http://www.nepjol.info/index.php/RESEARCHER/article/view/9886
- ↑ A study of public health indicators of Morang Nepal by Lot Quality Assurance Sampling method.Nepal Medical College Journal; Vol.9, No.2, June 2007 pp117-119.
- ↑ Journal of Nepal Health Research Council Journal, 2004. http://jnhrc.com.np/index.php/jnhrc/article/viewFile/79/76.
- ↑ Demographic Assessment on Vasectomy Clients of Sankhuwasabha Nepal. Nepal Medical College Journal. Vol.5, No.2, December 2003, pp98-99.
- ↑ This is Sahityaghar http://www.sahityaghar.com/intro.php website accessed on November 9, 2014.
- ↑ Hari Adhikari, Pawan Alok (2012) Value of life Nawa Raj Subba, An Anthology of Nepali Verses, Edited by Hari Adhikari and Pawan Alok, Oikko Prakashoni, 73 Kakrail, Dhaka. pp 124
- ↑ बैरागी काइँला (२०६७) समुन्द्रको आइसबर्गमा देखिने नवराजको मुण्टो, अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर, सम्पादक डा कृष्णप्रसाद ढकाल, २०६७, पृष्ठ १०६–११०
- ↑ बालकृष्ण पोखरेल (२०६९) ‘चीत्कार’का स्रष्टालाई मेरो आशीर्वचन, चीत्कार मुक्तकसंग्रह लेखक नवराज सुब्बा, वाणाी प्रकाशन विराटनगर, पृष्ठ ग–ङ
- ↑ Himal Khabar Patrika, He aamaa by Dambar Krishna Shrestha. http://nepalihimal.com/article/296.
- ↑ This is Contemporary Nepali Literature reference http://www.samakalinsahitya.com/ लीला लुइँटेल, नवराज सुब्बाका कवितामा नारीसम्बन्धी दृष्टिकोण http://www.samakalinsahitya.com/index.php?show=detail&art_id=3422.
- ↑ कृष्णप्रसाद दाहाल (२०६५) नवराज सुब्बाको कृतिगत मूल्याङ्कन, गरिमा, वर्ष २६, अंक ६, पूर्णाङ्क ३०६, जेठ २०६५, पृष्ठ ५७–६६
- ↑ दधिराज सुबेदी (२०६९) नवराज सुब्बाको कलात्मक प्रस्तुती ‘मनको मझेरी’, नेपाली साहित्यका मुस्कानहरू, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर, १४८–१५३
- ↑ This is Madan Puraskar Library reference http://madanpuraskar.org/ website accessed on November 7, 2014.
- ↑ This is Sanjaal Corps Library reference http://sanjaal.com/ website accessed on November 7, 2014.
- ↑ Kantipur daily, Yogmaya http://kantipur.ekantipur.com/news/2016-09-18/20160918124538.html
- ↑ Album lukeko rahar release program Kathmandu Nepal, 2010. http://hknepal.com/wp/?p=13730.
- ↑ This is Sound Cloud musical store https://soundcloud.com/nawaraj-subba website accessed on November 7, 2014.
- ↑ This is Cyber Nepal musical store http://www.cybernepal.com.np/ website accessed on November 7, 2014.
- ↑ Our Biratnagar http://ourbiratnagar.net/%E0%A4%A8%E0%A4%B5%E0%A4%B0%E0%A4%BE%E0%A4%9C-%E0%A4%B8%E0%A5%81%E0%A4%AC%E0%A5%8D%E0%A4%AC%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9B%E0%A5%88%E0%A4%9F%E0%A5%8C%E0%A4%82-%E0%A4%8F%E0%A4%95%E0%A4%B2/
- ↑ The official website of online library of Nepali literature http://onlinesahitya.com/allauthors?page=61.
- ↑ Health Seeking Behavior of Rajbanshi Community in Baijanathpur and Katahari of Morang Nepal. https://www.researchgate.net/publication/265658269_HEALTH_SEEKING_BEHAVIOUR_OF_RAJBANSHI_COMMUNITY_IN_BAIJANATHPUR_AND_KATAHARI_OF_MORANG_NEPAL. http://www.nepjol.info/index.php/JoNMC/article/view/10047.
- ↑ edukhabar.com Nepal Vidhya Bhushan http://www.edukhabar.com/news/4020
- ↑ This is an online news, US-Nepal Online. http://www.usnepalonline.com/archives/news_online_nepali_poetry_uk_feb16_08.htm
- ↑ This is an online news, Nepali Headlines. http://www.nepaliheadlines.com/2014-10-18-12-32-21/
- ↑ This is Majheri official website of Pallav, website accessed on August 30, 2015. http://www.majheri.com/node/5054
- ↑ This is online literary magazine, website accessed on August 30, 2015. http://www.khasskhass.com/navaraajsubba.htm