तोया गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तोया गुरुङ
विमला तुम्खेवाको पुस्तक विमोचन कार्यक्रममा गुरुङ (मार्च २०१९)
जन्म (1948-03-30) ३० मार्च १९४८ (उमेर ७५)
कोदारी, सिन्धुपाल्चोक जिल्ला
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानमहेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस
पेशालेखक, कवि
संस्थाननेपाल प्रज्ञा प्रतिष्ठान
जीवनसाथीकुमार घले

तोया गुरुङ एक नेपाली लेखक तथा कवि हुन्। [१][२] उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहिलो महिला कार्यकारी सदस्यको रुपमा काम गरेकी थिइन्। [३] उनले सन् १९९४ देखि सन् २००४ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कविता विभागको अध्यक्षता गरेकी थिइन्।[४] उनले धुपीतोया गुरुङका लामा कविता जस्ता धेरै कविता संग्रह र कुसुम नामक लघुकथा संग्रह प्रकाशित गरिसकेकी छिन्। उनका कविताहरू हिन्दी र अंग्रेजीमा पनि अनुवाद भएका छन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उहाँको जन्म ३० मार्च १९४८ (१८ चैत २००४) मा सिन्धुपाल्चोक जिल्लाको कोदारी गाउँमा भएको थियो, जुन नेपाल-चीन सिमाना नजिकैको गाउँ हो । उनका पिता शाही नेपाली सेनाका मेजर भएका कारण उनको बाल्यकाल नेपालका विभिन्न जिल्लामा बित्यो। उनले आफ्नो हाईस्कूल शिक्षा कलकत्ता, भारतको अमर हिन्दी स्कूलबाट प्राप्त गरेकी थिइन्। उनले सानैदेखि कविता लेख्न थालिन् । [५]

उनले कलामा स्नातकोत्तर र कानूनमा डिग्री प्राप्त गरिन्। उनले आफ्नो पढाइको लागि एक बैंकमा क्लर्कको रूपमा काम गरेकी थिइन्। [६]

उनी पेन नेपालकी संस्थापक सदस्य थिइन्। [७]

उल्लेखनीय कार्यहरू[सम्पादन गर्नुहोस्]

कविता संग्रह र लामो कविता

  • सूर्यदह (१९८५)
  • धुपी (१९९५) [८]
  • देवल घुमेपछि (१९९९)
  • तोया गुरुङका लामा कविता (२००३)
  • पुनरावती (२०१३)

लघुकथा संग्रह

  • कुसुम (२०११)

संस्मरण

  • अस्पृश्य (2017)

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

उनले सन् १९८६ मा 'प्रतिभा पुरस्कार', सन् १९८८ मा 'व्यथित साहित्य पुरस्कार' र सन् १९८९ मा रत्नश्री स्वर्ण पदक जस्ता धेरै पुरस्कारहरू प्राप्त गरेकी छिन्।[९] उनी २०१७ मा गङ्गादेवी चौधरी स्मृति सम्मानबाट सम्मानित भइन्।[१०]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "TOYA GURUNG", foundationsaarcwriters.com, अन्तिम पहुँच २०१४-०४-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१४ मिति
  2. "Poet Toya Gurung honoured", nepalnews.com, अन्तिम पहुँच २०१४-०४-१७ 
  3. "तोया गुरुङसंगको कुराकानी", BBC News नेपाली (नेपालीमा), २०१७-०३-२६, अन्तिम पहुँच २०२२-०१-२९ 
  4. Gurung, Muna, "Toya Gurung: Nepali literature’s Thulnani" (en-USमा), अन्तिम पहुँच २०२२-०१-२९ 
  5. "एक बौद्धिक कविको मौनता", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-०१-२९ 
  6. "Shanti Kshetry - Women Writers of Nepal (Profiles and Perspectives)", sckool.org, अन्तिम पहुँच २०२२-०१-२९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२९ मिति
  7. Rana, Greta, "The beginnings of PEN Nepal", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-२९ 
  8. "Toya Gurung's - Nepali Times", nepalitimes.com, अन्तिम पहुँच २०१४-०४-१७ 
  9. "Shanti Kshetry - Women Writers of Nepal (Profiles and Perspectives)", sckool.org, अन्तिम पहुँच २०२२-०१-२९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२९ मिति
  10. "Gurung honoured with Gangadevi Chaudhari award", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०१-२९