सामग्रीमा जानुहोस्

मुकुन्दशरण उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुकुन्दशरण उपाध्याय
जन्म१९९७ साल वैशाख ५
हेम्जा गाउँ, कास्की
पेशासाहित्य
भाषानेपाली, संस्कृत
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षासाहित्याचार्य, एम. ए

मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७ - ) मुकुन्द शरण उपाध्याय नेपाली साहित्यका एक प्रतिष्ठित कवि, भाषाविद् तथा शिक्षाविद् हुन्। उनी आफूलाई, 'नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि निरन्तर नेपाली भाषामा समर्पित' बताउँछन्।

मुकुन्दशरणको जन्म वि. सं. १९९७ साल वैशाख ५ गतेका दिन बाबु पं. दशरथ उपाध्याय र आमा केशरकुमारीका सुपुत्रका रूपमा हेम्जा गाउँ, कास्की जिल्लामा भएको हो। उनले संस्कृत र नेपालीमा साहित्याचार्य र एम्., ए. गरे। प्राध्यापनमा लामो समय बिताए। उनी नेपाली भाषा र साहित्यका क्षेत्रमा एक विशिष्ट व्यक्तित्व हुन् । नेपाली भाषालार्इ एकरूपता दिन विक्रम संवत् २०३४ देखि भाषिक अान्दाेलनमा हाेमिएका कवि तथा भाषाविद । पाैरस्त्य संस्कृति तथा दर्शन वेत्ता ।

छोरा छोरी: ३ छोरा र २ छोरी

काव्य, कथा, समालोचना, नाटक आदिमा चिनिएका उपाध्यायका प्रकाशित कृतिहरूः
१. वरदान (उपन्यास, वि. सं. २०१७)
२. प्राकृत पोखरा (खण्डकाव्य, वि. सं. २०२१)
३. महाभारत सूक्ति (सूक्तिहरू, वि. सं. २०३०)
४. धर्ती र अकाश (कविता सङ्ग्रह, वि. सं. २०३४)
५. शैल सरिता (संस्कृत/कविता सङ्ग्रह, वि. सं. २०३४)
६. श्री ५ महेन्द्रालंकार (लक्षणग्रन्थ, वि. सं. २०१८)
७. निम्बार्क चरितम् (संस्कृत, खण्डकाव्य)
८. प्रस्तावना र विवेचना (व्याकरण, वि. सं. २०४३)
९. केलादी घाट (परिचय, वि. सं. २०२१)
१०. अक्षर प्रज्ञा (वर्णविन्यास विज्ञान/व्याकरण, वि. सं. २०४७)
११. पद्य-प्रभा (पिङ्गलशास्त्र, सन् २००९)
१२. व्याकरण चिन्तन(व्याकरण, वि. सं. २०६८)
१३. सरल नेपाली: शुद्ध नेपाली(व्याकरण, वि. सं. २०४९)
१४. सरल नेपाली भाषा(व्याकरण, वि. सं. २०६४)

उपाध्यायको बालकथा 'झगडाको ओखती' निकै चर्चित मानिन्छ। बङ्गलादेशको पाठ्यक्रममा पनि यसको अनुवाद पढाइन्छ।

उनले प्राकृत पोखरा नामक खण्डकाव्यका लागि २०२१ को मदन पुरस्कार प्राप्त गरेका हुन्। यसबाहेक उनले वि. सं. २०१७ मा 'निम्बार्क चरितम्' का लागि अखिल भारतीय संस्कृत पुरस्कार, वि. सं. २०३४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम, २०४७ को गुणराज पुरस्कार, विद्यार्थी जीवनमा विभिन्न स्वर्ण पदक पाएका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाहिरी लिङ्कहरू

    [सम्पादन गर्नुहोस्]