मदन पुरस्कार
मदन पुरस्कार | |
---|---|
![]() | |
किसिम | साहित्य पुरस्कार |
वर्ग | साहित्य, विज्ञान, दर्शन, समाजशास्त्र आदि विषयमा उत्कृष्ट योगदान |
विवरण | साहित्यिक पुरस्कार नेपालमा |
स्थापना | वि.सं. २०१२, (सन् १९५५ | )
पहिलो पटक प्रदान | वि.सं. २०१३ (सन् १९५६) |
अन्तिम पटक प्रदान | वि.सं. २०७८ (सन् २०२१) |
पुरस्कार प्रदानकर्ता | मदन पुरस्कार गुठी |
नगद पुरस्कार | रु. ४००,००० |
पहिलो विजेता(हरू) | सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, बलराम जोशी |
हालैका विजेता(हरू) | नवराज लम्साल |
मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने एक प्रसिद्ध नेपाली पुरस्कार हो। मदन पुरस्कार पुस्तकालयले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ।
पुरस्कारको स्थापना[सम्पादन गर्नुहोस्]
वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।
गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो। वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरि रू. १ लाख पुग्यो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ।[१]
सुरूमा यो पुरस्कार गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो। वि. सं. २०१३ सालमा पहिलो पटक प्रदान गरिएको यो पुरस्कार प्राप्त गर्ने विजेताहरू क्रमशः सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशी थिए। वि. सं. २०२३ सालमा 'मानव (महाकाव्य)' कृति लेखेर लेखक मोदनाथ प्रश्रितले २४ वर्षकै उमेरमा हालसम्मको कम उमेरमा मदन पुरस्कार पाउन सफल भएका थिए भने अहिलेसम्मको मदन पुरस्कार पाउने श्रष्टाहरू मध्ये एकै परिवारका दुई सदस्यहरू धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतमले मदन पुरस्कार पाएका थिए। सत्यमोहन जोशीले सबैभन्दा बढी पटक मदन पुरस्कार पाएका थिए भने महिलातर्फ पारिजात (विष्णु कुमारी वाइवा)ले 'शिरिषको फूल'बाट र झमक घिमिरेले 'जीवन काँडा कि फूल'बाट पाउनु भएका थिए। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने व्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।
पुरस्कार बारे[सम्पादन गर्नुहोस्]
- मदन पुरस्कार प्राप्त पहिलो उपन्यास
- मदन पुरस्कार प्राप्त पहिलो कथा सङ्ग्रह
- मदन पुरस्कार प्राप्त पहिलो निबन्ध सङ्ग्रह
- मदन पुरस्कार प्राप्त पहिलो महाकव्य
- मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला
- मदन पुरस्कार प्राप्त गर्ने कम उमेरका लेखक
मोदनाथ प्रश्रित (२४ वर्ष)
- मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी
मदन पुरस्कार प्राप्त कृतिहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ बैरागी काइँलालाई जगदम्बा श्री, ‘रणहार’ लाई मदन पुरस्कार-कान्तिपुरडेली डटकम
- ↑ दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा-श्री सम्मान र नवराज लम्साललाई मदन पुरस्कार
- ↑ http://madanpuraskar.org/guthi/people_category/madan-puraskar-winner/
- ↑ http://kantipur.ekantipur.com/printedition/news/2016-07-24/20160724121123.html
- ↑ madanpuraskar.org/guthi/madanpuraskar-2072bs-event/