विवेक ओझा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विवेक ओझा
जन्मवि.सं २०४८
दर्ना, अछाम
राष्ट्रियतानेपाली
पेशालेखक

विवेक ओझा मदन पुरस्कार विजेता नेपाली लेखक हुन्। ओझाको उपन्यास ऐँठनले विसं २०७९ को मदन पुरस्कार जितेको थियो।[१] उनी गजल लेखनबाट उपन्यास लेखन यात्रामा डोरिएका हुन्।[२])

जन्म र बाल्यकाल[सम्पादन गर्नुहोस्]

ओझा अछामको तत्कालीन दर्ना गाविस वडा नम्बर ३ मा बुवा कृष्णप्रसाद र आमा सरस्वती ओझाको दोस्रो सन्तानका रुपमा २०४८ सालमा जन्मिएका हुन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

ओझाले आफ्नो कक्षा १२ सम्मको पढाइ टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविबाट प्राप्त गरेका हुन्। त्यसपछि व्यवस्थापन विषयमा स्नातक काठमाडौंको नेपाल कमर्स क्याम्पस, मीनभवन र स्नातकोत्तरको पढाइ काठमाडौँकै शङ्करदेव क्याम्पसबाट पूरा गरेका हुन्।

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  1. ऐलानी (उपन्यास)
  2. एक पाइला आकाशमा (गजलसङ्ग्रह)
  3. ऐँठन (उपन्यास)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]