सामग्रीमा जानुहोस्

पारिजात (साहित्यकार)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारिजात
जन्म१९९४
दार्जिलिङ, भारत
मृत्यु२०५०
काठमाडौँ नेपाल
पेशासाहित्यकार
राष्ट्रियतानेपाली [१]
विधाउपन्यास, कविता, लघुकथा
उल्लेखनीय कार्यहरूशिरीषको फूल

पारिजात (वास्तविक नाम: विष्णु कुमारी वाइबा, वि.सं. 199४ - वि.सं. २०५०) नेपाली साहित्यकी एक प्रसिद्ध बहूमुखी प्रतिभा हुन्। साहित्यका लगभग सबै विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभाकी धनी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवाद, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद इत्यदि साहित्यिक बैचारिकता पाइन्छ। bhaisi udyo aakashma bhuruururururururuuuuuuururu

उनको मृत्यु २०८०मा काठमाडौंमा भयो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

पारिजातको जन्म भारतको सिक्किम प्रान्त अन्तर्गत दार्जिलिङको लिङ्गिया चिया बारीमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनका पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृता मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले छेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैँले रोजेकी थिइन्। उनका असङ्ख्य कृतिहरूले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट प्रवेशिका(हालको ११, १२) र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरेकी थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा उनी भर्ना त भइन् तर २६ वर्षकै उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएका कारणले उनको इच्छा अधुरै रह्यो।[२] दर्शनशास्त्र र साहित्य विषयका ग्रन्थहरू खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षशील नारी थिइन्। बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसी अध्ययनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जुध्नुपर्यो। वि.सं. २०२९ सालमा उनका पिताको देहावसान भएपछि उनी पितृस्नेहबाट पनि वञ्चित हुनुपर्यो।

वि.सं. २०१३ सालमा 'धरती' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्।

स्वभाव[सम्पादन गर्नुहोस्]

उनी अलिक भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, वन-जङ्गल चाहार्ने, जङ्गली फूलहरू टिप्ने गर्थिन्। उनलाई सा-साना घटनाले पनि गहिरो प्रभाव पार्दथ्यो। उनी उतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्। उनले वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष गरी मन पराउँथिन्।

राजनीतिक यात्रा[सम्पादन गर्नुहोस्]

वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम 'राल्फा' थियो। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजातलाई लिइन्थ्यो। यो समूहले आफ्ना विद्रोहका स्वर देश-विदेशमा उराल्दै हिँड्ने क्रममा उनले आफ्नो अशक्त शरीर त्यहाँ-त्यहाँ लिएर गइन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।

उनको स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गइन्। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आफ्नो मनलाई सम्हालिन र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिइन्। उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भइन्। पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भइन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो।

गीत सङ्गीतमा पनि उनको ठुलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।

वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन्। विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्। पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन्। अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूमा आउट राइट इन्टरनेसनल, महिलावादी सङ्घ, महिला भूगोलविद समाज, एमनेस्टी अन्तर्राष्ट्रिय आदिसँग सम्बन्धित थिइन्।

उनले मदन पुरस्कार, गण्डकी पुरस्कार र पाण्डुलिपि पुरस्कार प्राप्त गरिन्। उनलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक 'शिरिषको फूल'को अङ्ग्रेजी अनुवाद 'ब्लु मिमोसा'लाई अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा पनि राखेको थियो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

भारतको पश्चिम बङ्गालको सिलिगुडीमा रहेको पारिजातको सालिक।

class="wikitable "

सम्मान र पुरस्कार[सम्पादन गर्नुहोस्]

  • शिरीषको फूलको लागि मदन पुरस्कार - वि.सं. २०२२
  • युगज्ञान पुरस्कार वि.सं. २०२७
  • पाण्डुलिपि पुरस्कार वि.सं. २०४९
  • गण्डकी बसुन्धरा पुरस्कार वि.सं. २०४९ आदि

निधन[सम्पादन गर्नुहोस्]

नेपाली साहित्यकी प्रखर नारी हस्ती पारिजात अङ्ग्रेजीमा एम.ए. पढ्न सुरू गर्दागर्दै प्यारालाइसिसले गर्दा अध्ययन गर्न नपाएकी उनको निधन लामो समयसम्मको पुरानो त्यही प्यारालाइसिसको व्यथाले वि.सं. २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]