चित्तरञ्जन नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्तरञ्जन नेपाली (वि. सं. १९८८ - ) इतिहासकार हुन्। सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं. २०१३ सालमा मदन पुरस्कार पाएका हुन्।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

चित्तरञ्जनको जन्म वि. सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा भएको हो। [३] उनको खास नाउँ नारायणप्रसाद राजभण्डारी हो। नेपाली, इतिहास, संस्कृति, पुरातत्वमा एम्.ए. गरेका उनले लामो समय सरकारी सेवामा बिताए।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनले इतिहास, कविता आदिमा कलम चलाएका छन्। उनको पहिलो रचना वि. सं. २००३/४ तिर कविता प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरूः

  1. नेपाली इतिहास परिचय (भाग १, २, ३)
  2. जनरल भीमसेन थापा र तत्कालीन नेपाल
  3. श्री ५ रणबहादुर शाह
  4. नेपाल-चीन सिमाना सन्धि (इतिहास)
  5. मां लुमंका (नेवारी शोककाव्य)
  6. प्रतिक्रिया (नेवारी कवितासङ्ग्रह)

पुरस्कार[सम्पादन गर्नुहोस्]

  1. सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले मदन पुरस्कार २०१३ सालमा प्राप्त गरेका हुन्। यसबाहेक उनले
  2. वि. सं. २०२२ मा श्रेष्ठ सिरपा पुरस्कार,
  3. वि. सं. २०३१ मा शुभराज्यभिषेक पदक,
  4. गोरखा .दक्षिण बाहु तेस्रो,
  5. त्रिशक्ति पट्ट तेस्रो,
  6. दुर्गम सेवा पदक,
  7. जनपद सेवा पदक,
  8. जानपद दीर्घ-सेवा पदक पाएका छन्।

भ्रमण[सम्पादन गर्नुहोस्]

उनले बेलायत, पाकिस्तान, बङ्गलादेश, बर्मा, चीन, थाइल्याण्ड, फिलिपिन्स, हङकङ, दक्षिण कोरिया, जापान, केन्या, अमेरिका आदिको भ्रमण गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Madan Puraskar Winners", Madanpuraskar.org, मूलबाट २०१५-०४-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०६-१५ 
  2. Regmi, Mahesh Chandra (१९९९-०४-१२), A Study in Nepali Economic History 1768-1846, आइएसबिएन 9781618204301 
  3. चित्तरञ्जन नेपाली

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]