चित्तरञ्जन नेपाली
नारायणप्रसाद राजभण्डारी | |
---|---|
चित्तरञ्जन नेपाली | |
जन्म | नारायणप्रसाद राजभण्डारी २१ जुलाई १९३१ Nhyeekantala Tole, Kathmandu, Nepal |
मृत्यु | 16th Oct 2023 त्रुटि: मृत्यु मिति (पहिलो मिति) पछि (दोस्रो मिति) जन्म मितिभन्दा पछि हुनुपर्दछ --> |
राष्ट्रियता | Nepalese |
शिक्षा | MA (History) |
मातृ शिक्षाप्रतिष्ठान | Tribhuvan University |
पेशा | Writer, historian |
उल्लेखनीय कार्य | जनरल भीमसेन थापा र तत्कालीन नेपाल |
जीवनसाथी | Merri Baba Rajbhandari |
सन्तान | 3 (one son and two daughters) |
पुरस्कार | मदन पुरस्कार |
चित्तरञ्जन नेपाली (वि. सं. १९८८ - ) इतिहासकार हुन्। सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं. २०१३ सालमा मदन पुरस्कार पाएका हुन्।[१][२]
जीवनी
[सम्पादन गर्नुहोस्]चित्तरञ्जनको जन्म वि. सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा भएको हो। [३] उनको खास नाउँ नारायणप्रसाद राजभण्डारी हो। नेपाली, इतिहास, संस्कृति, पुरातत्वमा एम्.ए. गरेका उनले लामो समय सरकारी सेवामा बिताए।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनले इतिहास, कविता आदिमा कलम चलाएका छन्। उनको पहिलो रचना वि. सं. २००३/४ तिर कविता प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरूः
- नेपाली इतिहास परिचय (भाग १, २, ३)
- जनरल भीमसेन थापा र तत्कालीन नेपाल
- श्री ५ रणबहादुर शाह
- नेपाल-चीन सिमाना सन्धि (इतिहास)
- मां लुमंका (नेवारी शोककाव्य)
- प्रतिक्रिया (नेवारी कवितासङ्ग्रह)
पुरस्कार
[सम्पादन गर्नुहोस्]- सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले मदन पुरस्कार २०१३ सालमा प्राप्त गरेका हुन्। यसबाहेक उनले
- वि. सं. २०२२ मा श्रेष्ठ सिरपा पुरस्कार,
- वि. सं. २०३१ मा शुभराज्यभिषेक पदक,
- गोरखा .दक्षिण बाहु तेस्रो,
- त्रिशक्ति पट्ट तेस्रो,
- दुर्गम सेवा पदक,
- जनपद सेवा पदक,
- जानपद दीर्घ-सेवा पदक पाएका छन्।
भ्रमण
[सम्पादन गर्नुहोस्]उनले बेलायत, पाकिस्तान, बङ्गलादेश, बर्मा, चीन, थाइल्याण्ड, फिलिपिन्स, हङकङ, दक्षिण कोरिया, जापान, केन्या, अमेरिका आदिको भ्रमण गरेका छन्।
मृत्यु
[सम्पादन गर्नुहोस्]नेपालीको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको आश्विन मा २९, २०८० ९४ वर्षको उमेरमा निधन भएको हो ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Madan Puraskar Winners", Madanpuraskar.org, मूलबाट २०१५-०४-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०६-१५।
- ↑ Regmi, Mahesh Chandra (१९९९-०४-१२), A Study in Nepali Economic History 1768-1846, आइएसबिएन 9781618204301।
- ↑ चित्तरञ्जन नेपाली
- ↑ हिमेश (आश्विन ३०, २०८०), "इतिहासकार चित्तरञ्जन नेपालीको निधन", Ekantipur।