सानु शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सानु शर्मा
जन्मप्रसूति गृह, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशालेखन, नर्सिङ
चिनारीको कारणउपन्यास, कथा
उल्लेखनीय कार्य
एकादेशमा
विप्लवी
उत्सर्ग

सानु शर्मा नेपाली भाषाकी कथाकार तथा उपन्यासकार हुन्। आफ्नो लेखनका माध्यमबाट नेपाली साहित्यमा स्पष्ट उपस्थितिसहित सिर्जनारत शर्माका कथा तथा उपन्यासका आधा दर्जन पुस्तक प्रकाशित रहेका छन्।[१][२][३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

काठमान्डौको थापालथलीस्थित प्रसूति गृहमा जन्मिएकी सानु शर्मा तराई र काठमाडौँमा हुर्किएकी हुन् । उनी पेसाले नर्स हुन्।[१][४][५]

लेखन जीवन[सम्पादन गर्नुहोस्]

मूल लेखनका रूपमा उपन्यास तथा कथा विधामा कलम चलाउने सानु शर्माका फुटकररूपमा कविता तथा गजलहरू पनि प्रकाशित रहेका छन्। उनको पहिलो उपन्यास सन् २००३ मा प्रकाशित अर्धविराम हो । उनको दोस्रो उपन्यास जीतको परिभाषा सन् २०१० मा प्रकाशित भएको हो । उनले आफ्नो तेस्रो उपन्यास अर्थ सन् २०११ मा प्रकाशित गराएकी हुन्। सन् २०१७ मा उनको चौथो उपन्यास विप्लवी काठमाडौँ स्थित फिनिक्स बुकबाट प्रकाशित भयो ।[६]

'विप्लवी' प्रकाशन भएलगत्तै सन् १९१८ (वि.सं. २०७४) मा उनले आफ्नो पाँचौँ पुस्तक तथा पहिलो कथासङग्रह एकादेशमा साँग्रिला बुक्स मार्फत प्रकाशित गराइन्। सो कथासङ्ग्रह एकादेशमा ले निकै चर्चा पाउनुका साथै वि.सं. २०७४ का लागि मदन पुरस्कारका लागि मनोनयन भयो।[७][८][९][६]

सानु शर्माको पाँचौँ उपन्यास उत्सर्ग र छैटौँ उपन्यास फरक क्रमशः सन् २०२१ र सन् २०२२ मा साँग्रिला बुक्सबाट प्रकाशित भए। शर्माको आठौँ पुस्तक तथा सातौँ उपन्यास ती सात दिन' २०८० साल भदौमा रत्न पुस्तक भण्डारबाट प्रकाशित भयो । कविता, गीत र गजलमा पनि कलम चलाउने शर्माका बीसवटा गजलहरू कैफियत २ शीर्षकको संयुक्त गजलसङ्ग्रहमा प्रकाशित छन् ।[४][१०][५][११]

मुख्य कृतिहरू[सम्पादन गर्नुहोस्]

  • अर्धविराम (उपन्यास)[७]
  • जीतको परिभाषा (उपन्यास)[८]
  • अर्थ (उपन्यास)[७]
  • विप्लवी (उपन्यास)[८]
  • उत्सर्ग (उपन्यास)[१०]
  • फरक (उपन्यास)[४]
  • एकादेशमा (कथासङ्ग्रह)[३]
  • ती सात दिन (उपन्यास)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ शर्मा, सानु (२०१८-०४-१४), "लेख्ने हुटहुटी", https://baahrakhari.com/, अन्तिम पहुँच २०२२-११-१३ 
  2. निरौला, रञ्जना (२०२१-०२-२७), "मानसिक विम्बमा प्रेम", https://nagariknews.nagariknetwork.com, Nagarik News, अन्तिम पहुँच २०२२-११-१३ 
  3. ३.० ३.१ त्रिपाठी, गीता (२०१७-११-२५), "नारी–पुरुष सम्बन्धबारे साहसिक दृष्टि", https://ekantipur.com, अन्तिम पहुँच २०२२-११-१३ 
  4. ४.० ४.१ ४.२ घिमिरे, रमण (२०२२-०९-२४), "पृथक् गन्तव्य", https://ekantipur.com, अन्तिम पहुँच २०२२-११-१३ 
  5. ५.० ५.१ अधिकारी, ज्ञानु (२०२१-०३-२०), "एक्ला बालबालिकाका बेचैनी", https://ekantipur.com, अन्तिम पहुँच २०२२-११-१३ 
  6. ६.० ६.१ ढकाल, प्रतीक (२०२२-०१-२६), "कथाको मात लागेपछि", https://sahityapost.com, अन्तिम पहुँच २०२२-११-१३ 
  7. ७.० ७.१ ७.२ न्यौपाने, रुमु (२०२१-०२-२४), "जियाको कथा बोल्ने ‘अर्थ’", अन्तिम पहुँच २०२२-११-१३ 
  8. ८.० ८.१ ८.२ "दिमाग हल्लाइदिने एउटी कथाकार", २०२०-०६-१४, अन्तिम पहुँच २०२२-११-१३ 
  9. निष्ठूरी, नारद, "उही पुरानै प्रवृतिको वास्तविक चित्रण - 'एकादेशमा'", अन्तिम पहुँच २०२२-११-१३ 
  10. १०.० १०.१ रेग्मी, गीता (२०२१-०२-२४), "अभिभावकले पढ्नै पर्ने पुस्तक 'उत्सर्ग'", https://sahityapost.com, अन्तिम पहुँच २०२२-११-१३ 
  11. शर्मा, सुधा (२०२२-०८-२०), "नारी चरित्रहरूको उत्खनन", https://baahrakhari.com, अन्तिम पहुँच २०२२-११-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-१४ मिति