सामग्रीमा जानुहोस्

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
Paropakar Maternity and Women's Hospital
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (नेपाल)
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.
भौगोलिक विवरण
स्थानथापालथली, काठमाडौें, बागमती, नेपाल
निर्देशाङ्क२७°४१′२२″N ८५°१९′०९″E / 27.689563°N 85.319052°E / 27.689563; 85.319052
सङ्गठन
वित्तीय व्यवस्थासार्वजनिक
आवद्ध विश्वविद्यालयस्वास्थ्य तथा जनसंख्या मन्त्रालय (नेपाल)
सेवाहरू
शैय्या415
इतिहास
पूर्व नाम(हरू)परोपकार श्री ५ इन्द्र राज्यलक्ष्मी प्रसूति अस्पताल
सञ्चालन१७ अगस्त १९५९[]
कडीहरू
वेबसाइटwww.pmwh.gov.np

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं, जसलाई आमरूपमा प्रसुति गृह भनेर चिनिन्छ, अगस्ट १९५९ मा परोपकार (एक गैर-सरकारी समुदायमा आधारित संस्था)को अगुवाइमा, राजा महेन्द्र (तत्कालीन युवराज) को पहलमा गर्भावस्था सम्बन्धी कारणले मृत्यु भएकी इन्द्र राज्यलक्ष्मी देवी शाह (तत्कालीन युवराज्ञी) को सम्झनामा स्थापना गरिएको थियो। यो नेपालको पहिलो प्रसूति अस्पताल हो। यस अस्पताललाई २ डिसेम्बर २००७ (१६ मंसिर २०६४) देखि "परोपकार श्री पाँच इन्द्र राज्यलक्ष्मी प्रसूति अस्पताल" को सट्टा "परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल" नामकरण गरिएको थियो। यो ४१५ शैया भएको एक केन्द्रीय अस्पताल हो जसमध्ये २४१ शैया प्रसूति, ६१ स्त्रीरोग र ३४ नवजात शिशुका लागि छुट्याइएको छ।[] यस अस्पतालमा वार्षिक रूपमा १५,००० भन्दा बढी महिलाले आफ्ना बच्चालाई जन्म दिने गरेकी छन्।[]

यस अस्पतालले निम्नलिखित क्लिनिकल सेवाहरू प्रदान गर्दछ:

  • प्रसूति तथा स्त्रीरोग
  • नवजात रोग
  • रेडियोलोजी
  • प्याथोलोजी
  • एनेस्थेसिया

यसका अलावा अस्पतालले फार्मेसी सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ। साथै यसले अध्ययन-अनुसन्धान, तालिमका तथा प्रजननस्वास्थ्य सम्बन्धित अनुसन्धान पनि गर्दै आइरहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Prasuti Griha- Nepali Times." Accessed June 21, 2020. http://archive.nepalitimes.com/news.php?id=8438.
  2. "Paropakar Maternity and Women's Hospital: About-Us", अन्तिम पहुँच २०२५-०९-१५ अभिलेखिकरण २०२५-०५-०३ वेब्याक मेसिन
  3. "About Paropakar Maternity & Women's Hospital", Hamro Doctor, अन्तिम पहुँच २०२५-०९-१५ अभिलेखिकरण २०२५-०९-०७ वेब्याक मेसिन