माधवप्रसाद घिमिरे (साहित्यकार)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माधवप्रसाद घिमिरे
Madhav Pd Ghimire.JPG
माधव
उपनाम:राष्ट्रकवि
जन्म: वि.सं. १९७६ असोज ७ गते
लमजुङ जिल्लाको पुस्तुन गाउँ
कार्यक्षेत्र: लेखन
राष्ट्रियता:नेपाली
भाषा:नेपाली भाषा
काल:नेपाली साहित्यकाे मध्यकालदेखि अाधुनिक काल सम्म
विधा:गद्य तथा पद्य
विषय:कविता, नाटक, यात्रा संस्मरण, निबन्ध आदि
पुरस्कार:पद्यश्री साधना सम्मान

मानार्थ महाविद्यावरिधि

मानार्थ सहायक रथी
साहित्यीक आन्दोलन:नेपाली स्वच्छन्दताबादी
लेखक

माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै अाएका बहुमुखी प्रतिभा हुन ।[१] प्रकृतिका अनेकन विविध पक्ष हरुलाई आफ्ना जिवन्त रचना हरुमा समावेश गर्दै जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाईहरु दिर्घसाधनाले भरिएका छन् । उनले १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए । उनका नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर-किन्नरी (२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ ।

सुरुवाती जीवन[सम्पादन गर्ने]

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो । जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे।[२] घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

पेशागत जीवन र अन्य[सम्पादन गर्ने]

१४ वर्षको उमेरमा ज्ञानपुषप शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे । घिमिरे २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए । [३]


वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।

चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का रचनाकार घिमिरे का अन्य चर्चित गीत हरूमा 'फूलको थुङ्गा बगेर गयो' (तारादेवी) तथा 'आजै र राति के देखे सपना' (नारायण गोपाल) छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो ।

कृति[सम्पादन गर्ने]

उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू संग्रहित छन् ।

सम्मान तथा पुरस्कार[सम्पादन गर्ने]

राष्ट्रकवि माधव प्रसाद घिमीरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।[स्रोत नखुलेको]उहालाई वि.स°२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]