सामग्रीमा जानुहोस्

दयावीरसिंह कंसाकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दयावीरसिंह कंसाकार
दयावीरसिंह कंसाकार
जन्मकाठमाडौँ, नेपाल
पेशासमाजसेवा

दयावीर सिंह कंसाकार नेपालका परिचित समाजसेवी थिए। उनको जन्म वि.सं. १९६८ वैशाखमा काठमाडौँ मा भएको थियो। उनले परोपकार संस्था स्थापना गरी अनाथ तथा असहायहरुको सेवा गरेका थिए।[]

प्रसुति गृह अस्पताल, सन् १९५९ मा स्थापना

वि.सं. २००२ मा काठमाडाैँमा झाडावान्ताको ठूलो महामारी फैलिएको थियो। सो समयमा कयौँको ज्यान गइरहेको थियो। त्यसबेला काठमाडौँमा स्वास्थ्य संस्थाका रूपमा वीर अस्पतालबाहेक अरु केही सीमित संख्यामा आयुर्वेदिक औषधालय मात्र थिए। यस्तो महामारीबाट सर्वसाधारण मानिसलाई बचाउन दयावीर व्यक्तिगत रूपमा सक्रिय रहेका थिए। त्सयबेला रोगी, बिमारी मानिसलाई बचाउन अत्यावश्यक पर्दा रगत दिने मानिस कोही हुँदैनथे। नेपालमा रक्तदानको चलन सुरुवात भएकै थिएन। कैयौँ बिमारीले रगत नपाएर मृत्युवरण गर्नुपथ्र्यो। दयावीर सिंहले वि.सं. २००० सालतिरै रोगीलाई बचाउन आफ्नो रगत दान गरे। उनले नै नेपालमा सर्वप्रथम रक्तदान आरम्भ गरेका थिए।[] नेपालमा प्रसूति सेवाको आवश्यकता महसुस गरी दयावीर सिंहले बि. सं. २०१६ सालमा प्रसूति गृहको स्थापना गरे। दयावीरले समाजका असहाय, अनाथ र अति विपन्न नेपालीका सन्तानलाई आश्रय दिन बि. सं. २००९ सालमा एक अनाथालय संस्था स्थापना गराए, जसलाई परोपकार अनाथालय भनिन्छ। यसबाट हजाराैं अनाथ बालकले जीवनलाई सुरक्षित र शिक्षित पार्दै आएका छन्। अनाथहरूलाई लक्षित गरी स्थापित परोपकार स्कुल पछि आएर उनले परोपकार आदर्श स्कुलका रूपमा सबैलाई सहज हुने गरी सञ्चालन गर्न लगाएका थिए। जहाँबाट अनाथ, असहाय बालबालिका तथा सर्वसाधारण नेपाली जनताका छोराछोरीले शिक्षा आर्जन गर्न पाएका छन्। [][]

परोपकार आदर्श हाई स्कूल, सन् १९५२ मा स्थापना

दयावीरको देहावसान वि.सं. २०५७ माघ महिनामा भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. धमला, जीवनाथ (२१ असार २०७६), "समाजसेवी साधकहरू", नागरीक, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  2. धमला, जीवनाथ (२१ असार २०७६), "समाजसेवी साधकहरू", नागरीक, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  3. Yadama, Gautam N.; Messerschmidt, Don (२००२), "Rise and Fall of National Service in Nepal", अन्तिम पहुँच १६ मार्च २०१२  Page 3.
  4. Limbu, Ramyata (१६–२२ फेब्रुअरी २००१), "Bahadur Nepali", Nepali Times, मूलबाट ४ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]