सामग्रीमा जानुहोस्

ध्रुवचन्द्र गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
जन्मवि.सं. २०००
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा,उपन्यास
उल्लेखनीय कार्यहरूअलिखित(उपन्यास)
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०४०, नारायणी वाङ्मय पुरस्कार, साझा पुरस्कार
आफन्तहरूदाजु धनुषचन्द्र गौतम
धर्महिन्दु

ध्रवचन्द्र गौतम (वि. सं. २०००) नेपाली भाषाका साहित्यकार हुन्। उनले वि. सं. २०४० सालमा अलिखित उपन्यासको लागि मदन पुरस्कार पाएका हुन् ।

डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो।

उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। नेपालीमा विद्यावारिधि गरेका उनले प्राध्यापन कार्य पनि गर्छन् ।

उनको पहिलो रचना (कविता) वि.सं. २०१३/१४ सालतिर प्रकाशित भएको थियो। कथा / उपन्यासमा कलम चलाउने गौतमका कृतिहरूः

प्रकाशन मितिशीर्षकविधा
२०२४अन्त्यपछिउपन्यास
२०२८बालुवा माथिउपन्यास
२०३०त्यो एउटा कुरानाटक
२०३२आकाश विभाजित छउपन्यास (सहलेखन)
२०३३डापीउपन्यास
२०३५अँध्यारो द्धीपमाकथा
२०३७कट्टेल सरको चोटपटकउपन्यास
२०३७भस्मासुरको नलीहाडनाटक
२०४०अलिखितउपन्यास
२०४०एक शहरमा एक कोठाउपन्यास
२०४१मेरो बाल्यकालजीवनी
२०४३निमित्त नायकउपन्यास
२०४४गौतमका केही प्रतिनिधि कथाकथा
२०४५स्व. हीरादेवीको खोजउपन्यास
फूलको आतङ्कउपन्यास
अग्निदत्त अग्निदत्तउपन्यास
२०४८उपसंहार अर्थात् चौथो अन्त्यउपन्यास
२०४८संरक्षककथा
२०४९बङ्गलादेशका समकालीन कथाहरूकथा (अनुवाद)
२०५०बाल्यकालकथा
२०५०ज्यागाउपन्यास (सहलेखन)
२०५६बाढीउपन्यास
२०५६सहस्राब्दीको अन्तिम प्रेमकथाउपन्यास
२०५८ध्रुवचन्द्रका एकाउन्न कथाकथा
२०५९तथाकथितउपन्यास
२०६२घुर्मीउपन्यास
२०६२जेलिएकोउपन्यास
दुबिधाउपन्यास
२०६४जर्मनी नयाँ आँगनमा पाइला टेक्तानियात्रा
२०६५देहमुक्तउपन्यास (सहलेखन)
२०६५एक असफल आख्यानको आरम्भउपन्यास
२०६६पहिलो प्रेमको संस्मरणकथा
२०६७अप्रियउपन्यास
२०६७रूसतिर रुमलिँदानियात्रा
२०६८सातौँ ऋतुउपन्यास
२०६९बीचबजारमा मुद्राबोधकथा
२०७०एक पुनर्निर्मित प्रेमाख्यानउपन्यास
२०७१वञ्चकउपन्यास
२०७२ध्रुवचन्द्र गौतमः समग्र कथाकथा
२०७४एक आनाको जमानाउपन्यास
२०७६चकमन्नमा एकान्तउपन्यास
२०७९सातोउपन्यास

सम्पादित, अनुवादित र फुटकर कृति

[सम्पादन गर्नुहोस्]

उनले प्रस्तुती (मासिक)को सम्पादन, द्यौराली (संयुक्त सम्पादन) र कलिलोको संयुक्त सम्पादन गरे । विभिन्न पत्र-पत्रिकाहरूमा गौतमका कथा, कविता, लेख, नाटक, समालोचना आदि प्रकाशित छन् ।

उनले नेपाल, भारत, जापान, अमेरिका आदि देशको यात्रा गरेका छन् ।

सन्दर्भसामग्री

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

सबै हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

नेपाली लेखकहरूको सूची