रमेश क्षितिज
रमेश क्षितिज | |
---|---|
जन्म | सल्यान जिल्ला,नेपाल |
राष्ट्रियता | ![]() |
शिक्षा | एल.एल.एम. |
पेशा | लेखन, निजामती सेवा |
चिनारीको कारण | कविता, कथा, गीत |
रमेश क्षितिज (अङ्ग्रेजी: Ramesh Kshitij) नेपाली साहित्यको समकालीन धारा (२०४० पछि) का सशक्त साहित्यकार हुन्। कविता विधाततर्फ मात्र नरहेर कथा र गीतलेखनतर्फ पनि त्यत्तिकै सक्रिय र उत्कृष्टता प्रदान गर्न सफल क्षितिज कविका रूपमा चिनिन्छन्। समसामयिक नेपाली कविताका टड्कारो सुनिने स्वरहरूको पंक्तिमा उनी सबैभन्दा अगाडि उभिने सामर्थ्य राख्छन्।[१]
सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]
सन् १९६९ मा सल्यान जिल्लामा जन्मिएर जीवनका बाल्यकालिन समय दाङको हेकुली गाविसको मिरौलीमा बिताएका क्षितिजले कक्षा ४मा पढ्दा पहिलो पटक कविता र कक्षा ६ मा पढ्दा नाटक लेखेका थिए। सिद्धजनता मावि, श्रीगाउँबाट प्रवेशिकासम्मको शिक्षा लिई उच्च शिक्षा अध्ययन नेपाल ल क्याम्पस, काठमाडौंबाट शुरु गरी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एल.एल.एम) पुरा गरे।
स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिँडेछ बाटोछेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल।
कार्य जीवन[सम्पादन गर्नुहोस्]
वि.सं. २०५६ सालबाट सरकारी सेवामा प्रवेश गरेका क्षितिज विशेषतः कविता, गीत तथा कथा विधामा कलम चलाउछन्। स्थानिय विकास अधिकारीका रूपमा दूरदराजका गाउँहरूमा विकास निर्माणका काममा संलग्न हुन, जनयुद्धले क्षतविक्षत भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य गर्ने क्रममा अनेकन व्यक्तिको संसर्गमा पुग्दा भेटिएका लडाकु होस वा कुनै प्राकृतिक छटामा, वा विदेश भ्रमणका बेलामा भेटिएका विदेशी मुहारहरू, त्यस बखत उत्पन्न मानवीय भावना, संवेदनालाई कविले आफ्ना कविताहरूमा व्यक्त गरेका छन् :
भोलि – म हुनेछैन तिम्रो सहरमा
फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ बतास
सुस्तरी छोएर चेरीका फूलहरू
जसरी फर्किन्छन् लहरहरू समुद्रका किनारबाट
कि त्यसरी - जसरी फर्किन्छ साँझको पक्षी आफ्नै गुँडमा
"तिर्खाएको काकाकुल सरी भएँ, कुनै नमिठो भुल सरी भए.." राजेशपायल राईद्धारा स्वरबद्ध यो गीत २०४७ सालमा रेडियो नेपालमा पहिलोपल्ट रेकर्ड भएको थियो। राजेशपायल राईकै आवाजमा अर्को गीत "नमाग मसंग सहारा नमाग, भुईंमा छु आकाशका जुनतारा नमाग .." गीतले वि.सं २०५० सालमा रेडियो नेपालमा क्षितिजलाई सर्वोत्कृट गीतकारको दर्जा दिन सफल भएको थियो।
बटुवा हे मान्छे भन्नु यो संसारमा
जुनजस्तै चम्की हिड अन्धकारमा
बग्छ आँशु एकान्तमा बगी जान देऊ
खुशी तर बोकी हिड अनुहारमा
"क्षितिज" गीति एलबममा समावेश गरिएको अन्जु पन्तको स्वरमा रहेको यो गीतले भनेजस्तै आफ्ना सिर्जनाहरूमा आशा, दार्शनिक चेतना, नयां विचार एवम सकारात्मक भावना जगाउने आशावादी सन्देश दिन चाहने क्षितिजका करीब १०० गीत रेकर्ड भैसकेका छन् भने रेडियो नेपालमामात्र २५ वटा गीत रेकर्ड भएका छन्।[२]
कुभिण्डे दह
राजकुमारीजस्ती युवती जून
ओर्लिन्छे आकाशबाट
कहिले यो कुना, कहिले ऊ कुना
रातभरि नुहाइरहन्छे
यो पोखरीमा - निर्वश्त्र, निर्वश्त्र !
जुनेलीको जादुगरी छडीले छोएर
बिउँझाउँछे
छेउमा सुतेको राजकुमार पहाड
र बिहानीको रेसमी रुमाल सुकाएर डाँडामा
हराउँछे आफू - कहाँ हो कहाँ !
दिनभरि झोक्राएर पहाड
हेरिरहन्छ यही ऐनामा अनि
आफ्नो उदास अनुहार !
(कुभिण्डे दह : सल्यानमा रहेको एक ताल)
लेखन एवम प्रकाशन / मुख्य कृतिहरू[सम्पादन गर्नुहोस्]
कविता सङ्ग्रहः[सम्पादन गर्नुहोस्]
१. अर्को साँझ पर्खेर साँझमा, पहिलो मुद्रण २०५७, दोस्रो मुद्रण २०६९
२. घर फर्किरहेको मानिस [३][४],पहिलो मुद्रण भाद्र २०६९, दोस्रो मुद्रण पौष २०६९, तेस्रो मुद्रण २०७०
गीति सङ्ग्रह:[सम्पादन गर्नुहोस्]
१. आफै आफ्नो साथी भए, वि.सं. २०६३[५]
गीति एल्बम:[सम्पादन गर्नुहोस्]
प्रकाशोन्मुख कृतिः[सम्पादन गर्नुहोस्]
१. उस्तै छु म (कथा सङ्ग्रह)
पुरस्कार तथा सम्मान:[सम्पादन गर्नुहोस्]
- वि.सं. २०५० : सर्वोत्कृष्ट गीतकार, रेडियो नेपाल
- वि.सं. २०५१ : प्रथम, राष्ट्रिय कविता महोत्सव, नेपाल प्रज्ञा प्रतिष्ठान
- वि.सं. २०६८ : राप्ती साहित्य पुरस्कार
- वि.सं. २०६९ : राप्ती म्युजिक अवार्ड[८]
- वि.स. २०६८ : मोहन स्मृति सम्मान[९]
- वि.सं. २०६९ : उत्कृष्ट निजामती पुरस्कार, नेपाल सरकार[१०]
- वि.सं. २०७० : स्थानीय विकास अवार्ड
प्रशंसकहरू[सम्पादन गर्नुहोस्]
"त्यसो त, कवि बुद्धजस्तै हुन्छ र कविता लेखन एकप्रकारको विपश्यना नै हो। बुद्धजस्तो कविले ध्यानजस्तो लेखनमार्फत भेटेका काव्यिक आर्यसत्यहरूले मानिसको हृदयलाई हल्लाएर जाने अचम्मको क्षमता बोकेका हुन्छन्। कविताको एक हरफले जीवनको बाटो बदलिन सक्छ। कविताको एक पंक्तिले आन्तरिक शक्ति र अथाह उर्जा भरिदिन सक्छ" [११]। ~ (पहिलो प्रेम र प्रिय कविताको आत्मकथा, घर फर्किरहेको मानिसबाट) भन्ने तपस्वीजस्ता लाग्ने उनै सन्त कवि रमेश क्षितिजका गीत कविता तथा कथाहरू पढिसकेपश्चात मिति २०६९मा स्थापित प्रशंसकहरूको समूह हो "फ्यान क्लब अफ रमेश क्षितिज (Fan Club of Ramesh Kshitij)"।[१२],[१३],[१४],[१५] यस क्लबले मिति २०६९ साल माघ २७ गते होटल रत्न इन, धरानमा कविका एकल कविता वाचन कार्यक्रम "क्षितिजका कविताहरूसंग हामी" आयोजना गरेको थियो। यस विधामा कुनै पनि साहित्यिक सङ्गठनमा आबद्ध नरहेका प्रशंसकहरूद्धारा यस प्रकारको कार्यक्रमको आयोजना गरिएको राष्ट्रमै पहिलोपल्ट हो।[१६]
अन्तर्वार्ताहरू:[सम्पादन गर्नुहोस्]
- क्षितिज एकदमै नजिकको साथी हो
- म सच्चा कवितावादी कवि, कलम, सौर्य दैनिक, शनिवार २३ मंसीर २०६९
- कवितामा डुव्दा ध्यानमा बसेजस्तो लाग्छ, व्लाष्ट टाइम्स, बिहीबार १५ माघ २०६९
- फ्यान क्लब अफ रमेश क्षितिज, सौर्य दैनिक, शनिबार, ४ ज्येष्ठ २०७०
कविका अन्य लेखहरू[सम्पादन गर्नुहोस्]
- शव्दभन्दा केही पर (अनुभूति), कान्तिपुर, शनिबार, २०६९ असोज २७
- ओ कविता माई फस्र्ट लभ, कवि संवाद, सप्तरङ्ग, नयां पत्रिका, बिहीबार २०६९ असोज २५
- टोकियोमा एक दिन, नागरिक, शनिबार २०६९ पुष २१
- धरान पुग्दा (अनुभूति), कान्तिपुर कोसेली, शनिबार २०६९ फाल्गुन ५
- कथा (कथा), सौर्य दैनिक
- सिल्भिया, सांझ र समुद्र, अन्नपूर्ण पोष्ट, शनिबार २०७० असार १
- नयां आविष्कारको खोजीमा कविता, कोसेली, कान्तिपुर, शनिबार २०७० साउन २६
- "दशैं सम्झे तिहार सम्झे"- रमेश क्षितिज , नागरिक, शनिबार २०७० असोज १९
- कविता भनेको कुण्ठा होइन : कविता–संवाद रमेश क्षितिजसँग, नयां पत्रिका, राष्ट्रिय दैनिक, सोमबार २०७० असोज २१ (Monday, October ७, २०१३)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- सिर्जनाको खेती गर्दै राष्ट्रसेवक कर्मचारीहरू. गणतन्त्र राष्ट्रिय दैनिक. २०११, सेप्टेम्बर २०
- क्षितिज लिएर क्षितिज. कान्तिपुर दैनिक, २०६८ असोज २६, (२०११ अक्टोबर १३)
- क्षितिज ताक्दै रमेश क्षितिज, संगालो, अन्नपूर्ण पोष्ट, सोमबार २०६८ असोज ३० (२०११ अक्टोबर १७)
- बैंसका बेला: रमेश क्षितिज कवि/गीतकार, साप्ताहिक, कान्तिपुर, २०११ नोवेम्वर १८
- सय गीतपछि एल्बम, नागरिक, आइतबार, २०६८ पौष २४ (२०१२ जनवरी ८)
- नयां र पुरानोपुस्ताको मेल, हिमालय टाईम्स
- मदानीमा क्षितिज, नागरिक पश्चिमेली, २०६९ साउन १३
- साउने झरीमा कविता क्रेज, युगबोध, २०६९ साउन १४ गते आइतबार
- मदानीमा क्षितिजले भने- "दुःख नै जीवनको सौन्दर्य", जनउभार, २०६९ साउन १४ गते आईतबार
- मदानीमा रमेश क्षितिज, ऐरावती, २०६९ साउन १३ (२०१२ जुलाई २८)
- उत्कृष्ट निजामती पुरस्कार न्यौपानेलाई, नयां युगबोध, राष्ट्रिय दैनिक, September १०, २०१२
- क्षितिजलाई मोहन रेग्मी सम्मान, कान्तिपुर, सोमबार २०६९ असोज १ (२०१२ सेप्टेम्बर १७)
- मनुका कविता सुन्न दाङ, कान्तिपुर, बिहीबार २०६९ असोज ४
- कविताको भाषा लिएर, मनु मन्जिल, कोसेली कान्तिपुर, शनिबार २०६९ असोज १३,
- आफैतिर फर्किरहेको मानिसको कविता, हरि अधिकारी, नेपाल, आइतबार, २०६९ असोज २१
- कवितामा सुन्दर चित्र, सरस्वती प्रतीक्षा, अक्षर नागरिक, शनिबार, १ मंसिर २०६९ (२४ नोभेम्बर २०१२)
- धरानमा रमेश क्षितिजको एकल कविता वाचन, विश्वस्त सूत्र साप्ताहिक, मंगलबार २०६९ माघ १६
- नेपाली कविताको समकालीन अनुहारः रमेश क्षितिज, गरिमा, २०६९ फागुन
- हृदय छुने कवि र कविता, यशोदा तिम्सिना, बुधबार, २०७० असार २६ बुधबार
- "युवाले पाएकोमा खुसी छु-रमेश क्षितिज", साहित्यकारको आँखामा दमिनी भीर, नयां पत्रिका, २०१३ सेप्टेम्बर २४
- कवितालाई वान्स मोर, नयां पत्रिका राष्ट्रिय दैनिक, मंगलबार, २०७० कार्तिक १२
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ आफैतिर फर्किरहेको मानिसको कविता, हरि अधिकारी, नेपाल, आइतबार, २०६९ असोज २१
- ↑ सय गीतपछि एल्बम, नागरिक, आइतबार, २०६८ पौष २४ (२०१२ जनवरी ८)
- ↑ घर फर्किरहेको मानिस, फाइनप्रिन्ट, काटमाडौं, नेपाल.
- ↑ ‘घर फर्किरहेको मानिस’को विमोचन
- ↑ कृति समीक्षा, अनलाईन नेपाली साहित्य मंच, कृति समीक्षा, अनलाईन नेपाली साहित्य मंच, २००६ डिसेम्बर १०
- ↑ क्षितिज लिएर क्षितिज, कान्तिपुर दैनिक, २०६८ असोज २६, (२०११ अक्टोबर १३)
- ↑ सन्तोष र रमेशको 'क्षितिज' विमोचन
- ↑ रापती म्यूजिक अवार्ड– २०६९मा गीतकार रमेश क्षितिजको “क्षितिज” सर्वोत्कृष्ट, 2012 August 12
- ↑ क्षिजितलाई मोहन रेग्मी सम्मान, कान्तिपुर, सोमबार २०६९ असोज १ (२०१२ सेप्टेम्बर १७)
- ↑ उत्कृष्ट निजामती पुरस्कार न्यौपानेलाई, नयां युगबोध, September 10, 2012
- ↑ शव्दभन्दा केही पर (अनुभूति), कान्तिपुर, शनिबार, २०६९ असोज २७
- ↑ फ्यान क्लबमा कवि, हिमाल खबर पत्रिका
- ↑ धरानमा क्षितिजका कविता, गोपाल दाहाल, Onlinekhabar.com
- ↑ फ्यान क्लब अफ रमेश क्षितिज-रमेश क्षितिज/कवि, सौर्य दैनिक, शनिबार, ४ ज्येष्ठ २०७०
- ↑ धरान पुग्दा, रमेश क्षितिज, कान्तिपुर,कोसेली, शनिबार २०६९ फाल्गुन ५
- ↑ धरानमा रमेश क्षितिजको एकल कविता वाचन, विश्वस्त सूत्र साप्ताहिक, मंगलबार २०६९ माघ १६