कृष्णहरि बराल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णहरि बराल
जन्म४ जनवरी १९५४
सिन्धुली जिल्ला
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
जीवनसाथीसुस्मिता बाँस्कोटा (१९८१-)
मातापिताखडानन्द बराल र पद्मकुमारी बराल

कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन् १९७७ मा म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पाएका थिए।[१]

बाल्यकालका सुब्बासापलाई जब उनका बाबु खडानन्द बरालले भेँडा हेर्न जान्छस् केटा हिँड् भन्दै घरबाट लिएर गए तर सुब्बासापका पिताले भेंडा हेर्न भनेर लिएर गएको ठाउँ त विद्यालय थियो। यो देखेर सुब्बासाप बाबुको ठट्यौली बुझ्न नसकेर जिल्लिए। भेँडा हेर्न भन्दै बाबुले विद्यालय भर्ना गरिदिएपछि विद्यालयका शिक्षकले सुब्बासापको नाम कृष्णहरि बराल राखिदिए र आज त्यही नाम नेपाली साहित्यिक जगतमा प्रसिद्ध छ।  सिन्धुलीमा पनि काठमाडौँलाई नेपाल भनेर चिनिन्थ्यो। काठमाडौँ जाने–आउनेहरु नेपाल जाने, नेपाल गएर आएको भन्थे। गाउँमा कोही काठमाडौँबाट फर्कियो भने झण्डै ६ महिनासम्म त्यो घरमा नेपाल बारे सुन्न आउने मान्छेको भिड लाग्थ्यो। काठमाडौँ कस्तो रहेछ भनेर सोध्नेको भिडले नेपाल पुगेर फर्केकालाई भन्न भ्याइनभ्याइ हुन्थ्यो। सिन्धुलीबाट काठमाडौँ आइपुग्न ४ दिनको पैदल यात्रा गर्नु पर्थ्यो। बरालमा भने काठमाडौँको सपना थिएन। उनलाई काठमाडौँ आइपुगिएला भन्ने नै लागेको थिएन। बैङ्कको अफिसरका लागि जनकपुरमा उनले फारम भरेका थिए। तर, संयोगले त्यसको परीक्षा राजधानीमा हुने भएपछि पनि उनी काठमाडौँ हानिए। यसपछि सुरु भयो उनको काठमाडौँको बसाइ।

वि.सं. २०३३ सालमा बिए पास गरेर राजधानी छिरेका बराल राजधानी बसाईका सुरुवाती दिनमा एउटै यात्राको बाटोमा ३ पटकसम्म हराए। यात्राको बाटोमा जति नै पटक हराउँदै भेटिँदै गरे पनि उनको लेखनको बाटो राजधानी छिरेपछि भने झन मजबुत बन्दै गयो। यही वर्ष उनले रेडियो नेपालमा पत्र पठाउँदा वाचन गर्ने पाण्डव सुनुवारलाई भेट्न गए। सिन्धुलीको हत्तपतेमा जन्मिएका गीतकार तथा प्राध्यापक कृष्णहरि बरालको बाल्यकाल सुखदरूपमा त बित्यो नै। तर बरालले आफू ६ वर्षको हुँदा आफ्नी आमालाई गुमाए। उनका पिताले अर्की आमा विवाह गरे। त्यसैले पनि उनी आफ्ना पितासँग भन्दा धेरै हजुरबुवा हजुरआमासँग नजिकिए। उनी सानैबाट हजुरबुवासँग सुत्थे। बाल्यकालमा कमिला र मौरीसँग खेल्ने बरालको बानी गएन। त्यसैले अहिले पनि घरमा मौरी पालेका छन् र फुर्सदमा मौरीसँग खेल्ने गर्छन्। गीति एल्वम र चलचित्र गरी करिव ७ सय बढी गीत रेकर्ड गराइसकेका बरालले गजल सिद्धान्तमा विद्यावारिधि गरेका छन्। बराल गीतकार मात्र होइनन् विद्यालयदेखि त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रमहरुका लेखक पनि हुन्। उनका साहित्यक र पाठ्यक्रमका सहित ५० वटा पुस्तक प्रकाशित छन्।

चर्चित गीतहरू[सम्पादन गर्नुहोस्]

कृष्णहरि बरालले मुख्य गरी आधुनिक गीत, चलचित्रका गीत, गजल गीत तथा स्वदेश गान वा राष्ट्रिय भावना रहेको गीतहरू लेख्ने गर्खछन्। नेपाली चलचित्रहरूमा उनका केही गीतहरूले निकै चर्चा तथा प्रसिद्धि कमाएका छन्। उनको पहिलो रेकर्ड भएको गीत ``भक्त हुँ म यो देशको…´´ बोलको गीत थियो।

  • डा.कृष्णहरि बरालले रचना गरेका केही चर्चित तथा उत्कृष्ट गौतहरू
चलचित्रका गीतहरू
  • म मर्ने बेला तिमी चाहिँ आउनु…(नाइ न भन्नु ल)
  • जूनको ज्योति ल्याएर दिन्छु म…(नाइ न भन्नु ल)
  • यी आँखामा तिमी छौ…(नाइ न भन्नू ल २)
  • फेरि फेरि नाइ नभन्नु ल…(नाइ न भन्नू ल २)
  • पागल म बन्न सक्छु…(रिदम)
  • मर्ने कसैको रहर हुँदैन…(नाइ नभन्नु ल २)
  • सबको कहानी उस्तै उस्तै नहुने रहेछ…(प्रेम लिला)
  • म त अलपत्रै पर्छु…(प्रेम गित)
अन्य गीतहरू
  • के भुल भयो प्रिया…
  • मिसावट छ पिरतीमा…

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडींहरू[सम्पादन गर्नुहोस्]