मित्रसेन थापा मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मित्रसेन थापा मगर (प्रख्यात नाम: मास्टर मित्रसेन, १८९५ डिसेम्बर २९ – १९४६ अप्रील ६) नेपाली सङ्गीतका लोक गायक, कवि, नाटककार, निबन्धकार, गीतकार र संगीतकार थिए ।

जीवन यात्रा[सम्पादन गर्ने]

जन्म[सम्पादन गर्ने]

मास्टर मित्रसेनको जन्म सन् १८९५ डिसेम्बर २९मा भागसू धर्मशाला छाउनी भारतको हिमाचल प्रदेशको काँगडा जिल्लाको सदरमुकामा भएको थियो। उनका बाबु हबल्दार मनवीरसेन थापाले मित्रसेनलाई सानै उमेरदेखि भानुभक्तको रामायण लय हालेर वाचन गर्न सिकाएका थिए । उनको रुचि सुरुदेखि नै गीतिलयमा बसेको हो । विक्रम संवत् १९५२ सालमा भारतको हिमाञ्चल प्रदेशको भाग्सु तोतारानीछेउ छाउनी धाराखोलामा जन्मेका मित्रसेनका हवल्दार मानवीरसेन थापा मगर र राधा थापाका उनी एउटै सन्तान थिए। मित्रसेन जन्मँदा पनि उनका बाबु फर्स्ट गोरखा राइफल्समा कार्यरत थिए।

पुर्ख्यौली विवरण[सम्पादन गर्ने]

मित्रसेनको पुख्र्यौली पर्वत जिल्लास्थित राखुखोला थियो। यिनका बाजे सुन्द्रु थापा मगर पनि सेनामा थिए। सुन्द्रु थापा युद्धताका काँगडा किल्लाभित्र परेका हुँदा त्यतिखेरदेखि नै यिनीहरू स्वतः भारतीय भूभागमा पर्न गएका थिए। त्यसैले सुन्द्रु थापाका नाति मित्रसेन भारतमा जन्मन पुगेका थिए।

शिक्षा[सम्पादन गर्ने]

आर्थिक असम्पन्नताका कारण थापालाई स्कूल गएर पढ्न परिस्थितिले साथ दिएन। घरको दयनीय आर्थिक अवस्थाले उनलाई सेनाभित्रै कैद गराउने मेलोमेसो बनाउन थालेको थियो। त्यसैले म्याट्रिक दिनुभन्दा दुई वर्ष अगावै उनी आफ्ना बाबुकै पेसामा सरिक भए ।

पेसा[सम्पादन गर्ने]

आफ्ना बाजे र बाबुसमेत 'गोर्खा राइफल'मा जागीरे थिए । सन् १९१२मा मित्रसेन पनि पल्टनमा भर्ती भए। प्रथम विश्वयुद्धमा युरोप, अफ्रिकाका र मध्यपूर्वका देशहरूमा स्वयम्दे खे-भोगेका युद्ध विभिषिकाबाट उनी मर्माहत भए।

युद्धबाट फर्केर सैन्य जीवनबाट अवकाश लिएर उनी संगीत साधनामा लागे। हैजाबाट पत्नी, दुई छोरी र एकमात्र छोराको मृत्यु हुँदा उनी ३० वर्षका थिए। पुनः विवाह गरेर 'हिमालयन थिएट्रीकल कम्पनी' खोले। नाटक लेख्ने र मञ्चन गर्न थाले। राष्ट्रभक्ति भावना झल्काउन प्रयत्नरत रहने मित्रसेन ४१ वर्षको उमेरमा पशुपतिनाथको दर्शनका लागि काठमाडौं आए। ग्रामोफोनमा गीतहरू रेकर्ड गराएर बेच्न थाले।

वैवाहिक जीवन र सैनिक जीवन[सम्पादन गर्ने]

मित्रसेन सोह्र वर्ष नलाग्दै उनको विवाह कलावती थापासँग भयो। आफ्नी किशोरी पत्नीसँग रहरलाग्दो मधुमासमा लहसिन पाउँदा नपाउँदै उनी सेनाको तालीममा गाँसिन पुगे। उनी सेनामा आबद्ध भएको तीन वर्ष लाग्दा नलाग्दै प्रथम विश्वयुद्धको शङ्खनाद भयो। चार वर्षम्म उनी पनि त्यही लडाइँमा लडे। अन्ततः आफूभित्रको मानवतावादी भावनालाई उनले बन्दुकको बारुदबाट छुटकारा गराउन चाहे। त्यसैले उनी सात वर्षम्मको कठोर सैनिक सेवाबाट अनेक उपाय रची बिदा भए।

घर फिरे पछिका दिनहरु[सम्पादन गर्ने]

मित्रसेन सैनिक सेवाबाट अवकाश लिई घर आए। घरमा उनकी आमाको एउटा सानो पसल थियो। त्यस पसलले उनीहरूका परिवारलाई खान लाउन धौधौ पथ्र्‍यो। त्यसपछि सेनाको क्यान्टिन चलाउँदै उनी गीतसङ्गीतमा नै सरिक भए। आफ्नो घरपरिवार, छोराछोरी, गीतसङ्गीत र साहित्यिक रचनाले त्यतिखेर मित्रसेनलाई अर्कै जुनी प्राप्त भएको अनुभूति भएको थियो। उनकी श्रीमती, उनका दुई छोरीहरू लुरी र काला अनि एउटा छोरा काकुमाझ उनको जीवन सङ्गीतकै उज्यालो आकाशमा खेल्न थाल्यो। त्यतिखेर उनको सङ्गीत सुनेर उनका परिवार, आफन्त र गाउँले उनीप्रति नतमस्तक हुन्थे। वास्तवमा लाहुरे जीवनका कथाव्यथामा आधारित गीत गाउन थालेपछि उनका अघि र पछि सङ्गीतपारखीको ताँती नै लाग्थ्यो । त्यतिखेर उनी झन् चम्कीचम्की गीत गाउने गर्थे :

लाहुरेको रेलीमै फेसनै राम्रो रातो रुमाल रेलीमै खुकुरी भिरेको।

घर परिवार[सम्पादन गर्ने]

मास्टर मित्रसेनले जति बेला एउटा फूलको कोपिलाझैँ स्वच्छ जीवन बाँच्न चाहे, त्यतिखेर उनको घरसंसारमा आगो लाग्न आँटेको थियो। उनी सेनाजस्तो कठोर जीवन छाडेर नौनीघ्यूजस्तो जिन्दगी बिताउन घरमा आउँदा त्यहाँ एउटा राक्षसी नियति पस्नपस्न आँटेको थियो। एउटा सुन्दर र शान्त पारिवारिक जीवन धान्न अनेक कसरत गरी सेनाबाट छुट्टिएर स्वर्ग जस्तो घर आउँदा त्यहाँ एक्कै चोटि उनको जीवन इँटाभट्टीको भतभत पोल्ने रापमा पसेसरी हुन आँटेको थियो। कुरा के हो भने उनी सेनाबाट फर्केको चार वर्ष बित्तानबित्तै उनकी श्रीमती र तीनजना सन्तानलाई हैजाले लग्यो। त्यस क्रूर, पापी र अन्यायी घटनाले उनी रित्तो भए, उनी एक्लो भए र उनी परिवारविहीन भए। त्यतिबेला उनी धुरुधुरु रोए। त्यो अकल्पनीय घटनाले उनी आफ्नी बूढी आमा राधा थापाको काखमा टाउको राखेर डाँको छाडेर रुन्थे।

आमाछोरा मात्रको संसारले मित्रसेनको घर उज्यालो हुन सकेन। त्यस घडी घरमा आमा र छोरा मात्र धुम्धुम्ती बस्ने गर्थे। मित्रसेनले बैरागी जीवन भोगिरहेको बेहोरा उनका परिचितहरूका आँखाबाट पनि लुक्न सकेन। त्यसैले उनकी आमा र आफन्तहरूको ढिपी र करबलले मित्रसेनले फेरि ३० वर्षको उमेरमा बिहे गरे। त्यतिखेर उनकी पत्नी लाजवन्ती बीस वर्षकी थिइन्।

बिहे भएको दुई वर्षमा मित्रसेन र लाजवन्तीबाट एउटा छोरो जन्म्यो, उसको नाउँ दिग्विजयसेन थापा राखियो।

सांगीतिक यात्रा[सम्पादन गर्ने]

भ्रमणदलमा उनकी आमा, श्रीमती र छोरा हुन्थे। उनीहरू जहाँ गए पनि छुट्टिदैनथे। धेरै दिन, धेरै महिना र धेरै वर्षगीत गाउँदै उनीहरू चारचौरास हिँडे। अन्ततः मित्रसेनको टोली नेपाली गीत गाएर आफ्नै घर हिमाञ्चल प्रदेशमा नै फक्र्‍यो। घरमा पुगेपछि उनी फेरि तीन छक्क परे। किनभने त्यतिखेरसम्ममा उनको घरको छाना पनि झरामझुरुम भइसकेको थियो। वास्तवमा गीतको सुरमा उनले आफ्नो घरबारी नै बिर्सेका थिए।

जीवन शैली[सम्पादन गर्ने]

मित्रसेनले नेपाली भेष, नेपाली भूषा र नेपाली भाषामा आफूलाई पूर्ण रूपमा समाहित गराए।। नेपाल पसेदेखि उनले सधैँ दौरासुरुवाल र बिर्के टोपी मात्र लगाए। त्यसपछि भारत पस्ता पनि यही पोसाकमै उनको औपचारिक यात्रा प्रारम्भ हुन्थ्यो। उनको नेपालप्रतिको झुकाव देखेर हिमाञ्चल प्रदेशका बासिन्दा छक्क पर्थे। त्यहाँस्थित नेपाली टोपीहरू मित्रसेनबाट गदगद हुन्थे।

मृत्यु[सम्पादन गर्ने]

मित्रसेन आफ्नो घर नै लथालिङ्ग भएको देखेर झनै दुखित भए। तर पनि छयासी वर्षीय बूढी आमा, चालीस वर्षीय तरुनी स्वास्नी र बीस वर्षीय जवान छोराको प्राण धान्नका लागि उनी दूध र सिध्रा बेच्न थाले। त्यो काम थालेको पन्ध्र दिन लाग्न नपाउँदै उनी स्वर्गीय भए। २००२ सालमा नेपाली गीतसङ्गीतका एउटा वरिष्ठ संवाहक मित्रसेनलाई संसारले उम्कायो। अन्तत: मित्रसेनको निधन सन् १९४६ अप्रील ६ का दिन भयो ।

नेपाली साहित्यमा[सम्पादन गर्ने]

मित्रसेनले जुन दिन नेपाली माटोमा आफ्नो पाइला टेके त्यस दिन उनले र्सवप्रथम आफ्नो पितृभूमिको माटो टिपेर निधारमा टीका लगाए। मित्रसेन झर्रो नेपाली बोल्थे, त्यस्तै गाउँथे र त्यस्तै लाउँथे। उनी साँच्चै पर्वतकै लाहुरेजस्तै थिए। नेपालमा आएर पनि उनी सांस्कृतिक मञ्चनमा लागे। उनले नाटक, गीत र सङ्गीतबाट नेपालीहरूलाई आफ्नै भावनामा बेर्न थाले। नेपालमा उनका प्रशंसकको त्यत्तिकै ताँती लाग्न थाल्यो। नेपाली साहित्याकाशका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि मित्रसेनको साहित्य र सङ्गीतबाट आहृलादित भएका थिए।

निबन्ध[सम्पादन गर्ने]

उनका निबन्धमा - हितको कुरा (निबन्ध माला), गहिरो खोज मित्रको डायरी, उन्नतिको साँचो र रिडी तीर्थस्थल (सन् १९४४) छन्। मित्रसेनको निधन सन् १९४६ अप्रील ६ का दिन भयो।

नाटक[सम्पादन गर्ने]

रेकर्ड गराएका नाटकमा 'सत्यवादी हरिश्चन्द्र' (८ भाग), 'स्वस्थानी ब्रतकथा' (१० भाग), 'द्रौपदी चीरहरण' (६ भाग), 'कृष्ण सुदामा', 'सत्यवान्सा वित्री' हुन् भने रेकर्ड नगरिएका नाटकमा 'वीर अभिमन्यु', 'भक्त प्रह्लाद', 'भक्त सुरदास', 'श्रवणकुमार', 'प्रभु भक्ति' र 'कृष्ण जन्म' इत्यादी छन्।

कविता[सम्पादन गर्ने]

उनका खण्ड काव्यहरूमा-गीता, महाभारत, सत्यनारायण ब्रतकथा, प्रह्लाद, अभिमन्यु, बिल्वा मंगल- चिन्तामणि, परशुराम-लक्ष्मण संवाद र महाराष्ट्रकी महिला सन्त सुखवाईको भक्ति वर्णन छन्।

कथा[सम्पादन गर्ने]

उनको कथा सङ्ग्रह तीर्थ हो ।उनले लियो टालस्टयका कथाहरू पनि अनुवाद गरे ।

गित[सम्पादन गर्ने]

नेपाली कला क्षेत्रमा[सम्पादन गर्ने]

मित्रसेनले नेपाल नदेखि नेपालको जयगान गाएका थिए र उनलाई नेपाली सङ्गीत जगतका वीरपुरुष मानिन्छ । मित्रसेन साहित्य र सङ्गीतलाई एउटा संस्थागत स्वरूप दिएर जनसहभागिता जुटाउन पनि क्रियाशील थिए। परिणामस्वरूप उनकै नेतृत्वमा 'हिमालयन थियट्रिकल कम्पनी'को पनि स्थापना भयो। त्यस संस्थामा उनीद्वारा लिखित र निर्देशित धेरै नाटकहरू पनि प्रदर्शन भए। यसै कम्पनीमार्फत उनले अनगिन्ती नेपाली गीतहरू पनि गाए। त्यसै बेलाको ख्याति पनि जोडिएर सबैले उनलाई मास्टर भन्न थाले। केही वर्षम्म गीतसङ्गीतमा क्रियाशील भएपछि उनी नेपालीहरू भएका भारतका अन्य ठाउँमा पनि गए। यसै क्रममा उनी १९९० सालमा नेपाल आए।

उनका केही चर्चित गितहरु[सम्पादन गर्ने]

  1. लाहुरको रे ली मै फेसनै राम्रो
  2. धानको बाला झुल्यो हजुर
  3. दसैँ रमाइलो
  4. मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले
  5. स्वामी नजाऊ छाडी विदेश
  6. नौ तले बाउन्ने ढोका
  7. किन गर्छौ ताना तानी

विश्लेषण[सम्पादन गर्ने]

नरेन्द्रराज प्रसाई सेप्टेम्बर, १९ काठमाडौं "मित्रसेन थापा भन्नु नेपाली साहित्य, सङ्गीत र संस्कृतिका धरोहरको नाउँ हो। चाहे नेपाली आधुनिक गीतलाई होस्, चाहे नेपाली लोकगीतलाई होस् अनि चाहे भजनलाई नै होस् मीठा शब्द कुँदेर, लोकपाराको धून कायम गरेर र सुललित स्वर जोडेर मित्रसेनले आफ्नो युगमा एउटा विशाल सांस्कृतिक मञ्चको स्थापना गरेका थिए। कुनैकुनै युगमा एउटा मान्छेले त्यस युगको प्रतिनिधित्व गर्छ भन्ने कुराको प्रमाण मित्रसेन थापा नै थिए ।"

वर्तमान नपाली समाजमा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]