सामग्रीमा जानुहोस्

चक्रपाणि चालिसे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चक्रपाणि चालिसे

चक्रपाणि चालिसे एक नेपाली कवि थिए। उनले नेपालको पहिलो राष्ट्रिय गानका शब्दहरू लेखेका थिए।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

भक्तपुरको कटुन्जेमा जन्मिएका चालिसे (१९४०-२०१५)ले बनारसबाट संस्कृतको विशेष योग्यता प्राप्त गरी गोर्खा भाषा प्रकाशिनी समिति र गोरखापत्रमा समेत काम गरेका हुन्। उनी नेपाली भाषासाहित्यको राम्रो सेवा गर्ने व्यक्तित्वका रूपमा परिचित छन्। पुत्रवियोग र पत्नीवियोगको पीडा हुँदाहुँदै पनि उनी आफ्नो साहित्य साधनाबाट विचलित भएको देखिदैन। नेपालि साहित्यमा अतुलनिय योगदान पुर्‍याएका चक्रपाणि चालिसे नेपाली साहित्यका भगवानको रुपमा चिनिन्छन। उनले नेपालको प्रथम राष्ट्रिय गान "श्रीमान् गम्भिर गोर्खाली, प्रचण्ड प्रतापी भुपति" रचना गरे। जसलाई पछि गएर सयौँ थुँगा फुलका हामी एउटै माला नेपालीले प्रतिस्थापन गर्यो। उनले नेपाली समाजमा रहेका तमाम बिकृति बिसंगति र जातिय विभेदको विरुद्धमा पनि आवाज उठाउने काम गरे। जसले तत्कालिन पण्डित पुरोहितले खासै रुचाउदैनथे। नेपाली साहित्यको ईतिहासमा एक क्रान्तिकारी साहित्यकारको रुपमा चक्रपाणि चालिसे चिनिन्छन्।[]

राष्ट्रिय गान

[सम्पादन गर्नुहोस्]

श्रीमान् गम्भीर नेपालीको शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मा गरेका थिए। तर यो एक सैनिक परेडको सङ्गीतको रूपमा तत्कालिन 'शाही नेपाली सेना' ले पहिले देखि नै प्रयोग गरेको धुन थियो। यसको सङ्गीतको रचना वि.सं १९५५ मा सेनाको साङ्गीतिक समूहका बखतबहादुर बुढापिर्थीले गरेका थिए। वि.सं २०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएपछि यो राष्ट्रगान निलम्बित गरिएको थियो।

हालको राष्ट्रगान सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली तयार भएपछि यसलाई राष्ट्रिय गानबाट हटाई नयाँ राष्ट्रिय गान लागु गरिएको हो।[]

श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति

श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति

राखुन् चिरायु ईशले प्रजा फैलियोस्

पुकारौ जय प्रेमले हामी नेपाली साराले

यस गीतमा पहिले कायम भएका २ वटा परिच्छेद मध्ये पछिल्लो परिच्छेद हटाइएको थियो। जुन यस प्रकार थियो।

बैरी सरु हराउन, शान्त हुन सबै बिघ्न ब्यथा
गाउन सारा दुनियाँले सहर्ष नाथको स्वीकृती कथा
राखौं कामना भरी वीरताले नेपालीमाथि सधैँ नाथको
शिर होस् ठुलो हामी गोर्खालीको

उनका कृतिहरू

[सम्पादन गर्नुहोस्]
१.मच्छिन्द्रनाथको कथा (१९६२)
२.नीतिरत्न मञ्जुषा (१९७३)
३.नेपाली सङ्क्षिप्त रामायण (१९७५)
४.नेपाली सङ्क्षिप्त महाभारत (१९७५)
५.मेघदूत छाया (१९९४)
६.र्इशावास्योपनिषद् (१९९६)
७.साहित्य मीमांसा (२०००)
८.नेपाली बगलीकोश (१९९८)
९.मनुस्मृति (२००४)
१०.चक्रकविता तरङ्गिणी (२०१५)
११.जैमनीय भारत (२९२९)
१२.हितैषी नेपाली शब्दकोश (२०४७)[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "के चक्रपाणि भजनलाल थिए?", कान्तिपुर, अन्तिम पहुँच २०२४-०६-२३ 
  2. "गुञ्जियो नयाँ राष्ट्रिय गान" ((नेपाली भाषा)। बिबिसी। सङ्ग्रह मिति २५ अगस्ट २०२० 
  3. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान