भूपि शेरचन
भूपी शेरचन | |
---|---|
जन्म | १९९२ पुस १२ गते मुस्ताङ, थाक टुकुचे |
मृत्यु | २०४६ जेठ १ काठमाडौँ ![]() |
पेशा | कवि |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली ![]() |
नागरिकता | नेपाली |
विधा | कविता (गद्य) |
उल्लेखनीय कार्यहरू | घुम्ने मेचमाथि अन्धो मान्छे |
उल्लेखनीय पुरस्कारहरू | साझा पुरस्कार |
भूपि शेरचन (वि.स. १९९२-२०४६) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिको लागि साझा पुरस्कारबाट सम्मानित भएका थिए ।
जीवन यात्रा[सम्पादन गर्ने]
सुरुवाती जीवन[सम्पादन गर्ने]
भूपी शेरचनको (वास्तविक नाम: भुपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७) महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त सम्वेदनशील थिए ।
शिक्षा[सम्पादन गर्ने]
अध्ययनको लागि उनी बनारस गए । उनले बि.ए. सम्म अध्ययन गरेका थिए ।
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
उनले दुई विवाह गरे। दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए।
सेवा, पेसा र संलग्नता[सम्पादन गर्ने]
- नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव(२०१२)
- ठेकेदारी(२०१८ देखि)
- नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०२६)
साहित्यिक यात्रा[सम्पादन गर्ने]
‘भूपी’ शेरचन (व्यङ्ग्यात्मक सेल्फ पोट्रेट)
- केही लेख्छन्
- यसो हेर्छन्
- चित्त बुझ्दैन
- अनि केर्छन्
- पुनः लेख्छन्
- पुनः हेर्छन्
- लामो सास फेर्छन्
- कठैबरा, बिचरा
- ‘भूपी’ शेरचन ! }}
सहिदहरूको सम्झनामा[सम्पादन गर्ने]
- हुदैन बिहान मिर्मिरे तारा झरेर नगए
- बन्दैन मुलुक दुइ चार सपूत मरेर नगए
- ओठमा हाँसो गालामा लाली तब आउछ जगतको
- देशको पिरले भेटि जब विरले चढाऊँछ रगतको
- घटींमा फासीको माला गॉसि विरले हँसता
- मातृभूमि चरण ढोगी भाग्दछ दासता
- उम्रन्न बोट कसैले बीऊ छरेर नगए
- हामीले खाने प्रत्येक गासमा रगत छ सहिदको
- हामीले फेर्ने प्रत्येक सासमा रगत छ साहिदको
- हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ साहिदको
- हाम्रो खुसीको प्रत्येक पलमा जीवन छ साहिदको
मेरा साथीहरू[सम्पादन गर्ने]
- मैले पिएकोमा रिसाएका साथीहरू
- पिएर त हेर, पिउन झन् गाह्रो छ ।
- मरेर शहीद हुनेहरू,
- जिएर त हेर, जिउन झन् गाह्रो छ !
कृतिहरू[सम्पादन गर्ने]
भूपी शेरचनका प्रकाशित कृतिहरू:-
१. परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)
भूपी शेरचनका रचनाहरू[सम्पादन गर्ने]
- अल्झेछ क्यारे पछ्यौरी
- शब्द - भूपि शेरचन
- स्वर - नारायण गोपाल
- संगीत - अम्बर गुरुङ
पुरस्कार[सम्पादन गर्ने]
- १. साझा पुरस्कार(२०२६)
साझा पुरस्कार पाउने पहिलो कृति पनि 'घुम्ने मेचमाथि अन्धो मान्छे' नै हो, जसमा ४२ वटा कविताहरू सरल, सरस भाषाशैली र अनुप्रासयुक्त एवम् लयात्मक भावाभिव्यक्तिले सिंगारिएका छन्।
- २. गोरखा दक्षिणबाहु दोस्रो(२०४२)
मृत्यु[सम्पादन गर्ने]
भूपीको निधन २०४६ साल जेठ १ गते, काठमाडौँमा भयो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
hjejjn3jrj4n4n