श्रवण मुकारुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रवण मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन्। उनको बिसे नगर्चीको बयान कविता निक्कै चर्चित नेपाली कवितामा गनिन्छ । मुकारुङको जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुर नेपालमा भएको हो । सर्वश्रेष्ठ गीतकार (रेडियोनेपाल, २०४७), राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०), समय सम्मान (२०६२), लोकेन्द्र साहित्य पुरस्कार (२०६२), जीवन स्मृति पुरस्कार (२०६३), शुभप्रभात काव्य सम्मान (२०६३), स्रष्टा सम्मान (२०६४), विशिष्ट सम्मान (सन्२००७), विशिष्ट सम्मान (सन् २००७) जस्ता सम्मान तथा पुरस्कारबाट सम्मानित कवि श्रवण मुकारुङ हाल नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागका प्रमुख हुनुहुन्छ । उहाँको देश खोज्दै जाँदा (२०४९), जीवनको लय (कवितासङ्ग्रह, २०६०); हिउँको दरबार (गीतसङ्ग्रह, २०५३); यलम्बर (नाटक, २०५३); फूलको आवाज (२०५५), निष्कर्ष(२०५७), Geaso Movement for Equality (एलबम, २०६३); बिसे नगर्चीको बयान र अन्य कविता (भीसीडी, २०६३) आदी प्रकाशित छन् । [१]

कृतिहरु[सम्पादन गर्नुहोस्]

बिसे नगर्चीको बयान


  1. श्रवण मुकारुङ, कविता कोश